Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मध्यमार्ग’मा नै रहोस्

प्रभातफेरी अनलाइन ७१३१ पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण १०, मंगलबार (८ साल अघि)
मध्यमार्ग’मा नै रहोस्

नगेन्द्र अधिकारी

एक समय कार्यकारी सम्पादक भएर काम गरेको मध्यमार्ग साप्ताहिक बाह्र बर्ष पुरा गरी तेह्र बर्षमा प्रवेश गर्दा मलाई निकै खुशी लागेको छ । विभिन्न आरोह अवरोह पार गर्दै यो अवश्थासम्म आइपुगेकोमा व्यवस्थापन, सञ्चारकर्मी र संलग्न सबैमा हार्दिक बधाई ज्ञापन व्यक्त गर्न चाहन्छु ।मानव विकासको सन्दर्भबाट हेर्ने हो भने, १३ बर्ष टेक्नु भनेको चञ्चले अवश्थामा प्रवेश गर्नु मानिन्छ । चलनचल्तीको भाषामा हामी यसलाई ।।।टिन एज’ भन्छौू । यसलाई नै आधार मान्ने हो भने मध्यमार्ग साप्ताहिक पनि ।।।टिन एज’मा प्रवेश गरेको छ । ।।।टिन एज’ समुहकाहरु चञ्चले स्वभावका हुनुका साथै अपरिपक्व र अल्पकालिन सोच राख्ने हुन्छन् । ।।।टिन एज’मा प्रवेश गरेको मध्यमार्ग साप्ताहिकले त्यसबाट आफुलाई बचाउँदै अघि बढ्न सकोस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

काभ्रेली पत्रकारिता इतिहासमा मध्यमार्ग साप्ताहिकको आफ्नै पहिचान रहदै आएको छ । नामले नै यसको तात्पर्य, उद्धेश्यबारे जानकारी लिन सकिन्छ । जिल्लामा रहेका १९ साप्ताहिक पत्रिकासँग प्रतिस्पर्धा गरेर अघि बढ्नु त छदैछ, राजधानी काठमाडौंबाट निस्कने ब्रोडसिट दैनिकहरुसँग पनि काभ्रेको छापा पत्रकारिताले प्रतिस्पर्धा गर्नुपर्ने अवश्था छ । काभ्रेका साप्ताहिक पत्रिका बजारमा जान नपाउँदै राजधानीबाट प्रकाशित हुने दैनिक पत्रिकाहरु पाठकको हात(हातमा पुगिसकेका हुन्छन् । विज्ञापन, बजार, वितरण सबैमा काभ्रेका साप्ताहिक पत्रिकाले ब्रोडसिट पत्रिकाहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । यस अर्थमा जिल्लाबाट प्रकाशित हुने पत्रिकाहरुले आफूलाई फरक ढंगबाट प्रस्तुती दिनु आवश्यक छ । जिल्लावासीका आमचासोका सार्वजनिक विषयहरु हाम्रा प्राथमिकताका बिषयहरु बन्नुपर्छ । मध्यमार्ग साप्ताहिकमा छोटो समय कार्यकारी सम्पादकको रुपमा काम गर्न पाउँदा मैले जिल्लाका सामाजिक, आर्थिक लगायतका बिषयलाई नै मुख्य समाचार बनाए । राजनीतिक बिषयका समाचार कहिल्यै पनि मुख्य समाचारका बिषय बनेनन् । अहिलेको सम्पादकीय टिमले पनि त्यसलाई नै निरन्तरता दिएर अघि बढेको देख्दा खुशी लाग्छ । अब हप्तै भरी एकैनासले आउने औपचारिक र आयोजकले इमेलमा पठाइदिएका ।।।रेडिमेड समाचार’ पाठकको चासोको बिषय हैनन्, विकास निर्माण, सुशासन, कृषि, पर्यटन, रोजगारीसँग जोडिएका खोजमुलक समाचार आम रुचिको बिषय हो । त्यस्ता बिषयबस्तु दिन सकिएन भने हाम्रो पत्रकारिता अब बिक्नेवाला छैन । मध्यमार्ग साप्ताहिक यसबिषयमा चनाखो छ र रहन्छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । राज्य पुनर्संरचनापछि जिल्लामा १३ स्थानीय तह निर्माण भएको सन्दर्भमा त्यसका विकास निर्माणका सबाल, जनप्रतिनिधीको काम कार्वाही, पारदर्शिता र सुशासन, आर्थिक तथा सामाजिक गतिविधी अब हाम्रा खोजको बिषयबस्तु बन्नुपर्छ । वास्तवमा अब आमचासोको बिषय पनि त्यही नै हो । कुनै दल, संघसंस्थाले आयोजना गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी, अतिथीले के बोले भन्ने कुरामा मान्छेले रुचि र चासो राख्दैनन्, बोलेको कुरा पुरा गरे की गरेनन् भन्ने फलोअपमा चासो राख्छन् । यस अर्थमा हाम्रो समाचारको शैली बदल्नुपर्छ ।
राजनीतिक संक्रमणकालमा मुलुक रहेका कारण देशमा आर्थिक विकास, उद्योग, कलकारखाना, व्यवसायको स्थापना हुन सकेको छैन । त्यसको प्रत्यक्ष मार मिडिया क्षेत्रमा पनि अवश्य परेको छ । संकुचित विज्ञापन बजारको कारण मिडियाहरुले राम्रो आम्दानी गर्न सकेको छैन । जिल्लामा त बधाई र समवेदना विज्ञापन नै आम्दानीको प्रमुख श्रोत बन्नुपर्ने दयनीय स्थिती छ । यद्यपी, अवश्था परिवर्तन त भइरहेको छ तर हामी अझ व्यवसायिक र प्रतिस्पर्धी बन्न सकिरहेका छैनौँ । हाम्रा समाचारका बिषयबस्तु फेरिनु जरुरी छ । वितरण प्रणाली सुधार गर्दै जिल्लाका सबै कुनाकाप्चा सम्म पत्रिका पुग्ने वातावरण बनाउन जरुरी छ । त्यसो हुँदा सबैमा सञ्चारको पहुँच पनि हुन्छ र हामीले दिएका बिषयबस्तु थप प्रभावकारी पनि हुन्छ ।

मध्यमार्गको अर्थ बिचको बाटो भन्ने हो । पत्रकारिताको सिद्धान्तमा नै तटस्थता हुनुपर्छ भन्ने छ । मध्यमार्ग नाम आफैमा तटस्थाको पर्याय हो । हामीले दिने बिषयबस्तुकै आधारमा हाम्रो राजनीतिक, सामाजिक आवद्धता बुझिदै आएको छ र त्यही अनुरुपको व्यहार हुँदै आएको छ । समाचारजन्य बिषयबस्तुमा पनि ।।।मध्यमार्ग’ मा रहेर काभ्रेली पत्रकारितामा छुट्टै नाम राख्न सफल होस्, शुभकामना ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0