Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २९, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

(एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

प्रभातफेरी अनलाइन १७९ पटक पढिएको प्रकाशित मिति: २०८३ बैशाख २८, सोमबार (२० घण्टा अघि)
(एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

काभ्रे / राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी पूरा गरेको छ । बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार अहिले साँझ ८ बजे पत्रकार सम्मेलनमार्फत नतिजा औपचारिक रूपमा सार्वजनिक गरिने बताएउनुभएको छ भने विद्यार्थीले राति ९ बजेदेखि विभिन्न माध्यमबाट आफ्नो नतिजा हेर्न सक्नेछन् ।

परीक्षा नियन्त्रक अधिकारीले नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै पत्रकार सम्मेलनपछि वेबसाइट, एसएमएस तथा आईभीआर प्रणालीमार्फत नतिजा उपलब्ध गराइने बताएको छ । “साँझ ८ बजे पत्रकार सम्मेलन हुन्छ, त्यसपछि करिब ९ बजेदेखि विद्यार्थीले नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ,” उनहाँले भन्नुभयो ।

यसअघि बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने औपचारिक निर्णय गरिसकेको थियो । यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म देशभर सञ्चालन गरिएको थियो । परीक्षा अवधिभर अधिकांश केन्द्रहरू शान्तिपूर्ण रूपमा सञ्चालन भएका थिए भने कतिपय जिल्लामा मौसम तथा व्यवस्थापनका चुनौतीबीच पनि परीक्षा सफलतापूर्वक सम्पन्न गरिएको बोर्डले जनाएको छ ।

यसपटक उत्तरपुस्तिका परीक्षण प्रणालीमा गरिएको सुधारका कारण नतिजा प्रकाशन प्रक्रिया तुलनात्मक रूपमा छिटो सम्पन्न भएको जनाइएको छ । बोर्डले पहिलो पटक धेरै परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाएको थियो । यसले उत्तरपुस्तिका ढुवानी, संकलन र परीक्षणमा लाग्ने समय घटाएको तथा नतिजा प्रकाशनलाई सहज बनाएको बोर्डको भनाइ छ ।

यस वर्ष एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन फारम भरेका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेको बोर्डले जनाएको छ ।

नतिजा सार्वजनिक भएसँगै देशभरका विद्यार्थी, अभिभावक तथा विद्यालयहरूमा उत्सुकता बढेको छ । एसईईलाई विद्यालय तहको महत्वपूर्ण राष्ट्रिय परीक्षा मानिने भएकाले यसको नतिजाले विद्यार्थीको आगामी शैक्षिक यात्रा निर्धारण गर्ने आधार तयार पार्ने गर्दछ । नतिजापछि विद्यार्थीले कक्षा ११ मा विषय छनोट तथा भविष्यको अध्ययन क्षेत्र तय गर्ने प्रक्रिया अघि बढाउनेछन् ।

बोर्डले विद्यार्थीलाई अनावश्यक भीड नगर्न तथा आधिकारिक माध्यमबाट मात्र नतिजा हेर्न आग्रह गरेको छ । नतिजा हेर्नका लागि वेबसाइटमा एकैपटक धेरै प्रयोगकर्ता प्रवेश गर्दा समस्या आउन सक्ने भएकाले एसएमएस र आईभीआर सेवा पनि प्रयोग गर्न सकिने जनाएको छ ।

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
नेपाल टेलिकम : १६०० (SMS/USSD र IVR सेवा)
जानकी टेक्नोलोजी : ३५००१ (SMS सेवा)
एम्बिसन गुरु : ३१०६९ (SMS सेवा)
वेबसाइटमार्फत नतिजा हेर्ने माध्यम
SEE Official Website
National Examination Board,
SEE NTC Result Portal
eKantipur,
Edusanjal SEE Result
Khalti App

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0