Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रदेश सरकारबाट समृद्धि विकासको जनआशा

प्रभातफेरी अनलाइन ७१८९ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ १४, आईतबार (८ साल अघि)
Post Thumbnail

जम्बला लामा

नेपालमा कहि नभएको जात्रा हाडी गाउँ भन्ने उखान हामीले सुनेका नै छौ । त्यस्तै हिसाबबाट नेपालको राजनिति प्रवेश भएको हो कि भन्ने नागरिक र जनामानसमा आभाष भएको छ । अर्थात भर्खरै मात्र सम्पन्न ३ तहको निर्वाचनले त्यस्तै व्यवहार देखाएको छ । जवरजस्ती प्रधानमन्त्री भएको देउवाले जवरजस्ती काँग्रेसलाई निर्वाचनमा आफु सबैभन्दा ठूलो पार्टीको हैसियत भएकोले काँग्रेस पार्टी नै बहुमतको सरकार हुनेछ भनी उनले निर्वाचनको समयमा हल्ला मच्चाएको पनि थियो ।

 

उनले वाम गठबन्धनलाई तथनाम र बदनाम सम्मको शब्द गरेपनि आखिरी काँग्रेसको नै पतन तथा बदनाम गराएरै छाडे देउवाले । अर्थात संविधानको धारालाई बालाजुको बाइसधारा, सुनधारा, गुर्जुधारा इत्यादी गरे उनले । अर्थात निर्वाचनको परिणाम पछी पनि देउवाले हट लिएर संविधानको अभिव्याख्या प्रयोग गरी प्रदेश सभा र राष्ट्रिय सभाको वहाना वाजी गरी उनले राजिनामा दिनुको सट्टा उनले मेरो काँधमा जिम्मेवारी आएको भनि जवरजस्ती पदमा बसी रहेको विश्वसमुदाय लाई नै चकित पारेको जनआङकलन आएको छ ।
सकभर उनले आफ्नो मन गठन्ते वा विदेशीको चाल, यो देउवा आफैले थाहा छन् । अर्थात उनले चुनावको परिणाम लगतै आफु हार भएपछी माओवादी अध्यक्ष प्रचण्ड दाहाललाई वाम गठबन्धनबाट टुक्राउने हिसावले प्रचण्ड दाहाललाई प्रधानमन्त्रीको अफर गरेको नै थियो । त्यसबेला प्रचण्डजीले मानेको भए देउवाले खुरुक्क राजिनामा गरी वाम गठबनधनलाई टुक्राउने योजना सफल हुने थियो ।
तर माओवादी अध्यक्ष उनको मोहनीको महाजालमा फसेन । अनि देउवाले अतालिएर पदबाट राजिनामा दिनुका सट्टा बहानाबाजीहरु प्रयोग गरी उनले हालसम्म पनि लाज पचाएर बसेको जनसमुदायलाई महसुस भएको छ । यदि देउवा इमान्दार व्यक्ति भएको भए उनले प्रथम राजिनामा गरी कामचलाउ सरकारमा बसेको भए उनको मानसम्मान, इज्जत पाचहात माथि हुन्थ्यो । तर त्यो मानसम्मान सबै आफ्नै घमण्डीको कारण माटोमा बिलायो । यी विषय देउवा आफै जानुन ।

समृद्धि विकासको आशा

भर्खर मात्र सपथ ग्रहण गरेको प्रदेश सभासदहरुबाट जनआकाङ्क्षाको ठूलो आशा गरेको नागरिकलाई जनविचारहरु प्राप्त भएको छ । उनीहरुको भनाई यस प्रकारका छन् । सिंहदरबारको अधिकार नगरपालिका र गाउँपालिकामा भनि सरकारबाट घोषणा भएको जनआवाज पाएको छ ।

त्यसमाथि झन प्रदेश सरकार भएपछी त्यो भन्दा उत्तम भएको जनविचारहरु पनि प्राप्त भएको छ र कुनै गाउँपालिकातिर चाहि खोइ ? के गर्ने ? सिंहदरबारको अधिकार गाँउगाउँमा भनेको सुनेको थियो तर हाम्रो दुःख त्यहि पुरानो पारो भन्ने गुनासो पनि सुन्नमा आएको छ । तर पनि प्रदेश सरकार आएपछी पक्का पनि समृद्धि विकास होलाकी भन्ने ठूलो आशा रहेको जनआवाज आएको छ । उनीहरु भन्छन गाउँगाउँमा राम्रो शिक्षा होस, स्वास्थ्यचौकी होस र कृषि उत्पादनलाई राम्रो टेवा दिउन भन्ने उनीहरुको विचार आएको छ ।

बाम गठबन्धन एकता ढिलाई

बाम गठबन्धन एकता ढिलो गर्नुको सट्टा जनमतको कदर गर्दै अगाडी बढ्नुको विकल्प छैन । बाम गठबनधनले जुनबेला अर्थात त्यो समयमा जनता सामु बोलेको भाषण (शब्द) लाई मध्यनजर गरी बामशक्ति एकता हुने भनि बोलेको शब्दलाई अशब्दतिर लाग्यो भने राष्ट्रले स्थिर सरकार होइन अस्थिरताको सरकार निम्त्याउने छ ।
अनि शेरबहादुर र कमल थापा जस्तो अलोकतान्त्रिक व्यक्तिहरुको हालि मुहाली अर्थात बाम शक्ति र जनतालाई गुलामी बनाएर छाड्नेछ भन्ने नागरिकको विचार हो । यी व्यक्तिकोहरुको पार्टीबाट नै अस्थित्व समाप्त भइसकेको छ । यस्तो अस्थित्व नभएको व्यक्तिहरुको मनमा जसरी हुन्छ समानुपातिक पदलाई पनि आर्थिकको प्रलोभनमा परी समानुपातिक पदलाई विक्रि गर्ने व्यतिmत्वमा पर्छन यी दुई व्यक्ति ।
वामगठबन्धनले ढिलो नगरीकन जनतालाई हामी एमाले र माओवादी एक भई वाम गठबन्धन नामाकरण गरी एमालेलाई ६०% माओवादीलाई ४०% को भागवण्डा गरी निर्वाचनमा होमिएको थियो । त्यसैको प्रतिफलबाट बाम गठबन्धनलाई देई तिहाई बहुमत प्राप्त भएको जनतालाई महसुस पनि भएको र साथै खुसी पनि भएको छ । तत् पश्चात जनआकाँक्षा अनुरुप अगाडी बढ्नु भन्ने शहर शहर गाउँगाउँमा जनआवाजहरु उब्जेको छ । अर्थात जनमतको कदर गरी जनतालाई धोका नदिई वाम एकताले निर्वाचनको समयमा दिएको अभिव्यक्ति अनुसार अगाडी बढी सरकार गठन होस भन्ने जनविचारहरु आएको छ ।
अर्थात पदको प्रलोभनमा लागेर होइन जनताको अभिमतको कदर गरी छिटो भन्दा छिटो वाम सरकार गठन होस भन्ने नागरिकको पनि विचार हो । तर प्यारिस डाडाँमा भने एकता जान नहुने अभिव्क्तिहरु पनि सुन्नमा आएको छ । अर्थात माओवादीबाट नै चोइटिएर गएको व्यक्ति तथा माओवादी भित्र नै हालि मुहाली गर्ने नेताहरुको तर्क यस्तो आएको भनि माओवादी जनहरुबाट नै व्यापक सुन्नमा आएको छ ।
अर्थात एकतामा नजाने बरु देउवासँग साथ मिलि ५ वर्ष ग्यारेन्टी खाने सोचको विचार भएको व्यक्तिहरुले अध्यक्ष दाहाललाई तराको हालेको छ भन्ने समाचार अखबारहरुमा नागरिकले पढ्न पाए । यदि सहि हो भने माओवादी भित्रबाट नै माओवादीलाई समाप्त पार्ने खेल खेलेको हो भन्ने जनविचारहरु पनि आएको छ । यसमा कतै कसैको भाषा र कुरौटेमा नलागी अध्यक्ष स्वयं आफैले निर्णय लिएर स्वविवेक अधिकार प्रयोग गरी जनमतको कदर ग¥यो भने त्यो सदर हुनेछ भनि जनताले ठहर गरेको छ ।

प्रदेश प्रमुखको नागरिक विवाद

हालै प्रदेश प्रमुख नियुक्ति भएको ३ नं. प्रदेशको प्रमुख अनुराधा कोइरालाको नागरिक विवादले गर्दा सबैभन्दा बढी विवाद कोइरालालाई देखेको छ । उनी दार्जलिङमा जन्मिएको भारतीय सेनाकी छोरी हुन अनुराधा अर्थात उनकी आमाबाबु नै भारतीय नागरीक हुन । उनी कसरी वंशजको नाताबाट नागरिकता लिइन । उनलाई भारत सरकारले आफ्नो नागरिक हुन भनि पुरस्कृत समेत गरेको छ ।
सन् २०१० मा सिएन.एन हिरो बनेकी उनी दिनेश कोइराला सँग विवाह गरेकी भएपनि पार्पाचुकी (छोडपत्र) भइसकेको अवस्थामा कसरी उनी कोइराला भइन ? उनले नागरिकता प्रमाणपत्र पनि ४३ वर्ष पछि लिएको खुलास भएको छ । अर्थात त्यो अवधि सम्म उनी जस्तो मानिसले किन नगरिता लिइनन् । कोइराला चुनावको पूर्व सन्ध्यामा उनी सेरवहादुर देउवाको पहलमा कांग्रेसमा प्रवेस गरेकि थिइन ।
जवकि कोइरालाले नागरिकत वनाएको मितिको निर्णय यस प्रकारको छन् । बाबुको नाम प्रतापसिङ गुरुङ र अनुराधाको जन्म मिति २००७ साल । नागरिकत प्राप्त मिति २०५० साल पौष महिना ५ गते जन्म स्थान रुम्जटार गाँउ पञ्चायत वडा नं. ३ ।
विवाद २०५० साल भन्दा ३ वर्ष अधि नै पञ्चायत व्यवस्था विस्थापित भई बहुदलिय व्यवस्था नामाकरणमा उक्त गाँउ पञ्चायतलाई काटेर गाँउ विकास समिति गठन भई सकेको अवस्थामा कोइरालाको नागरिकता प्रमाणमा कसरी रुम्जाटार गाँउ पञ्चायत आयो । यसैले गर्दा कोइराला नागरिकत विवादमा मुछिन्छकि भन्ने जनविचारहरु आएको छ । वेलैमा विचार पु¥याएन भने देउवाले सतै प्रदेश सभामा विवादै विवादित व्यक्तिहरुलाई प्रदेश प्रमुख भनाएकोमा जनगुनासो आएको छ ।

ओनसारी जोगी भन्ने

अर्थात अखबारहरुमा व्यापक भाइरल भएको छ की अनसारीले राजनितिबाट जोगी बन्नेछ । यो त अति राम्रो र उत्तम विचार हो भन्ने जनविचारहरु आएको छ । यदि ओनसारीले यो शब्द आफ्नै मन विचारबाट आएको हो भने यो विषयलाई मान्नै पर्छ भन्ने जनविचारहरु पनि आएको छ । अतः १० वर्ष जनयुद्धमा होमिएको कुनै नेता कार्यकर्तालाई कुनै ठाउँ छैन अर्थात नत मन्त्री हुन पाएको छ नत जनमतमा जानुलाई टिकट नै पाएको छ ? त्यस्तो महान पार्टीमा जहिले पनि उहि व्यक्तिको अनुहार देखिन्छ । अरु इमान्दार नेता कार्यकर्तालाई भने भ्यागुतो जति उफ्रे पनि कुवाँमा भनेझै महान पार्टीको नेतृत्व ओनसारीबाट यस्तो अभिव्यक्ति आउनु भनेको जनमतको कदर हो भन्ने जनविचारहरु आएको छ । धन्यवाद ओनसारी जि लाई ।

  • प्रदेश सरकारबाट समृद्धि विकासको जनआशा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    भाषा जोगिनु भनेको इतिहास जोगिनु हो

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0