Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रभावकारी बन्दै सामुदायिक मेलमिलाप कार्यक्रम

प्रभातफेरी अनलाइन ५७०० पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण २९, आईतबार (८ साल अघि)
प्रभावकारी बन्दै सामुदायिक मेलमिलाप कार्यक्रम

गाउँ मै मिल्नथाले विवाद
८५ प्रतिशत जनता अझै न्याय लिनबाट बञ्चित

धुलिखेल / जिल्लाका १३ स्थानीय तहमा संचालन भएको सामुदायिक मेलमिलाप कार्यक्रम प्रभावकारी बन्दै गइरहेको पाइएको छ । पँहुच नहुँदा जिल्ला अदालत सम्म आउन नसकेका पीडितहरुका लागि सामुदायिक मेलमिलाप कार्यक्रम प्रभावकारी बनेको हो ।

धुलिखेलमा सोमबार भएको कार्यक्रममा जिल्ला न्यायधिश, जिल्ला अदालतका मेलमिलाप केन्द्र प्रमुख, मेलमिलाप कार्यक्रमका संयोजक तथा कार्यकर्ताहरुले जिल्लामा कार्यक्रम प्रभावकारी बन्दै गएको बताएका हुन । ‘दिगो शान्तीका लागि उन्नत सम्बन्ध’ भन्ने मुल नारा रहेको उतm कार्यक्रमबाट सेवा लिनेको संख्या दिनानुदिन बढ्दै गइरहेका छन । प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र तथा द एसिया फाउन्डनेशनको सहयोगमा दुई बर्षदेखी संचालन भएको मेलमिलाप केन्द्रमा ११ सय ६६ विवाद समाधान भईसकेको जिल्ला संयोजक उमा थापाले जानकारी दिइन । उनका अनुसार घरायसी झगडा, साँध विवाद, मदिरा सेवन विवाद, कुटपिट लगायतका विवादहरु मिलाइएका छौ । स्थानीय तहमा रहेका मेलमिलाप कार्यकताहरुले उतm विवाद मिलाउन सहयोग गर्ने गरेको थापाले बताइन । ‘अधिकास व्यतिmगत घट्नाका विवादहरु नै दर्ता हुने गरेका छन, हामीले सक्ने यहि मिलाउछौ भने, अलि जटिल जिल्ला अदालत वा अन्य स्थानमा जानुपर्नेलाई जान सुझाव दिने गरेका छौ’ । थापाले भनिन । जिल्लामा ११ सय ५४ व्यतिmगत र १२ वटा बहुसरोकार विवादहरु मिलापत्र भएका छन ।

तेमाल गाउँपालिकाका मेलमिलाप संयोजक इन्द्रजित तमाङले यो कार्यक्रम प्रभावकारी हुदै गएको बताए । सबै स्थानीय बासीहरु जिल्ला अदालत सम्म आउन सक्ने अवस्था छैनन, आएपनि यहाँ लाग्ने खर्च र धेरै धाउनुपर्ने बाध्यता हुन्थ्यो । थुप्रै घट्नाहरु सानोबाट सुरु भएपनि ठुलो रुप लिने र अन्त्यमा जघन्य हुने गरेको पाइएको छ तर यो सेवा विस्तारसँगै विवादहरु समाधान हुदै गएका छन । उनले भने, चाहे श्रीमान श्रीमतीको विवाद, साँधसधियार, मदिरापान वा सामान्य झै झगडा नै किन नहोस् विस्तारै घट्दै गएको छ । तेमालमा ९३ वटा विवाद समाधान भएको बताए । अन्य १२ बटै स्थानीय तहका जनप्रतिनिधिहरुले त्यस समुदायमा भएका कार्यक्रमका बारेमा जनाकारी दिएका थिए ।

जिल्ला अदालत मेलमिलाप केन्द्रका प्रमुख पुष्पराज जोशीले सोचे जस्तो मेलमिलाप कार्यक्रम प्रभावकारी अझै नभएको बताए । कार्यक्रम त संचालन छ तर अझै पनि देवयानीका मुद्धा अदालतमा नै आइरहेका छन, उनले भने, यो बर्ष मात्र ७ सय भन्दा बढी देवयानी मुद्धा दर्ता छन भने २५२ वटा मिलापत्र भएका छन । सामान्य मुद्धालाई अदालत आउन नपर्ने बनाउन सकेमात्र कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो ।

जिल्ला न्यायधिश मेदिनीप्रसाद पौडेलले अझै ८५ प्रतिशत पीडित जनताले न्याय लिन नसकेको अवस्थामा सामुदायिक मेलमिलाप कार्यक्रममा प्रभावकारी नै मान्नुपर्ने बताए । ‘हाम्रो सेवा क्षेत्र जम्मा १५ प्रतिशत मात्र रहेको छ, यसलाई दुरदराजमा पु¥याउन मेलमिलाप कार्यक्रममा सफल हुने विश्वास लिएको छु, यो प्रारम्भ हो साध्य होइन, साधानमा पु¥याउन अझै कठिनाइ छ’ । उनले जधन्य अपराध रोक्नलाई यो कार्यक्रम सफल रहने बताए ।

प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रकी क्षेत्रिय संयोजक रमिला हुमागाईले भूकम्पपछि ५ जिल्लामा सामुदायिक मेलमिलाप कार्यक्रम संचालन गरिरेहको बताइन । बढी प्रभावित जिल्लाका भूकम्पपीडितलाई पर्न सक्ने असरलाई कम गर्न यो कार्यक्रम सुरु गरेका हौ ।

रमेशको नृतृत्वमा तदर्थ समिति गठन

जिल्ला सामुदायिक कार्यकर्ता भेलाले जिल्ला तदर्थ समिति गठन गरेको छ । रमेश हुमागाईको अध्यक्षतामा १३ सदस्यीय तदर्थ कार्यसमिति गठन भएको हो । जसको उपाध्यक्ष अशोक खनाल, कोषाध्यक्ष सुस्मिता आले र सचिव कृष्णप्रसाद चौलागाईं छन् । सदस्यहरुमा योगलक्ष्मि श्रेष्ठ, कृष्णप्रसाद तिमिल्सिना , बलराम बजगाई, राम कुमार खड्का , हरि प्रसाद नेपाल, इन्द्रजित तामाङ, शुरेश योञ्जन, रमेश खरेल, भोज बहादुर खुलाल रहेका छन । यसले स्थानीय तहमा समितिहरु गठन गर्ने छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0