logo
२०८३ अषाढ ३, बुधबार |
📰
🔍

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति संसदमा विरोध, रेकर्डबाट हटाउन रुलिङको माग

प्रभातफेरी अनलाइन२४ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ३, बुधबार(१० घण्टा अघि)
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति संसदमा विरोध, रेकर्डबाट हटाउन रुलिङको माग

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको कडा विरोध गर्दै उक्त अभिव्यक्ति सच्याउन तथा संसदको रेकर्डबाट हटाउन सभामुखमार्फत रुलिङ गर्न माग गरेका छन्।

नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्री स्वयंले गैरजिम्मेवार अभिव्यक्ति दिँदा मन्त्रीहरू समेत त्यस्ता अभिव्यक्तिमा प्रतिस्पर्धा गरिरहेको आरोप लगाए। उनले अर्थमन्त्रीले संसदको रोष्ट्रमबाट सांसदहरूलाई धम्की दिने र अन्य मन्त्रीहरूले पनि अनुचित अभिव्यक्ति दिने गरेको भन्दै देशमा दण्डहीनता बढ्दै गएको टिप्पणी गरे।

यसैबीच, श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूलाई राखिएको होल्डिङ सेन्टरमा खाना र खानेपानीको अभाव रहेको उल्लेख गर्दै त्यहाँ आन्दोलनको अवस्था सिर्जना भएको बताए। उनले आगामी बजेटमार्फत उनीहरूको पुनर्वास र आधारभूत आवश्यकताको व्यवस्थापन गर्न सरकारसँग माग गरे।