Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे जिल्ला पुनः बाम किल्ला बन्ने, फोरमसंगको एकताले काभ्रे काँग्रेसलाई समस्या

प्रभातफेरी अनलाइन ५६५३ पटक पढिएको प्रकाशित मिति: २०७४ कार्तिक ७, मंगलबार (५ साल अघि)
काभ्रे जिल्ला पुनः बाम किल्ला बन्ने, फोरमसंगको एकताले काभ्रे काँग्रेसलाई समस्या

आई.आर.के मैनाली

काभ्रे–आगामी मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन नजिकिंदै गर्दा काभे्र जिल्लाको राजनीतिक माहोल तातेको छ । विगत बर्षहरुको तुलनामा नितान्त फरक ढंगबाट हुन लागेको निर्वाचनमा काभे्र काँगे्रस अताल्लिएको अवस्था रहेको छ ।

विगतमा बाम गठबन्धन नहुदा समेत पटक पटक बाम किल्लाको रुपमा रहेको काभे्र, हाल भएको वाम एकताको कारण पुन बाम किल्लाकै रुपमा परिणत हुने करिव सुनिश्चित भएको छ । काभे्र वाम किल्लाको रुपमा परिणत हुने करिव पक्का पक्कि भएपछि नेपाली काँगे्रसलाई उम्मेदवार चयन गर्ने बिषयमा निकै समस्या परेको छ । लोकतान्त्रिक फोरमसंग कार्यगत एकता गरेको नेपाली काँगे्रसले गणेश लामालाई प्रतिनिधि सभाको लागि उम्मेदवार वनाउनु पर्ने बाध्यता भएको छ । क्षेत्र नं १ बाट लामालाई प्रतिनिधिसभाको टिकट दिदा सर्वसंमत भएका तिर्थ बहादुर लामालाई कुन स्थान दिने भन्ने बिषयमा थप समस्या आएको छ । काँगे्रस काभे्रका हस्तिका रुपमा रहेका शिव हुमागाईले आफु निर्वाचनको मैदानमा नउत्रने घोषणाले कागे्रस काभे्रमा थप समस्या आएको हो । बाम किल्लाको रुपमा रहेको काभे्रमा ०५६ को निर्वाचनमा काँगे्रसको विउ रोप्न सफल हुनुभएको हुमागाई आगामि हुने निर्वाचनको मैदानमा नउत्रने भएपछि काभे्रमा पुन वाम जिल्ला कायम हुने करिव सुनिश्चित भएको छ । मुलुकमा २०४६ सालमा वहुदल प्राप्ति पछि ०४८ मा भएको आम निर्वाचनमा काभे्रको चारै क्षेत्र कम्यूनिष्टले कब्जा गरी “काभे्र जिल्ला बाम किल्ला” को रुपमा परिणत गरेको थियो । जसमा क्षेत्र नं १ वाट कमान सिंह लामा, क्षेत्र नं २ मा शिव हवादुर देउजा, क्षेत्र नं ३ मा केशव प्रसाद बडाल र क्षेत्र नं ४ मा गोबिन्द नाथ उप्रेती निर्वाचित हुनु भएको थियो । त्यसैगरी ०५१ को मध्याबधि निर्वाचनमा गोविन्दनाथ उपे्रति, शिव वहादुर देउजा र केशव वडाल निर्वाचित भई बाम जिल्लालाई कायमै राखेको थियो । ०५१ सालबाट काभे्र काँगे्रसका सभापतिको जिम्मेवारी सम्हाल्नु भएका शिवप्रसाद हुमागाईको रणनीतिक भुमिकाको कारण ०५६ मा भएको निर्वाचनमा नेपाली काँगे्रसले बाम किल्ला तोड्दै काँगे्रसको विउ रोप्न सफल भएको थियो ।

एमालेको हस्तिको रुपमा चिनिने केशव प्रसाद बडाललाई काँगे्रस काभे्रका सभापति समेत रहनु भएका शिव हुमागाईले पराजित गराउनु भएको थियो भने एमालेमा युवा नेताको रुपमा चर्चित विदुर सापकोटालाई पराजित गराउंदै नेपाली काँगे्रसका राजेन्द्र खरेल निर्वाचित हुदै काभे्रको तीन क्षेत्र मध्य दुई क्षेत्र काँगे्रसले हात लगाएको थियो । ०६२ सालमा भएको आमुल राजनैतिक परिवर्त पश्चात प्राप्त भएको गणतन्त्र पछिको पहिलो संविधानसभाको निर्वाचन (२०६५) मा लोकतान्त्रिक पक्षधरको उपस्थितिलाई निमिट्यान्न पार्दै काभे्र जिल्ला वाम किल्लाको रुपमा पुन स्थापित हुन पुग्यो । जसमा तत्कालिन नेकपा माओवादीको तर्फबाट सुर्यमान दोङ, अक्कल वहादुर थिङ, तेजवहादुर मिजार र नेकपा एमालेको तर्फबाट कृष्णप्राद सापकोटा निर्वाचित हुनु भएको थियो । जसमा काभे्र क्षेत्र नं १ बाट सुर्यमान दोङले २७ हजार ४ सय ७१ मत प्राप्त गर्नु भएको थियो । उहाँको प्रतिस्पर्धि नेकपा एमालेका संग्राम जित लामाले ८ हजार ४ सय ७ र नेपालि काँगे्रसका मधु आचार्यले ७ हजार २ सय १२ मत हासिल गर्नु भएको थियो । जुन समयमा सो क्षेत्रमा कम्यूनिष्ट पक्षधरकोे मत ३५ हजार ८ सय ७८ थियो भने लोकतान्त्रिक पक्षधर (काँग्रेस) को ७ हजार २ सय १२ मत रहेको थियो । त्यसैगरी काभे्र क्षेत्र नं २ मा अक्कल वहादुर थिङ (महेश) १८ हजार २ सय ७ मत प्राप्त गर्नु भएको थियो भने उहाँको प्रतिस्पधि नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुहुने केशव बडाललको ११ हजार ८ सय १४ र नेपाली काँगे्रसको तिर्थ पसखलले १० हजार ७ सय ८८ प्राप्त गर्नु भएको थियो । जुन समयमा काभे्र क्षेत्र नं २ मा कम्यूनिष्ट पक्षधरको ३० हजार २१ मत रहेको थियो भने लोकतान्त्रिक पक्षधर (नेपाली काँगे्रस) को १० हजार ७ सय ८८ मत रहेको थियो । काभे्र क्षेत्र नं ३ मा नेकपा एमालेका कृष्ण प्रसाद सापकोटाले १६ हजार ५ सय ९४ , नेपालि काँगे्रसका शिव हुमागाईले १४ हजार ५ सय ७९ र माओवादीका मिना तामाङले १३ हजार ५ सय १० मत प्राप्त गर्ने भएको थियो । काभे्रको तीन नं क्षेत्रमा कम्यूनिष्ट पक्षधरको मत ३० हजार १ सय ४ रहेको थियो भने लोकतान्त्रिक पक्षधरको मत १४ हजार ५ सय ७९ मा सिमित रह्यो । काभे्र क्षेत्र नं ४ मा तेजबहादुर मिजारले २२ हजार ७६, एमालेका विदुर सापकोटाले १६ हजार ५ सय ४९, नेपाली काँगे्रसका राजेन्द्र खरेलले ८ हजार ४ सय १८ मत प्राप्त गर्नु भएको थियो । सो क्षेत्रमा कम्युनिष्ट पक्षधरको जम्मा मत ३८ हजार ६ सय २५ थियो भने लोकतान्त्रिक पक्षधर (काँगे्रस) को ८ हजार ४ सय १८ मै सिमित हुन पुग्यो । काभे्र जिल्लाको ०६५ को पहिलो संविधानसभाको निर्वाचनमा कम्युनिष्ट पक्षधरको जम्मा मत १ लाख ३४ हजार ६ सय २८ मत र लोकतान्त्रिक पक्षधर (काँगे्रस) ले ४१ हजार १५ मत प्राप्त भएको थियो । काभ्रे जिल्ला बाम किल्ला भएको भन्दै समानुपातिक तर्फबाट नेपाली काँगे्रसले कमला थापा, ललिता किङ्रिङ र हर्षजित लामालाई थिए भने नेकपा एमालेले शिला कतिला र माओवादीले रेणुका चौलागाईलाई समानुपातिक तर्फबाट सभासद वनाएका थिए ।

२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने बाम किल्लालाई तोड्दै नेपाली काँगे्रसले दुई स्थान हात लगाएको थियो । तत्कालिन नेकपा माओवादिको फुटको कारण नेपालि काँगे्रलाई फाईदा पुगेको होे । पार्टी फुटको कारण माओवादीले एक क्षेत्रपनि विजय हासिल गर्न नसक्दा नेपाली काँगे्रसले २ स्थानमा विजय हासिल गर्न सफल भएको थियो । काभे्रको क्षेत्र नं १ मा तिर्थ बहादुर लामाले १२ हजार २ सय ७०, नेकपा माओवादीका शुर्यमान दोङले ९ हजार ७ सय ६३ र नेकपा एमालेका संग्राम जित लामाले ९ हजार १ सय ३२ मत प्राप्त गर्नु भएको थियो । नेपाली काँगे्रसले विजय हासिल गरेको क्षेत्र नं १ मा कम्यूनिष्ट पक्षधरको मत १८ हजार ८ सय ९५ रहेको थियो भने लोकतान्त्रिक पक्षधर (काँगे्रस) को १२ हजार २ सय ७० मै सिमित रह्यो । काभे्रको क्षेत्र नं २ मा नेकपा एमालेका रामहरी सुवेदिले १३ हजार ५ सय १० मत हासिल गरी विजय हुनु भएको थियो । त्यसैगरी नेपालि काँगे्रसका शिव हुमागाईले ११ हजार ४०, माओवादीका अक्कल वहादुर थिङले ५ हजार ९ सय १३ मत प्राप्त गर्नु भएको थियो । सो क्षेत्रमा कम्युनिष्ट पक्षधरको मत १९ हजार ४ सय २३ र लोकतान्त्रिक पक्षधर (काँगे्रस) को मत ११ हजार ४० मै सिमित रह्यो । क्षेत्र नं ३ मा कञ्चनचन्द बादेले १९ हजार ३ सय ९१, नेकपा एमालेका गोकुल बास्कोटाले १६ हजार ६ सय ७१ र माओवादीका मिना तामाङले ५ हजार ८ सय ८५ मत प्राप्त गर्नु भएको थियो । सो क्षेत्रमा कम्युनिष्ट पक्षधरको मत २२ हजार ६ सय ४६ रहेको छ भने लोकतान्त्रिक पक्षधर (काँगे्रसको) १९ हजार ३ सय ९१ मै सिमित रह्यो । त्यसैगरी क्षेत्र नं ४ मा नेकपा एमालेका बिदुर सापकोटाले १६ हजार ७ सय ५४, नेपाली काँगे्रसका कुमार लामिथानेले ११ हजार ७ सय ८९ र माओवादीका नारायण बानिया (दिपेश) ले ९ हजार १ सय १८ मत हासिल गरी कम्युनिष्ट पक्षधरको २५ हजार ८ सय २७ र लोकतान्त्रिक पक्षधर (काँगे्रस) को ११ हजार ७ सय ८९ मै सिमित रहन पुग्यो । दोस्रो संविधानसभाको निर्वाचनमा काभे्रमा नेपाली काँगे्रसले वाम किल्ला तोड्दै क्षेत्र नं १ र ३ मा विजय हासिल गरेपनि काभे्र जिल्लामा कम्युनिस्ट पक्षधरको मत १ लाख १२ हजार ६ सय ६३ र लोकतान्त्रिक पक्षधर (काँगे्रस) को ५४ हजार ४ सय ९० मत प्राप्त गरेका थिए । मुलुकमा बहुदल प्राप्त भएदेखि हाल सम्मको अवस्थालाई अध्ययन गर्दा काभे्र जिल्ला पुन बाम किल्लाकै अवस्थामा रहने देखिन्छ । काभ्रेमा बाम किल्ला तोड्नको लागि अन्य दलहरुलाई त्यति सहज भएको पाईदैन ।

विगतमा नेकपा एमाले फुट्दा र पछिल्लो समयमा नेकपा एमाओवादी पार्टी फुट्दा समेत खासै उपलब्धि हासिल गर्न नसकेको नेपाली काँगे्रसले आगामि मंसिरमा हुने निर्वाचनमा खासै उपलब्धि हासिल गर्न सक्ने अवस्था न्यून देखिन्छ । हालको अवस्था भनेको माओवादीको एकजुट मात्र नभै कम्युनिष्ट गठबन्धन भएको अवस्थामा विगतलाई अध्ययन गर्दा धेरै मतको अन्तर भएकोले कम्युनिष्ट गठबन्धन भर्सेस लोकतान्त्रिक गठबन्धनको विचमा हुने खेलमा गोल हान्ने काम कम्युनिष्ट पक्षधरकै हुने प्रवल संम्भावना रहेको छ ।

  • काभ्रे जिल्ला पुनः बाम किल्ला बन्ने
  • फोरमसंगको एकताले काभ्रे काँग्रेसलाई समस्या
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

  • धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0