Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वरोजगारको छात्रवृत्ति

प्रभातफेरी अनलाइन ७८३८ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र ४, आईतबार (८ साल अघि)
स्वरोजगारको छात्रवृत्ति

बनेपा / स्वरोजगार लघुवित्त विकास बैंक लि. बनेपा शाखाले आफ्ना सदस्यहरुका चेलीबेटीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
मंगलबार बैंकले आ.व. ०७३÷०७४ को कार्यक्रम अन्तर्गत २६ जना छात्राहरुलाई छात्रवृत्ति रकम वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि स्वरोजगार लघुवित्त विकास बैंकका कार्यकारी निर्देशक उदयराज खतिवडाले बैंकको उद्देश्यमाथि प्रकाश पार्दै लघुवित्त कार्यक्रम बंगलादेशको ग्रामीण बैंकबाट शुरु भएका चर्चा गरेका थिए । सोही लघुवित्त विकसित भई नेपालमा ५३ वटा लघुवित्त विकास बैंक रहेको जनाउँदै ‘हाम्रो बैंकले बचतकर्ता सदस्यहरुलाई ३० हजारदेखि २ लाख सम्म बिना धितो ऋण प्रदान गर्दै आएका छौं’ भने ।
व्यवसाय देखाएर चालुपुँजीको रुपमा ऋण प्रदान गर्ने हो र बिना धितो भनेर तिर्न नसक्ने ऋण नलिन सदस्यहरुलाई अनुरोध समेत गरेका थिए । बचत, ऋण, रेमिट्यान्स, क्षमता अभिबृद्धि तालिम र भ्रमण गराई सदस्यहरुको वार्षिक केन्द्र भेला गरी मूल्यांकन गर्ने गरिएको जनाएका थिए ।
कार्यकारी निर्देशक खतिवडाले केन्द्र मूल्यांकनको आधारमा कार्यक्रम अगाडि बढाई मासिक रुपमा क्रियाकलापहरु गरिँदै वार्षिक रुपमा पुरस्कार स्वरुप १० वटा उत्कृष्ट केन्द्र घोषणा गरी पुरस्कृत समेत गरिँदै आएको चर्चा गर्दै हाम्रो बैंकले वार्षिक ७ सय सदस्यहरुलाई पुरस्कृत गर्ने उनले बताए ।
स्वरोजगार लघुवित्त विकास बैंक लि. ३ जिल्लाबाट सुरु भई काभ्रे, गोरखा, चितवन, मकवानपुर, रौतहट लगायत १० जिल्लामा विस्तार भैसकेको छ । ४३ हजार सदस्य रहेको बैंकको कुलपुँजी १० करोड ४९ लाख, सदस्यबाट बचत ४७ करोड, ऋण लगानी १ अर्ब २८ करोड रहेको छ । अब चाँडै नै ५ जिल्लामा पुनः बैंकि· कार्यालय विस्तार गर्न राष्ट्र बैंकले स्वीकृति प्रदान गर्न तयारी गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट विकास बैंकका प्रबन्धक कुमार थापाले सदस्यहरुलाई नमूनाको रुपमा अगाडि बढाउन बैंकका संचालकहरुलाई अनुरोध गर्दै सक्रिय सदस्य बनी पुरस्कृत बन्न उपस्थित सदस्यहरुलाई हौसला प्रदान गरेका थिए । पत्रकार प्रदिप के.सी.ले राष्ट्र बैंकले तोकेको सामाजिक क्रियाकलाप गरेकोले सदस्य र बालबालिकाहरुलाई उत्साह बढ्ने बताएका थिए ।
अनुगमन अधिकृत श्रीराम रोक्काको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य दुर्गा घिमिरे तथा सञ्चालन बनेपा शाखा प्रमुख जीवन मानन्धरले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0