Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मखमलको बिच्छौना नि भो बिझाउने टाला

प्रभातफेरी अनलाइन ८०३२ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र ४, आईतबार (८ साल अघि)
मखमलको बिच्छौना नि भो बिझाउने टाला

निश्चल माया अनि अट्ट बिश्वास गरेथें पीडा दिई मलाई तिमी अन्तै रमायौ ।
सँगै जिउने मर्ने बाचा कसम सारा तोडी मुटु मेरा टुक्राइ अन्तै डेरा जमायौ ।।
जानु थियो त आखिर मबाट टाढा तिमी झुटो मायामा अल्झायौ किन मलाई ।
आँसु को पोखरीमा ढुबाईदियौ कल्पनाका सुन्दर सारा सपनाका महल जलाई ।।
तिम्रो मायाको नाटकमा रमाउन पुगें देखायौ आखिर बिलाई जाने सपना किन ?
भयौ आज टाढा दिई मलाई आँसु फेरि तड्पाउन आइदिन्छौ संझनामा किन ?
मलाई जस्तै यसरी नै दुनियालाई रुवाई हिड्ने थियो कि त तिम्रो बानी ।
दियौ नमेटिने पीडा झुटो कसम खुवाई रम्ने रैछौ निस्ठुर मनको खानी ।।
जब गयौ तिमी पराइ घरमा सुन्दर संसार पनि अंगार झैं भयो आज कालो ।
तिम्र्रै माया जालमा पर्दा आज मखमलको बिच्छौना नि भो बिझाउने टालो ।।

चन्चले स्वभावकी सानु सबैसँग खुलेर कुरा गर्ने गर्थिन् । उनी सबैको आँखामा पर्न सफल भएकी थिइन् । समयको परिवर्तनसँगै उनी दीपकको मायाजालमा पर्न पुगेकी थिइन् । उनी दीपकसँग जीवन बिताउने सपनामा रम्न थालेकी थिइन् । आत्मा र शरीर नै दीपकलाई सुम्पीसकेककी उनी सधैं उनै दीपकको सम्झनामा टोलाउने गर्थिन् । दीपक पनि उनलाई तिमी आत्मा र शरीरले पुरै मेरी भै सक्यौ । म तिमीलाई घरमा कुरा गरेर बिबाह गर्छु भन्ने गथ्र्यो । उसको कुरा सुने पछि उनी झनै पुलकित हुन्थिन् । उनी सुनौला रंगिन संसारमा डुब्न पुग्थिन् ।

दीपकसँगको सुन्दर संसारमा आफूलाई हराएको कल्पनामा डुब्ने उनी एककासी छाँगाबाट खसे झैं भइन् । जब उनले यो कुरा थाह पाइन् कि दीपकले उनलाई धोका दिएर शहर पसिसकेको छ । यो खबर थाह पाउनासाथ उनले सारा संसार नै अन्धकार देखिन् । उनलाई आफ्नै जिन्दगीदेखि दिक्क लागेर आउन थाल्यो । अब आफू बाँचेर केहि काम छैन भन्ने सोचेर आत्महत्या गर्ने विचार गरिन् तर उनले त्यसो गर्न पनि सकिनन् । किनकी दीपकको प्रेमको नासो आफ्नो गर्भमा बोकेकी थिइन् उनले ।

यसरी नै दिनहरु बित्दै थिए । उनले नसके पनि आफूलाई सम्हाल्ने प्रयास गरिरहेकी थिइन् । आफ्टनो गर्भमा रहेको नासोलाई संसार देखाइछाड्ने अठोट उनले लिएकी थिइन् । फेरि उनको जीवनमा एकपल्ट कालो बादल मडारिन आइपुग्यो । दीपकका बुबाको कुरा सुनेर उनको बुबाले दीपकको घरमा काम गर्ने सोझो सुरजसँग बिहेको कुरा पक्का गरि सकेको थियो । सो कुरालाई सुरुमा त उनले अस्वीकार गरेकी थिइन् । आखिरमा उनको बाबुको वचन हार्न नसकी उनले नचाहँदा नचाहँदै पनि उक्त विवाहमा स्वीकृति जनाउन करै लाग्यो ।

केहि दिन पछी बिहे पक्का गरी सानुको बिहे सुरजसँग धुमधामसँग भयो । सानुले आफ्नो खुशी भन्दा पनि बाबुको करले गर्दा यो बिबाह गर्न बाध्य भएकी थिइन् । सुरज पनि उनलाई अति नै माया गर्दथ्यो । आफूलाई भन्दा बढी माया सानुलाई गर्न थालिसकेको थियो । तर उनको मन भने सुरजप्रति समर्पित हुन सकिरहेको थिएन ।

समयको बगाइसँगै दिनहरु परिवर्तन हुँदै गए । समयको बहकावसौ सानुले आफ्नो प्रेमको नासोलाई जन्म दिइन् । सानुले छोरीलाई जन्म दिइन् । छोरी जन्मिएपछि सुरजले सानुलाई झनै बढी माया गर्न थालिन् । साथै छोरीलाई पनि उतिकै माया गर्थिन् । छोरीलाई सुरजले गरेको माया देखेर सानु आफै दङ्ग थिइन् । आफ्नो सन्तान नभए पनि आफ्नै सन्तान झैं माया गथ्र्यो सुरजले । एकछिन पनि छोरीबाट टाढा रहन सक्दैनथ्यो सुरज । छारी रोएको आवाज सुन्नासाथ छोरीलाई फकाउन थाल्थ्यो । छोरीलाई खुवाउने देखि लिएर स्याहार संभार तथा हेरचाहमा समेत कुनै कमी गरेका थिएन उसले । सानस् छोरी पनि सुरजसँगै निकै रत्तिएकी थिएन् । लाग्थ्यो संसार कै बाबु छोरीको मायाको नमुना थियो त्यो ।

दिनहरु क्रमशः आफ्नै रफ्तारमा चलिरहेको थियो । सानुले सुरजसँग बिहे गरेको पनि सात वर्ष भैसकेको थियो । सानुले दीपकलाई बिस्तारै बिस्तारै बिर्सदै गएकी थिइन् । छोरीको मायामा आफूलाई भुलाउँदै गएकी थिइन् । सुरजको आफू प्रतिको अगाध प्रेम अनि छोरीलाई सुरजले गर्ने मायाले गर्दा सानुको मन पनि बिस्तारै बिस्तारै आकर्षित हुँदै जाँदै थियो । पहिला उसप्रति सहानुभुति मात्र दर्शाउने उनी बिस्तारै बिस्तारै प्रेम गर्न थालेकी थिइन् ।

बिहे गरेको सात वर्षसम्म सँगै एउटै ओच्छयानमा समेत नबसेका उनी बिस्तारै बिस्तारै सुरजको सामिप्यता खोज्न थालेकी थिएन् । बिस्तारै बिस्तारै उसको नजिक हुन थालिन उनी । उसको स्पर्सको लागि लालायित हुन थालिन् ।

 

क्रमशः (कथा सत्य भए पनि पात्रहरु फेरिएका छन् ।)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0