Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २४, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राप्रपा प्रजातान्त्रिकको समर्थन बाम गठबन्धनलाई, काँग्रेसलाई अझै एमाले माओवादीको मतको आशा

प्रभातफेरी अनलाइन ६९१२ पटक पढिएको प्रकाशित मिति: २०७४ मंसिर १२, मंगलबार (८ साल अघि)
राप्रपा प्रजातान्त्रिकको समर्थन बाम गठबन्धनलाई, काँग्रेसलाई अझै एमाले माओवादीको मतको आशा

बनेपा- निर्वाचन नजिकिएसँगै काभ्रेमा राजनीतिक दलहरू मतको जोड घटाउमा लागेका छन् । आगामी २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचको तिब्र प्रचारमा रहेका दलहरूले निर्वाचन जित्ने या हार्ने भन्ने निष्कर्ष समेत निकालिसकेका छन् ।

मुख्य प्रतिस्पिर्ध मानिएका बाम गठबन्धन र नेपाली काँग्रेस यतिबेला मतको समेत हिसाव किताव गर्दै चुनावी मैदानमा छन् । काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. १ मा बाम गठबन्धनका तर्फबाट माओवादी नेता गंगाबहादुर दोङ उम्मेदवार छन् । विगतका निर्वाचनलाई हेर्ने हो भने यो क्षेत्रमा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र तिनवटै दल प्रतिस्पर्धीका रुपमा उभिएका थिए । यसपटक नेपाली काँग्रेस केन्द्रले समेत जित्ने क्षेत्रको सूचिमा राखेको यो क्षेत्रमा काँग्रेस अघि लाग्न एमाले माओवादी कै मत आवश्यक पर्ने एक नेपानी काँग्रेसका जिल्ला नेताले बताए । बाम गठबन्धन भएसँगै एमाले र माओवादीका साझा उम्मेदवार भएका कारण पनि गठबन्धन यो क्षेत्रमा निर्वाचन जित्नेमा ढुक्क छ । उता बाम गठबन्धन बनेपनि एमाले र माओवादीभित्रका असन्तुष्टहरूलाई समेटेर चुनाव जित्न अझ सहज हुने आँकलन सहित उत्साहित भएको नेपाली काँग्रेस एमाले र माओवादी केन्द्र एकजुट भएर प्रचारमा लागेपछि निरास बनेको छ । यस क्षेत्रमा स्थनीय तहको मतको हिसावले हेर्ने हो भने बाम गठबन्धन भन्दा काँग्रेस १७ हजारले पछि छ । यो क्षेत्रमा नेपाली काँग्रेसले जितेका दुई स्थानीय तह पर्छन् भने माओवादी केन्द्रले जितेको दुई तह र अन्य तहहरू नेकपा एमालेले जित हासिल गरेको छ । २०७० सालको निर्वाचनको हिसावले पनि यहाँ बाम गठबन्धन नै अगाडी छ भने नयाँ शक्ति नेपाल र राप्रपा प्रजातान्त्रिकले पनि बाम गठबन्धनलाई सहयोग गर्ने निर्णय गरि अघि बढिसकेकाले गठबन्धनको जित सुनिश्चित भएको दोङ बताउँछन् ।

यसैगरी सो क्षेत्रका दुइृ प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि बाम गठबन्धनले नै जित हासिल गर्ने दलहरूको आँकलन छ । नेकपा माओेवादी केन्द्रका नेता रत्न ढकाल प्रदेश सभा क्षेत्र क र युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका एमाले नेता चन्द्र लामा प्रदेश सभा ख मा उम्मेदवार रहेका छन् । काभ्रेमा काँग्रेसले जित हासिल गर्ने क्षेत्र भनी दावी गरेको यस क्षेत्रमा बाम गठबन्धनको पक्षमा जनलहर बढ्दै गएपछि काँग्रेस भोज भतेर र पैसा लिएर गाउँ पसेको गठबन्धनका नेताहरूले बताएका छन् । यो क्षेत्रमा नेपाली काँग्रेसले निवर्तमान सांसद तीर्थ लामा, पूर्व जिल्ला कोषाध्यक्ष सिवि लामा र डनको उपमा पाएका गणेश लामालाई उम्मेदवार बनाएको छ । तीनै जना उम्मेदवार धन र बलको जतीपनि प्रयोग गर्न सक्ने भन्दै यो क्षेत्र काँग्रेसले जित हासिल गर्ने दावी गर्दै आएको छ ।
यता प्रतिनिधि सभा क्षेत्र नं. २ र यसका प्रदेश सभामा भने नेपाली काँग्रेसले आस मारिसकेको काँग्रेस निकटका नेताहरूको भनाई छ । काँग्रेस भित्रको अन्र्तविरोधका कारण यस क्षेत्रमा काँग्रेसको निर्वाचन प्रचार पनि फितलो बन्दै गएको छ । प्रतिनिधि सभामा नेपाली काँग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य र माब गठबन्धनका तर्फबाट नेकपा एमालेका प्रभावशाली नेता गोकुल बास्कोटा मैदानमा छन् । पार्टी र गठबन्धन एजुट भएका कारण बास्कोटा ठूलो मतान्तरले विजयी हुने आम जनताको समेत बुझाई छ । यसका दुई प्रदेश सभामा गठबन्धनका तर्फबाट प्रदेश सभा क मा एमालेका बौद्धिक, युवा नेता लक्ष्मण लम्साल र ख मा नेकपा एमाले काभ्रेका सचिवालय सदस्य तथा प्रभावशाली व्यक्तित्व बसुन्धरा हुमागाई उम्मेदवार छन् भने नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा क मा पूर्व क्षेत्रीय सभापति सुन्दरमणि आचार्य र ख मा निवर्तमान सांसद कञ्चनचन्द्र बादे प्रतिस्पर्धामा छन् । प्रदेश सभा क मा आफुले जित्ने दावी गरेको काँग्रेसले जितको आधार भने बनाउँन सकेको छैन । नेपाली काँग्रेसके नेताका अनुसार अझपनि बाम गठबन्धन यो क्षेत्रमा काँग्रेस भन्दा ६ हजार मतले अघि छ । नेपाली काँग्रेस यतिबेला तीन हजार मतको खोजीमा दौडधुप गरिरहेको काँग्रेस निकट स्रोतको भनाई छ । यतिबेला नेपाली काँग्रेसको नजर पाँचखाल नगरको बालुवा खरेलथोक र कोशीदेखा रहेको बाम गठबन्धनका एक नेताले बताए ।
यसैगरी प्रदेश सभा ख मा बनेपा नगरको नेवार समुदायको भेटले नै निर्वाचन जित्ने दावी गरेको काँग्रेसलाई पार्टीभित्रको आन्तरिक विवादले तनाव बनाएको भुझिएको छ । प्रदेश सभाका उम्मेदवार बादेल स्थानीय तहको निर्वाचनमा अन्र्तघात गरी पार्टीलाई पराजयको सिकार बनाएको आरोप लगाउँदै लामो समयदेखि बल्झिएको विवादले यतिबेला काँग्रेसमा खैलाबैला मच्चिएको छ । २०७० सालमा नेकपा एमाले भित्रको आन्तरिक विवाद, माओवादीको भित्री सहयोग र बनेको साथका कारण चुनाव जितेका बादेले बनेपालाई खानेपानी र फोहोरको व्यवस्थापन समेत गर्न नसकेको बनेपा बजारलाई पानि व्यवस्थापन गर्ने मुख्य योजनाकार मानिएका बसुन्धरा हुमागाईं बाम गठबन्धनका उम्मेदवार भएपनि बनेपा क्षेत्रभित्रै बादे बाम गठबन्धन भन्दा तल पर्ने अवस्था आएको बुझिएको छ ।

यता केन्द्रदेखी नै काँग्रेस सँग गठबन्धन गर्दै आएको राप्रपा प्रजातान्त्रिकले पनि बाम गठबन्धनलाई सहयोग गर्ने भएको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष बिरबहादुर योञ्जनले विगतका दिनहरूमा राप्रपा प्रजातनन्त्रिक र राप्रपाम रहँदा समेत सधैं काभ्रे जिल्लाको विकास लगायतका मुद्दामा बाम गठबन्धनलाई नै सहयोग गर्दै आएको बताउँदै मंगलबार पत्रकार सम्मेलन आयोजना गरी बाम गठबन्धनलाई सहयोग गर्ने जनाएको हो ।

  • काँग्रेसलाई अझै एमाले माओवादीको मतको आशा
  • राप्रपा प्रजातान्त्रिकको समर्थन बाम गठबन्धनलाई
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0