Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्य संस्थामा पानीको हाहाकार

प्रभातफेरी अनलाइन ७१४६ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २५, आईतबार (८ साल अघि)
स्वास्थ्य संस्थामा पानीको हाहाकार

बर्थिङ सेन्टर संचालन चुनौती बन्दै

मधुसुधन तिमल्सिना

बनेपा/ जिल्ला अस्पताल, स्वास्थ्य चौकी, नीजि अस्पताल र प्रसूति गृह (बर्थिङ सेन्टर) मा पानीको समस्या पदै आएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन । वर्षौ देखि खाने पानीको समस्या रहेता पनि सम्वन्धीत निकायले चासो नदिदा जिल्लामा स्वास्थ्य संस्थाहरुमा अति आवश्यक कामका लागि समेत असर परेको उनीहरुको भनाइ छ ।

पानीको समस्या हुदा विरामी र स्वाथ्यकर्मीको सरसफाई र खानेपानीको अभावमा विभिन्न समस्या झेल्दै आएका स्वास्थ्यकर्मीहरु बताउछन् । पानीको समस्या हुदाँ सबै भन्दा बढी बर्थिङ सेन्टरमा परेको फोक्सिङटार स्वास्थ्य चौकीकी अनमी सरस्वती रेग्मीले बताइन । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ भन्ने सन्देश प्रवाह भइरहेको भएतापनि सुत्केरी हुदाँको कपडा धुन र बच्चालाई सरसफाई गर्न समेत प्रर्याप्त पानी नहुदा समस्यामा परेको रेग्मीले गुनासो गरिन । सुत्केरी गराउन सुरक्षित भन्दै गर्भवतीहरु बर्थिङ सेन्टरमा आउँछन तर हामीकोमा पानीको समस्या हुदाँ आमा र बच्चालाई पूर्ण सरसफाई गर्न सक्दैनौ । उनले भनिन, पानी ल्याउन कै लागि डेढ घण्टा हिड्नुपर्ने बाध्यता रहेको छ ।

त्यस्तै पानीको समस्याले कतिपय अवस्थामा धेरै सास्ती खेप्नुपरेको मेच्छे स्वास्थ्य चौकीका अनमी सरस्वती रायले गुनासो गरिन । ‘पानीको अभाव हुँदा हामीले तलव दिएरै पानी बोक्ने मान्छे राखेका छौ । दैनीक ५० लिटर ओसार्छन ।, त्यसैले काम चलाउनु पर्छ कहिलेकाही त त्यही पनि हुदैन ।’ सदरमुकाममा रहेको धुलिखेल सामुदायीक अस्पतालमा समेत पानीको समस्या पर्न थालेको छ । अस्पतालका लागि दैनीक ५० हजार लिटर पानी अपुग हुदै आएको धुलिखेल अस्पतालका प्रशासनीक प्रमुख डा. राजेन्द्र कोजूले बताइन । ‘हामीलाई दैनीक २ लाख ५० हजार लिटर पानीको आवश्यक्ता पर्छ तर हामीसंगै १ लाख ५० हजार लिटर पानी आउने भएकाले अस्पतालमा पानीको समस्या छ ।’ उनले भने, पानीको समस्याले विरामी र प्रसुती केन्द्रमा सरसफाईमा धेरै पानीको आवश्यक भएकाले पानी किन्ने गरेका छौ । जिल्ला अस्पताल मेथीनकोटमा पनि पानीको समस्या रहेको डा. भवानी सिल्पाकारले बताइन । उनका अनुसार हिउँदमा पानी आउदैन बर्षामा धमिलो आउछ । उनले दुखसो पोख्दै भनिन, एउटा इनार छ, अस्पतालमा भएका विरामी र स्टाफहरु सवैलाई पु¥याउनु पर्छ, वर्षाले पानी धमिलो हुदा उमालेर पिल्टर गरेर खानुपर्ने बाध्यता रहेको छ ।

भूकम्प पछि विकट क्षेत्रमा रहेको अधिकाशं स्वास्थ्य संस्थाहरुमा पानी अभाव भएसंगै विभिन समस्या झेल्दै आएको जिल्ला स्वास्थ्य कार्यायका प्रमुख डा. अर्जुन सापकोटाले बताए । ‘भूकम्प अगाडी पनि पानीको समस्या त थियो तर भूकम्पपछि भने झनै हाहाकार भएको छ । स्रोत साधानको अभावमा पानी आपूर्तीमा ढिलाई भइरहेको छ ’। सापकोटले भने । ‘भूकम्पले पानीको मुहान सुकेसंगै ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थाहरुमा विरामीलाई खानेपानी र सरसफाईका लागि घण्टौ लगाएर पानी ओसार्नुपर्ने बाध्यता छ । उनले थपे, ‘कही पानी बोक्नका लागि खेताला हाल्नुपर्ने कही स्वास्थ्यकर्मी आफै घण्टौ लगाएर पानी ओसार्नुपर्ने बाध्यता छ । डा. सापकोटाका अनुसार भूकम्पले क्षती भएका स्वास्थ्य संस्थाको भवनको पुर्न निर्माणमा समेत पानी नहुदा समस्या भएको बताए । उनका अनुसार गोकुले स्वास्थ्य चौकीको भवन बनाउदा भाडामा ट्याङ्कर बाट पानी किनेर बनाइएको छ ।

जिल्लाको विकट डाँडापारी क्षेत्रमा पर्ने तत्कालीन गाविस मिल्चे, साल्मेचाकल, घर्तीछाप, बनखु, फोक्सिङटार र बुढाखनी तथा दुर्गम कोशीपारी क्षेत्रमा रहेका १७ मध्ये कार्तिक देउराली धुसेनी सिवालय, बिर्तादेउराली, बेखसिम्ले, सानो बाङथली, भूम्लुटार र कोलातीभूम्लु समेत प्रसूती गृह सञ्चालनमा आएका छन् । तर पर्याप्त पूर्वधार बिना सञ्चालन भएका प्रसूति गृहहरुमा आवश्यक पुर्वाधार र पानीको समस्याले चुनौती थपीदै गएको छ ।

जिल्ला स्वास्थ्य कार्यलयका अनुसार फलाटे, कलाती भुम्लु, सल्ले भुम्लु, गाकुले, कार्तीकेदेउराली, मेच्छे, धुसेनीसिवालय, चापाखोरी, पोखरीनारायणस्थान गोठपानी, लगाएतका स्वास्थ्य चौकी र जिल्ला अस्पताल मेथीनकोटमा खाने पानीको समेत समस्या रहेको छ । जिल्लामा एक अस्पताल, चार प्राथमिक स्वास्थ्य केन्द्र, एक सय स्वास्थ्य चौकी, दुई स्वास्थ्य इकाइ र तीन वटा नगर स्वास्थ्य केन्द्र, धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पताल बनेपाले समेत प्रसुति सेवा दिदैँ आइरहेका छन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0