logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

​रियल मड्रिड र लेभान्टेको खेल बराबरी

प्रभातफेरी अनलाइन६७२८ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र २४, शनिबार(८ साल अघि)
​रियल मड्रिड र लेभान्टेको खेल बराबरी

भदौ २४ – शनिबार लालिगामा रियल मड्रिडलाई र लेभान्टेले १–१ गोलको बराबरी भएको छ ।

प्रतिबन्धमा रहेका रोनाल्डो बिना उत्रिएको रियल मड्रिडसँगको खेलको सुरुमा नै लेभान्टेले गोल गरेका थिए भने खेलको १२ औं मिनेटमा लेभान्टेका लागि इभान लोपेज अल्भारेजले गोल गरेका थिए । रियलका लागि भने ३६ औं मिनेटमा लुकास भाजक्वेजले गोल गरेका थिए ।

खेलको २८ औं मिनेटमा रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाको खुट्टामा समस्या आएपछि उनको ठाउँमा ग्यारेथ बेल आएका थिए । पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् । पटकपटक पाएको अवसरलाई रियल मड्रिडले गोलमा परिणत गर्न भने सकेन । लेभान्टेका गोलरक्षकले रियलको प्रहारलाई पटकपटक विफल पारिदिए ।

खेलको ८८ औं मिनेटमा रियल मड्रिडका डिफेन्डर मार्सेलो रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । रियल मड्रिडले तीन खेलबाट ५ अंक जोडेको छ । उसले एउटामा जित र दुईवटामा बराबरी गरेको छ ।