Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकार महांसंघको अन्तरक्रिया तेमालमा तेमालमा बैंक नहुंदा समस्या भएको छ – सलाम

प्रभातफेरी अनलाइन ६५८८ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र २७, मंगलबार (७ साल अघि)
पत्रकार महांसंघको अन्तरक्रिया तेमालमा तेमालमा बैंक नहुंदा समस्या भएको छ – सलाम

आर.एल.श्रेष्ठ
तेमाल-नेपाल पत्रकार महाँसंघ काभे्र शाखाले जिल्लामा रहेका १३ वटै स्थानिय तहसंग “स्थानिय सरकार र संञ्चार” बिषयक अन्तरक्रिया कार्यक्रम चलाउने क्रममा तेमाल गाउंपालिकामा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तेमाल गाउंपालिकाका अध्यक्ष सलाम सिं तामाङले गाउपालिकामा बैंक नहुंदा समस्या परेको बताउनु भयो । उहाँले थप्नुभयो, विगतमा यसै गाउंपालिकामा पर्ने मेच्छेमा प्रहरी चौकी थियो, जनयुद्दको क्रममा उठेपछि पुनस्थापना नहुंदा सुरक्षाको समेत समस्या परेको बताउनु भयो । प्रहरी चौकि र बैंक राख्ने बिषयमा पहल भैरहेको बताउनु भयो ।

अध्यक्ष तामाङले थप्नुभयो गाउंपालिकाको लागि आवस्यक पर्ने कर्मचारीहरु हाल सम्म पनि नहुंदा सेवा दिने बिषयमा समेत समस्या भएको बताउनु भयो । तेमाल गाउंपालिकाको बिकास निर्माणको कार्यको लागि शिक्षा, स्वास्थ्य, खानेपानिलाई प्राथमिकता दिएको बताउनु भयो । त्यसैगरी सडक, विद्युत साथै सुरक्षा र बैंकको व्यवस्थाको लागि पहल गरेको बताउनु भयो । गाउंपालिकामा पर्यटन बिकासको लागि ०७५-०७६ को वजेटमा व्यवस्था गरी आन्तरिक तथा बाह्य पर्यटनको विकासको लागि पहल गर्ने बताउनु भयो । तेमाल पर्यटनको लागि जिल्लाकै अति उत्तम स्थान भएकोले पर्यटन बिकासको साथै कुकिङ्ग र ट्रेकिङ्गको लागि तालिम प्रदान गरी स्थानिय युवाहरुलाई रोजगारीको व्यवस्था गर्ने बताउनु भयो ।

गाउंपाकिकाका कार्यकारी प्रमुख सर्मिला लामिछानेले कार्यालयमा आवस्यक मात्रामा कर्मचारी नहुंदा समस्या भएको वताउनु भयो । गाउंपालिकाको लागि आवस्यक पर्ने पुर्वाधारको व्यवस्था नहुनु साथै सिंहदरवारको अधिकार गाउं÷गाउंमा भनिएपनि पुरानै तौर तरिकाले कार्य गर्नु पर्दा समस्या भएको बताउनु भयो । जनताबाट चुनिएका जनप्रतिनिधिहरुलाई सक्षम बनाएर अगाडि बढ्ने ढंगको कार्यलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताउनु भयो । जव सम्म जनप्रतिनिधिहरुलाई सक्षम बनाउन सकिन्न तव सम्म स्थानिय तहमा समस्या भई रहने हुदा सरकारको तर्फबाट मुलुक भरका सम्पुर्ण जनप्रतिनिधिलाई सक्षम बनाउने बिषलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । विगतमा वजेट विनियोजन गर्दा सडकलाई प्राथमिकता दिएपनि आगामि बजेटमा समानुपातिक ढंगबाट सवै क्षेत्रलाई समेट्ने तयारी रहेको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा गाउंपालिकाका उपमेयर दुर्गामाया तमाङले दुई बर्ष भित्र गाउंपालिकामा रहेका सवै घरमा खानेपानिको धारा पुर्याउने योजना रहेको बताउनु भयो । १ अर्व २७ करोड २४ लाखको खानिपानि योजना अगाडि बढेको बताउनु भयो । उपभोक्ताको तर्फबाट जम्मा गर्नुपर्ने रकमको व्यवस्था गर्न उपभोक्ताहरु असमर्थ रहेकोले गाउंपालिकाको तर्फबाट १ करोड ६ लाख रकमको व्यवस्था गर्ने तयारी रहेको बताउनु भयो । बिभिन्न बिकास निर्माणको कार्यको लागि छुट्टिएको वजेटमा ७५ प्रतिशतको सम्झौता भएको बताउंदै सम्पुर्ण विकास निर्माणको कार्य गुणस्तीय हुने ठोकुवा गर्नु भयो । हाललाई सञ्चारको सुबिधा समेत कम भएकोले आगामि दिनमा संञ्चार, सुरक्षा साथै बैंकको व्यवस्था गर्ने बिषयमा अगाडि बढेको बताउनु भयो ।

पत्रकार महाँसंघ काभे्र शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले सभापतित्व गर्दै अन्तरक्रियाको उद्देस्य माथि प्रकाश पार्नु भएको थियो । सहसचिब मधुसुदन तिमल्सिना बाट संञ्चालित कार्यक्रममा गाउं पालिकाका वडा ध्यक्षहरु मानबहादुर श्रेष्ठ, ज्ञानबहादुर तमाङ, तिमाल सिं तमाङ, बिष्णु तमाङ, आसापुर तमाङ, विकुलाल तमाङ, लक्ष्मी लामा लगायतले गाउंपालिकाको समस्या र उपलब्धिको बारेमा आ—आफ्नो धारणा राख्नु भएको थियो ।

  • पत्रकार महांसंघको अन्तरक्रिया तेमालमा तेमालमा बैंक नहुंदा समस्या भएको छ - सलाम
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0