Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

घर बनेपछि भूकम्पपीडितमा खुशियाली

प्रभातफेरी अनलाइन ४७९५ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २५, आईतबार (८ साल अघि)
घर बनेपछि भूकम्पपीडितमा खुशियाली

फलामेमा १४७ घर अर्थव्याग प्रविधिमा बने

मधुसुधन तिमल्सिना

रयाले / पनौती नगरपालिका १ रयाले फलामेकी ५८ बर्षिय कान्छीकुमारी तामाङ्गको यो बर्षा कसरी कटाउ भन्ने चिन्ता दुरभएको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पले पूर्ण रुपमा घर भत्किएपछि दुई बर्षा त्रिपालमा विताउनुभएको उहाँलाई समारिटन्स पर्सले नयाँ घर बनाइदिएपछि उहाँको बर्षा कटाउने चिन्ता हटेको हो ।

दुई बर्ष सम्म त जाँडो, घाम, पानी, हावा सँग रुजदै आए तर आजबाट भने मुतm भएको छु । हर्षित हुदै कान्छीकुमारीले भनिन, अव त आन्नदले बस्न पाइने भयो । नयाँ घरमा बस्न पाएपछि सबै चिन्ता दुरभएको उनले बताइन । बरु खान त दुखजेलो गरेर पनि खाइन्छ तर बाँस पक्की नभइ केही पनि नहुदो रहेछ । उनले भनिन, अव त घर बनाउने चिन्ता पनि हट्यो ।

त्यस्तै सोही गाँउ की नम्रता तामाङ्ग पनि घर पाएकोमा फुरुङ्ग भएकी छन । घर कसरी बनाउने होला भन्ने चिन्ता लागेको थियो, घर बनाउ भने रकमको पनि अभाव थियो । उनले भनिन्, दुई बर्षदेखीको घर बनाउने सपना पुरा भएको छ । घर नहुदाँ अन्नपात समेत राख्ने ठाँउ थिएन, साँगुरो कोठामा परिवार बस्न अप्ठेरो परेको थियो तर अव त्यो समस्याबाट मुतm भएका छौ । भूकम्पले सबै भन्दा बढी क्षती पु¥याएको फलामेमा तामाङहरुको बसोबास रहेको छ । आर्थिक अवस्था कमजोर भएका गरिव, विपन्न १ सय ४७ परिवारलाई अर्थव्याग प्रविधिको भुकम्पप्रतिरोधि घर बनाएर हस्तान्तरण गरेको छ ।

९० प्रतिशत माटोको प्रयोग गरिएको उतm घर रू ५ लाख ५० हजारको लागतमा पक्कि चारकोठे बनेका छन । माटोबाट मात्र बनेका अर्थव्याग प्रविधिका घरहरु भूकम्पप्रतिरोधी, वातावराण अनुकुल रहेका छन । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द्रराज पाखरेलले उतm घरहरु सोमबार एक कार्यक्रमका वीच हस्तान्तरण गरेका थिए । उनले सरकारले छिट्टो भूकम्पपीडितलाई ओतको व्यवस्थापन गर्ने लक्ष्य लिएको बताउँदै बर्षा अगाडी नै पीडितहरुलाई घर बनाएर दिएकोमा संस्थालाई धन्यावाद दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, पनौती नगरपालिका मेयर भीम न्यौपाने, उपमेयर गिता बन्जारा, वडा अध्यक्ष गुणनाथ सापकोटा, वडा सचिव शम्भु अधिकारी, प्रहरी प्रमुख सहकुल थापा लगायतको उपस्थिती रहेको थियो ।

समारिटन्स पर्सले जिल्लाको नमोबुद्ध नगरपालिकको मेथिनकोटमा समेत अर्थव्याग प्रविधिको २५५ परिवारलाई घर निर्माण गरिरहेको उतm संस्थाले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0