logo
२०८३ अषाढ १३, शनिबार |
📰
🔍

काठमाडौं उपत्यकामा २४ घण्टामा २,१०२ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन

प्रभातफेरी अनलाइन११ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १३, शनिबार(२५ मिनेट अघि)
काठमाडौं उपत्यकामा २४ घण्टामा २,१०२ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं, काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार १०२ सवारीचालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८९, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १०८, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ९९ तथा तीव्र गतिमा सवारी चलाउने ८३ चालकलाई कारबाही गरिएको छ।

त्यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने ५९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागुपदार्थ सेवन गरी सवारी चलाउने २, एकतर्फी सडकमा सवारी चलाउने ७८ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ४८४ चालक पनि कारबाहीमा परेका छन्।

उक्त कारबाहीबाट राज्यकोषमा २१ लाख १० हजार ५१४ रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।