Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महांसंघ अध्यक्षलाई भौतिक कारवाहिको धम्की, श्रमको अवमूल्यन गर्ने सञ्चारगृहलाई बन्द गर्छौ – महांसचिब

प्रभातफेरी अनलाइन ४८५५ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन १३, आईतबार (८ साल अघि)
महांसंघ अध्यक्षलाई भौतिक कारवाहिको धम्की, श्रमको अवमूल्यन गर्ने सञ्चारगृहलाई बन्द गर्छौ – महांसचिब

काठमाडौ-नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र साह, सचिव राजेन्द्रकुमार क्षेत्री र पत्रकार सञ्जय सहनीलाई तीन दिनभित्र भौतिक कारबाही गर्ने धम्कीसहितको पत्र महासंघ रौतहट शाखा कार्यालयमा आएको छ ।

भूमिगत समुहको नामबाट आएको उक्त पत्र प्रति नेपाल पत्रकार महासंघ केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ रौतहट शाखाका अनुसार सांसद अनिल झाको समाचार लेखेको भन्दै पत्रकार सञ्जय सहनीलाई भौतिक कारबाहीको धम्कीे आएपछि सोको विरोधमा रौतहट शाखाले विज्ञप्ति जारी गरेको छ । भूमिगत समुह ‘सन्तोष मिश्रा बारुद’ को नामबाट पत्रकारत्रय साह, क्षेत्री र सहनीलाई तीन दिनभित्र हत्या गरिदिने भनी धम्कीसहितको पत्र रौतहट शाखा कार्यालयमा फालिएको अवस्थामा भेटिएको थियो ।

समाचार प्रकाशित गरेको वा विज्ञप्ति निकालेको विषयमा पत्रमार्फत पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । यस्ता घटनाले पत्रकारलाई आफ्नो पेशामा हतोत्साहित र कमजोर बनाउने महासंघको ठहर छ । महासंघ पत्रकारहरु प्रति दिइएको यस्तो धम्कीको कडा शब्दमा भत्र्सना गर्दछ । पत्रकार महांसंघका महांसचिव रमेश विष्ट द्वारा हस्ताक्षरित पे्रस विज्ञप्तिमा उल्लेख भएको छ, धम्की दिने समुहको तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्भीक र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गर्दछ ।

त्यसैगरी नेपाल पत्रकार महासंघले महासंघका प्रतिष्ठान शाखाहरुमा विद्यमान समस्याहरुको बारेमा प्रतिष्ठान शाखाहरुको भेला आयोजना गरी छलफल गरेको छ । सञ्चारग्रामस्थित महासंघको सभाहलमा सम्पन्न कार्यक्रममा बोल्दै महासंघका कार्यबाहक अध्यक्ष दिलिप थापा मगरले पत्रकारको हक हितका निम्ति लड्न महासंघ प्रतिवद्ध रहेअनुसार त्यसलाई कार्यान्वयनमा लैजान महासंघ सधै तयार रहेको बताउनु भयो । उहाँले पत्रकारको हक हितका लागि आन्दोलनको आँट गर्न प्रतिष्ठान शाखालाई आग्रह गर्दै त्यसलाई सफल पार्न महासंघ तयार रहेको बताउनु भयो ।


महासंघका महासचिव रमेश विष्टले प्रतिष्ठान शाखाहरुमा पत्रकार र सम्पादकको सम्बन्ध, सम्पादकीय स्वतन्त्रता, लैङ्गिक समानातको अवस्थाका बारेमा बुझेर श्रमजीवी पत्रकारका हितमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले पत्रकारलाई दुव्र्यवहार गर्ने, श्रमको अवमूल्यन गर्ने सञ्चारगृहलाई बन्द गर्ने चेतावनी समेत दिनु भयो ।

महासंघका सचिव रामप्रसाद दाहालले आफ्नो हक हितका निम्ति आन्दोलान गर्दा जागिर नजाने भन्दै विगतमा राजधानी दैनिक, कान्तिपुर दैनिक, स्पेसटाइम, एचबिसि एफएम लगायतका सञ्चारमाध्यमका पत्रकारको रोजगारी पुनर्बाहाली भएको नजिर रहेको बताउनु भयो ।
महासंघका केन्द्रीय सदस्य यम विरहीले पत्रकारको हक हितका निम्ति सञ्चालकहरुसंग महासंघ बार्ता गर्ने, त्यसबाट समाधान नभए आदालत हुँदै आन्दोलन गर्न समेत महासंघ तयार रहेको बताउनु भयो भने अर्का केन्द्रीय सदस्य नुकुल अर्यालले महासंघ पत्रकारहरुका निम्ति भएको हुँदा पत्रकारका मुद्दामा दृढतापूर्वक लाग्ने बताउनु भयो ।

कार्यक्रममा उपस्थित सहभागीहरुले व्यवस्थापन र पत्रकार बीचमा राम्रो समन्वय नभएको र पत्रकारलाई व्यवस्थापनले जहिले पनि अवमूल्यन गर्ने गरेको गुनासो राख्नुका साथै जिल्ला संवाददाताहरुलाई समाचारका आधारमा पारिश्रमिक दिने गरेकाले जिल्लाबाट समाचार पठाउने पत्रकारले न्यूनतम पारिश्रमिकबाट बञ्चित हुन परेको जानकारी दिनु भयो ।

  • महांसंघ अध्यक्षलाई भौतिक कारवाहिको धम्की
  • श्रमको अवमूल्यन गर्ने सञ्चारगृहलाई बन्द गर्छौ - महांसचिब
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0