मुलुक भरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रले पत्रकार, समावेशिता र सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ ।
नेपाल पत्रकार महासंघ मधेश समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले जनतालाई सार्वजनिक सूचनाको जानकारी राख्ने अधिकार रहेको भन्दै सूचनाको हक सम्बन्धी अधिकार प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो । संघीय शासन प्रणाली भएका मुलुकहरुमा प्रदेश सूचना आयोगहरु रहेको भन्दै उहाँले नेपालमा पनि प्रदेशस्तरीय सूचना आयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सूचनाको हक सम्बन्धी कानूनको प्रयोगबाट समाचारको गहिराइसम्म पुग्न सजिलो हुने बताउनुभयो । कार्यक्रममा मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, मधेश मिडिया हाउसका अध्यक्ष डा.राजेश अहिराज, महासंघका पूर्व सचिव धर्मेन्द्र कर्ण, सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष निमेश कर्ण, पत्रकारहरु सुबक महतो, अनिलकुमार कर्ण, विरेन्द्र केएम लगायतले सूचनाको हकको बिषयमा आ—आफ्नो धारणा राख्नु भएको थियो ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |