Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उपभोक्ता हित संरक्षण मंचको अन्तक्र्रिया पाँचखालमा, आलु शुपरजोनको सुबिधा गैह्र कृषकलाई – दनुवार

प्रभातफेरी अनलाइन ५८६५ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २, बुधबार (८ साल अघि)
उपभोक्ता हित संरक्षण मंचको अन्तक्र्रिया पाँचखालमा, आलु शुपरजोनको सुबिधा गैह्र कृषकलाई – दनुवार

आइ.आर.के.मैनाली

पाँचखाल-पाँचखाल नगरका उप मेयर लक्ष्मी दनुवारले आलु शुपर जोनका नाममा कृषकको लागि आएको सुबिधाको सामान आलु उत्पादन नहुने ठाउंका गैह्र कृषकलाई बितरण गरेको बताउनु भएको छ ।

उपभोक्ता हित संरक्षण मंच नेपालले पाँचखालका कृषकहरु र उपभोक्ताहरुको हितको लागि संञ्चालन गरेको अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथि उप—मेयर दनुवारले उक्त धारणा राख्नु भएको थियो । उहाँले थप्नुभयो “पाँचखाल नगर कृषि शहर” को अवधारणाले अगाडि बढेकोले कृषकको हितको लागि नगरले राम्रो व्यवस्था गर्ने बताउनु भयो । शुपरजोनको नाममा व्यापारी मालामाल हुने साथै गैह्र कृषकलाई अनुदानको (सुबिधाको) कृषि जन्य सामान उपलब्ध गराएको जन गुनासो आएकोले त्यस्ता कार्यको अन्त्यको लागि नगर अगाडि बढ्ने बताउनु भएको थियो । पाँचखालमा उत्पादन भएको तरकारीलाई पछि पार्नको लागि अनर्गल प्रचार गर्ने गरेकोले आगामि दिनमा पाँचखालमा उत्पादन भएको तरकारीमा पाँचखालको लोगो लगाएर बजारमा लाने वातावरण मिलाउने बिषयमा नगरले दिर्गकालिन योजना ल्याएको बताउनु भयो ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मंच नेपालका केन्द्रिय अध्यक्ष ज्योति बानियाँले तरकारी खेतिमा बिषादिको प्रयोग नगरी राम्रो उत्पादन गराउंछौं भन्नु हत्केलाले सुर्यलाई ढाक्छु भन्नु सरह रहेको बताउनु भयो । खेतिलाई सखाप पार्ने सत्रु जिव मार्नको लागि बिषादि प्रयोग गर्नु पर्ने बताउनु भयो । बिषादि प्रयोग गर्दैमा तरकारी खान नहुने भन्ने होईन, प्रयोग बिधिलाई मध्य नजर राख्दै बिषादि प्रयोग गरेपछि पर्खनु पर्ने समयलाई ध्यान दिएमा कुनै समस्या नहुने बताउनु भयो । कृषकहरुलाई सम्बन्धित निकायले खेतिको बिषयमा जे जति जानकारी गराउनु पर्ने थियो सो जानकारी नगराउंदा समस्या आएको बताउंदै उपभोक्ता र कृषकको हितको लागि उपभोक्ता हित संरक्षण मंचले कार्य गर्ने बताउनु भयो ।

कार्यक्रममा मंचका अध्यक्ष बानियाँले थप्नुभयो कृषि प्रधान मुलुकका कृषकहरुका लागि राज्यले अरबौंको वजेट व्यवस्था गर्दा पनि वास्तविक कृषकले भन्दा गैह्र कृषकहरुले हालिमुहालि गर्दा समस्या आएको बताउनु भयो । यस्ता गैह्र कानुनी कार्य गर्नेहरुलाई हामी हतारमा समाउंदैनौ सचेत गराउंछौं तर सचेत गराउदा सुनुवाई नगरेमा समात्छौ समातेपछि छाड्दैनौ भन्नु भयो । २ दशक सम्म स्थानिय तहमा जनप्रतिनिधि बिहिन थिए अव जनप्रतिनिधिले जिम्मेवारी समाल्दै माला लगाई सकेका छन् तर माला लगाउन जति सजिलो हुन्छ कृषकको हितको लागि कार्य गर्न त्यति सजिलो नहुने बताउनु भयो ।

 

उपभोक्ता हित संरक्षण मंच पाँचखालका अध्यक्ष सरोज सापकोटाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मंचका केन्द्रिय कार्यक्रम संयोजक हरीप्रसाद मैनालीले कृषकको समस्याको बिषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा कानुन व्यवसायि एवं उपभोक्ता संरक्षण मंचका कार्यक्रम संयोजक चन्द्र सिवाकोटि, मंचका महाँसचिव बाबुराम हुमागाई, सचिव बिष्णुप्रसाद तिमल्सिना, सहकारी विद शुबप्रसाद अधिकारी, अगुवा कृषकहरु कान्छा अधिकारी , भवानि अधिकारी, समाजसेविहरु सावित्रि लामिछाने, भोजराज पन्त लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

 

  • उपभोक्ता हित संरक्षण मंचको अन्तक्र्रिया पाँचखालमा आलु शुपरजोनको सुबिधा गैह्र कृषकलाई - दनुवार
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0