काभ्रेपलान्चोक, २१ भदौ । गत भाद्र १३ गते काभ्रेको बनेपा नगरपालीका ८ पुन्यमती खोला नजिकै मकैबारी भित्र एक स्थानिय महिलालाई सामुहिक बलात्कार पछि हत्या भएको पृष्टि भएको छ ।
काभ्रे जिल्ला बनेपा नगरपालीका वडा नम्बर १० बस्ने ५७ वर्षया नानु आले मगरलाई सामुहीक बलात्कर पछि हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार काभ्रे भुम्लुका गोपाल परियार, धुलिखेलका साधुराम विक ,नमोबुद्धका महेश परियार, सिन्धुपाल्चोक मेलम्चीका सिताराम थापा रामेछापका प्रकास परियार र काभ्रे कोशीपारीका दिलबहादुर प्रधान सहित ६ जनाले नानु आले मगरलाइ मकैबारीमा बलात्कार पछि हत्या गरेर फरार रहेका थिए ।
६ जनाले लगातार ५७ वर्षिय महिलालाई बलात्कार गरेर हत्या गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एस्पी सहकुलबहादुर थापा बताए । काभ्रे प्रहरीका अनुसार अभियुक्तहरुलाई जबजस्ती करणी र कर्तव्य ज्यान उद्योग अन्तर्गत जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता गरेको जानकारी दिनुभयो ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |