Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सबै स्थानीय तहमा सयुक्त कार्यालय खोल्ने क्रम जारी

प्रभातफेरी अनलाइन ८०७९ पटक पढिएको प्रकाशित मिति: २०७४ कार्तिक २१, मंगलबार (८ साल अघि)
सबै स्थानीय तहमा सयुक्त कार्यालय खोल्ने क्रम जारी

काभ्रे– बाम गठबन्धनको संयुक्त कार्यालय खोल्ने क्रम जारी छ । जिल्ला एकता संयोजन समिति गठन भएपश्चात यो अभियनले तीब्रता लिएको छ । यही क्रममा मण्डन देउपुर नगरपालिकाको कुन्तावेशीमा निर्वाचन परिचालन समितिको संयुक्त निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । नेकपा एमाले र नेकपा माओवादीका उम्मेदवारहरुको उपस्थितीमा नगर क्षेत्रमा रहेका अगुवा कार्यकर्ताहरुको उपस्थितीमा कार्यालय स्थापना गरिएको हो ।

कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै वामगठवन्धनका तर्फवाट प्रतिनिधी सभा क्षेत्र नंम्बर २ का उम्मेदवार गोकुल बाँस्कोटाले समग्र जिल्लाको विकासको एजेण्डा आफूहरुले बोकेको बताए । उनले काभ्रेको विकासको मुख्य आधार भनेकै कृषि र र पर्यटन भएकाले वामपन्थी गठवन्धनसँग काभ्रेको विकास गर्ने आधार भएको बताए । मण्डनदेउपुमरा जन्मेको केटो आज उम्मेदवार बनेसँगै
म मण्डन देउपुरमा जनतामा उत्साह छाएको उनले बताए । आफूहरुसँग करेन्ट र पानी बगेपनि तयसलाई सदुपयोग गर्ने बेला आएको र वामपन्थीहरुले मात्रै त्यसको रुपान्तरण गर्ने बताए । उनले इन्द्रवतीको पानीवाट मण्डन देउपुर र पाँचखाल सिंचित गर्ने बताए ।

उनले भने हामीहरुले अब मण्डन र पाँचखालका फाँट जोगाएर यसैलाई मौलिकता बनाउन आवश्यक देखेकाले गृहकार्यमा लागेका छौ । उनले नगरको विकास गराउँदै जिवन स्तर उकास्ने खालको योजना अघि सारेको बताए । उनले आफूसँग स्पष्ट रुपमा काभ्रे बनाउने आधारहरु रहेको समेत सुनाए । काठमाण्डौको वैकल्पिक शहरको रुपमा काभ्रेलाई विकास गर्न सकिने बताए । पाँचखाल अब कृषि शहर बन्नेकी काठमाण्डौको वैकल्पिक शहर बनाउने त्यसवारे अब सोच्ने बेला आएको उनले बताए । उनले २०८४ सालसम्म निर्माणको दशक संचालन गरेर अब नेपालको निर्माण गरिने दायित्व वामपन्थीको रहेको बताए ।

कार्यक्रममा बोल्दै पूर्व सांसद विदुर सापकोटाले आफूहरुले विगतमा काभ्रेमा गरेको विकासको नमूना आम काभ्रेली जनतालाई थाहा भएको सुनाए । उनले वाम गठवन्धनमा रहेका उम्मेदवारहरुलाई बहुमत दिएर जिताउन मतदाता आतुर रहेको बताए । वामपन्थीहरुसँग स्पष्ट रुपमा योजना रहेकाले सो योजना मुताविक काभ्रेको मुहार फेर्न लागेको बताए ।

प्रदेश सभा २(१) का उम्मेदवार लक्ष्मण लम्सालले आफू युवाहरुको प्रतिनिधी र जनताको सेवक भएको बताए । उनले जिल्लालाई रुपान्तरण र विकास गराउने जिम्मा आफूहरुको भएकाले आफूहरुले जिल्ला र मुलकुको विकास गराउने सुनाए । उनले आफूलाई जनताको सामान्य समस्या परेपनि राखेका आफूले समाधानको पहल गर्ने बताए । प्रदेशको राजधानी काभ्रेलाई बनाउन पहल सुरु गरेको बताए । वामपन्थीहरुले झुट्टा आश्वासन नदिने बताउँदै गर्न सक्ने र गर्ने काम मात्रै जनतामाझ सार्वजनिक गर्ने बताए । उनले आफू जनताको सेवक भएकाले जनताले सेवा गर्ने अवसर दिएको बताए ।

कार्यक्रममा प्रदेश सभा २(२) का उम्मेदवार वसुन्धरा हुँमागाईले स्थानीय तहको नेतृत्व काभ्रेमा वामपन्थीहरुले गरेसँगै अब प्रदेशको नेतृत्वले समग्र प्रदेशको विकास गर्ने बताए । उनले स्थानीय स्तरमा विकासको योजना जनता माझ सार्वजनिक गरेर अघि बढिरहेको सुनाए । उनले आम जनसमुदायको भावनालाई सम्मान गरेरै आफूहरु अघि बढेको सुनाए ।

कार्यक्रममा बोल्दै नेकपा एमाले काभ्रेका सचिवालय सदस्य कंचन अधिकारीले युवा पुस्ताको आब्हाननै वामपन्थीलाई मतदान रहेको बताए । उनले जिल्लाको देशको समृद्धिको लागि वामपन्थीको एकता भएकाले वामपन्थी उम्मेलवारलाई मतदान गर्ने बताए । कार्यक्रममा वाइसिएलका ईन्चाज विनोद गौतमले आम मतदाताको सुरक्षा वाईसिएल र युवा संघले गर्ने बताए । अझैपनि धम्की दिने हो भने काभ्रेमा रहेका चार सय पूर्व जनमुक्ति सेनाले प्रतिकार गर्ने बताए । त्यस्तै पूर्व सांसद तेजबहादुर मिजारले वाम एकतानै अहिलेको आवश्यकता रहेको बताए । उनले सबैको सहयोग र मुलुकको आवश्यकतानै वाम एकता भएको बताए ।

महिला नेतृ रिता ढकालले वाम एकतापछि आम कार्यकर्ताहरुमा हौसला बढेको बताउँदै वाम उम्मेदवारलाई जिताउन नागरिकहरु ऋघि बढेको बताए । कार्यक्रममा बोल्दै माओवादी नेता केशव सापकोटाले कांग्रेसको अतिवादका विरुद्धमा वाम एकता भएकाले अव देश विकास हुने सुनाए । सो अवसरमा मण्डन देउपुरको संयुक्त वाम गठवन्धनको सम्पर्क कार्यालयको स्थापना गरिएको थियो ।
यसैगरी बनेपा पनौती, नमोबुद्ध लगायतका नगरहरूमा समेत संयुक्त कार्यालय खुलिसकेका छन् ।

  • सबै स्थानीय तहमा सयुक्त कार्यालय खोल्ने क्रम जारी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0