भक्तपुर-प्रहरीले निस्पक्ष ढंगबाट न्याय दिनुको वदला आर्थीक चलखेलका आधारमा काम गर्ने गर्दा स्थानिय आजित हुंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाई गुहारेपछि घुस लिदै गरेको अवस्थामा प्रहरी पक्राउ परेको छ । भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उमेशकुमार थापालाई नगद १८ हजार सहित रंगेहात पक्राउ गरेको हो ।
प्रहरी जवान थापाले सेवाग्राहीबाट मोटरसाइकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै १८ हजार रुपैयाँ घूस लिएको अख्तियारले बताएको छ । कार्यालयमा कुनै पनि काम गर्नु पर्दा विना पैसा काम नै नहुने भएपछि आजित भएका सेवाग्राहिहरुले अख्तियार गुहारेपछि प्रहरी जवान थापा पक्राउ परेका हुन् ।
सेवाग्राहीले प्रहरीले घुस मागेको भन्दै दिएको बिशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई भक्तपुरको राधेराधेबाट पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरी जवान थापाको थप अनुसन्धान भै रहेको जानकारी प्राप्त भएको छ ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |