logo
२०८३ अषाढ १३, शनिबार |
📰
🔍

कांग्रेस नेता अभिषेक गिरी पक्राउ

प्रभातफेरी अनलाइन२१ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १३, शनिबार(२८ मिनेट अघि)
कांग्रेस नेता अभिषेक गिरी पक्राउ

काठमाडौं, विराटनगरका नेपाली कांग्रेसका नेता अभिषेक गिरी पक्राउ परेका छन्।

उनी आज बिहान विराटनगर–१० स्थित आफ्नै निवासबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोली विशेष सूचनाका आधारमा गिरीको घरमा खानतलासी गर्न पुगेको थियो। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी महेन्द्रकुमार मिश्रका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा खानतलासी गरिएको थियो।

गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी रिहा भएका थिए। रिहाइपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्।