Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानिय तहमा नितिनियम बनि रहँदा नागरिक समाजको भुमिका खै ?  मञ्जु गौतम, उप प्रमुख जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोक

प्रभातफेरी अनलाइन ६९३३ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र २०, मंगलबार (७ साल अघि)
स्थानिय तहमा नितिनियम बनि रहँदा नागरिक समाजको भुमिका खै ?  मञ्जु गौतम, उप प्रमुख जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोक

धुलिखेल-संघि संरचना अनुसार जिल्लाका स्थानिय तहमा निति नियमहरु बनि रहँदा नागरिक समाजको भुमिका अत्यन्तै न्युन रहेको प्रति जिल्ला समन्वय समितिका उप प्रमुख मञ्जु गौतमले चासो व्यक्त गर्नु भएको छ ।

सामुदायीक सारथिको आयोजनामा धुलिखेलमा भएको साझा सभामा बोल्दै उप प्रमुख गौतमले नयाँ संरचना अनुसार गाउँपालिका र नगरपालिकाले आफ्नो लागि चाहिने निति नियम बनाई रहँदा नागरिक समाजको प्रत्यक्ष सहभागितामा बनाउनु पर्ने भएता पनि नागरिक समाजको भुमिका चाहे अनुरुपमा नदेखिनुमा आफु आश्चर्यमा परेको बताउनु भयो ।

निर्वाचित जनप्रतिनिधि बाट नै जिल्लाको विकासले गति लिने हुँदा स्थानिय जनप्रतिनिधिले सिक्नु पर्ने धेरै कुरा अझै बाँकि रहेको बताउदै यो समयमा नागरिक सममाजको भुमिका अझ महत्वपूर्ण रेहेको बताउनुुभयो ।
स्थानिय सरकारले पनि नागरिक समाजलाई वेवास्ता गर्नु हुन्न र नागरिक समाजले पनी भुमिका पाईएन भनेर चुप लागेर बस्ने हैन । सहकार्यमा काम गर्ने वातावरण सिर्जना गर्दै अघि बढ्नु पर्छ । वर्तमान समयमा जनप्रतिनिधिलाई स्थानिय सरकार संचालन गर्न सक्षम बनाउन सबै जना लाग्नु पर्ने उहाँको तर्क छ ।
नागरिक समाजको प्रत्यक्ष अप्रत्यक्ष सहयोगमा जनप्रतिधिलाई सक्षम बनाएर जनताले अपेक्षा गरे अनुसारको काम गर्न जनप्रतिनिधिलाई सक्षम बनाउनु पर्ने उहाँको भनाई छ । जन्मदै कोहि सिकेर आएको हुँदैन सिक्न लाज मान्नु हुन्न ।

मि जनाताकोलाई विकासको प्रत्याभुति गराउन लागि परेका छौं । उहाँले अबका दिनमा ३ वटा कुरालाई प्राथमिकतामा राखेर नागरीक समाजले आफ्नो कार्ययोजना बनाउन पनी सुझाउनु भयो । पहिलो जनप्रतिनिधिलाई सक्षम बनाउने दोस्रो पुर्न निर्माण कार्यलाई हरतरहबाट सफल बनाउने र तेस्रो नागरिकको स्वास्थ अवस्थामा सुधार ल्याउने । जनप्रतिनिधि कर्मचारी जसरी बस्ने हैन जनताको काममा २४ घण्टा काम गर्न तयार छन् उहाँले भन्नुभयो ।

हेड नेटवर्क जिल्ला संयोजक भोजराज तिमल्सिनाले नागरिक समाज र स्थानिय सरकार बिचको दुरीलाई कम गर्न जनप्रतिनिधि र जिल्लामा रहेका नागरिक समाजका प्रतिनिधी बिचको विभिन्न चरणको छलफलको आवश्यक्ता रहेको बताउनु भयो । जिल्लामा भुकम्प पिडितले को समस्या दिन दिनै बढ्दै गर्दा पुर्न निर्माण प्राधिकरण चैत्र अन्तिमबाट जिम्मेवार हस्तान्तरण गरेर फर्कदै गरेको भन्ने सुनिरहँदा स्थानिय तहमा त्यसको लागि हुने पर्ने तयारी खासै नभएको बताउनु भयो । यौन जन्य हिंसाका घटना दिनानुदिन जिल्लामा बढि रहँदा स्थानिय तहमा प्रभावकारी कार्यक्रम अगाडि बढेको नपाईएको प्रति सबैलाई सचेत रहन आग्रह गर्नु भयो ।

पत्रकार महासँघ काभ्रेका पूर्व अध्यक्ष महेश पौड्यालले सेवाग्राहि र जन प्रतिनिधि लाई नयाँ बनेको कार्यविधि बारे छलफलमा राखेर काम गर्न सके दुवै पक्ष लाभान्वित हुन सक्ने बताउँदै त्यता तर्फ ध्यान दिन अनुरोध गर्नु भयो ।
पत्रकार प्रल्हद शर्मा हुँमागाईले जनप्रतिनिधि र जनता बिचको सम्बन्ध लाई सुमधुर बनाउन नलाग्ने हो भने आन्तरिक रुपमा पिडितहरुले विद्रोहमा उत्रन सक्ने प्रति सचेत रहन आग्रह गर्नु भयो ।

नागरिक समाजका प्रतिनिधि भेष राज दनुवारले भुकम्प गएको वर्षौ बितिरहँदा पनि पुर्न निर्माणले गति लिन नसक्नुमा सबैको कमजोरी रहेको बताउनु भयो ।
नाङशाल एशोसियसन नेपालका कार्यक्रम संयोजक टिकाराम खतिवडाले स्थानिय तहमा शिक्षा निति धमाधम बनाईरहँदा सम्बन्धित क्षेत्रका विज्ञको सल्लाहलाई लिएर काम गरे प्रभावकारी हुने बताउनुभयो ।

पत्रकार प्रकाश सुन्दासले पुर्न निर्माणको सवालमा भुकम्प पिडितको लागि गाउँपालिका पनि बैङ्कहरु संचालनमा नआईरहेको हुँदा सम्बन्धित निकायले त्यस तर्फ ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले जिल्ला समन्वय समितिको वेव साईडमा अहिले पनि पुरानै संरचना को रेर्कड आउने गरेको प्रति ध्यानाकर्षण गराउनुहुँदै स्थानिय तहमा सुचना अधिकारीको राम्रो व्यवस्था गरि आम संचार माध्यम र स्थानियतह बिचको सुचना आदान प्रदान गर्न सबैले जोड दिनु पर्ने बताउनु भयो ।

स्वास्थ्य क्षेत्रमा विकराल समस्या रहेको प्रति ध्यानाकर्षण गराउँदै महिला तथा बालबालिका कार्यालयका प्रमुख प्रज्ञा निरौलाले महिला तथा बालबालिकाको क्षमता विकास गराउनु पर्ने, जायज गुनासो सहि ठाउँमा पुर्याउन सक्षम बनाउन आवश्यक रहेको, पाठेघरको समस्या जिल्लामा धेरै रहेको, महिलाले आफ्नो कुरा भन्न नसक्ने समस्यालाई कम गर्न कार्यक्रमहरु लैजानु पर्ने बताउनु भयो ।

कार्यक्रममा सामुदायीक सारथिका जिल्ला संयोजक राजाराम गौतमले जिल्ला रहेको मुद्धाहरुलाई प्राथमिकिकरण गर्दै अभियानको रुपमा संचालन गर्ने र ति मुद्धाको विषण्मा साझा सभामा छलफल गरिने हुँदा यसलाई स्थानिय तहको सेवा प्रभावकारी बनाउन थप सहयोग गर्ने बताउनुभयो । अभियानका क्रममा जिल्लामा भएका देखिएका सकारात्मक परिवर्तन, काम गर्दाका सिकाई र उपलब्धि र अबका दिनमा काम गर्दा हुने अवसर चुनौतिका बारेमा आफ्नो प्रस्तुति करण राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0