Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रगतिशीलको नेतृत्वमा माधव नेपाल, तीन खम्बे अर्थनीति मध्य सहकारीको ठुलो महत्व छ – लम्साल

प्रभातफेरी अनलाइन ७२२९ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन ९, मंगलबार (७ साल अघि)
प्रगतिशीलको नेतृत्वमा माधव नेपाल, तीन खम्बे अर्थनीति मध्य सहकारीको ठुलो महत्व छ – लम्साल

पाँचखाल-प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारणशभाको उद्घाटन गर्दै प्रमुख अतिथि सुचना प्रबिधि तथा संचार मन्त्री गोकुल बास्कोटाले सहकारीको माध्यमबाट मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुगेको बताउनु भयो । सवैको बिकास र सम्मृद्धिको लागि सहकारीले ठुलो भुमिका खेल्नुपर्ने समय आएको वताउनु भयो । उत्पादन तथा आर्थिक क्षेत्रमा छरिएर रहेको सानासाना पुंजिहरुलाई संकलन गरी ठुलो पुंजिमा परिणत गर्दै ठुलो उत्पादनको कार्यको लागि सहकारीले टेवा मिलेको बताउनु भयो । उहाँले थप्नुभयो कृषिको लागि उर्वरा भूमिको रुपमा रहेको पाँचखालमा संचालन भएको सहकारीहरुले गर्दा कृषकहरुको हितको लागि समेत सहयोग भएको बताउनु भयो ।

कार्यक्रमका बिशेष अतिथि प्रदेश सांसद लक्ष्मण लम्सालले वित्तिय हिषावले सहकारीमा आवद्ध शेयर सदस्यहरुको जिवनको परिवर्तनको लागि प्रगतिशिल सहकारीले कार्य गरेको वताउनु भयो । मुलुककोे तीन खम्बे अर्थनीतिको आधारमा मुलुकलाई अगाडी बढाउने संकलप गरेको बताउनु भयो । सहकारी, सरकारी र नीजि क्षेत्र गरी तीनवटा क्षेत्रबाट मुलुकको समग्र अर्थतन्त्रलाई अगाडि बढाउन सकिनछ भन्ने मान्यताका साथ अगनाडी बढेको बताउनु भयो । सहकारीले थोरैथोरै पुंजि संकलन गरेर राम्रो कामगर्ने वातावरण सहकारीको कारण भएको बताउनु भयो । आर्थिक रुपान्तरणको लागि सहकारीको माध्यमले टेवा मिलेको वताउनु भयो ।

सहकारीहरुले उत्पादनको क्षेत्रमा ध्यानदिनुपर्ने बताउंदै बिशेष अतिथि लम्सालले थप्नुभयो पाँचखालमा के कस्ता उत्पादनको संभावना रहेको छ सो तर्फ शेयर सदस्यहरुलाई अग्रसर गराउनु पर्ने बताउनु भयो । पाँचखालमा के उत्पादन हुन्छ त्यसलाई उत्पादन गरेर आम्दानिको स्रोत बलियो पार्नुपर्ने बताउनु भयो । जनप्रतीनिधिको हिषावले पाँचखाल र आसपासका संघसंथाहरुको विकासको लागि साथ दिने बताउनु भयो । निर्वाचनको समयमा धेरै महत्वपुर्ण कुराहरु पस्केको थियो सोही अनुसार प्रदेश मार्फबाट धेरै प्रकारको बिकास निर्माण कार्यको लागि बजेटको व्यवस्था गरेको बताउनु भयो । प्रदेश सरकार उपलब्ध गराएको बजेटमा पाँचखाललाई प्राथमिका दिदै बिनियोजन गरेको बताउनु भयो ।

संस्थाका अध्यक्ष माधव प्रसाद नेपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभे्रका उप संयोजक मञ्जु गौतम, सहकारी संस्थाहरुको तर्फबाट सत्यवती भट्टराई लगायतले सहकारीको आवस्यकता र महत्वका बारेमा आ—आफ्नो धारणा राख्नु भएको थियो । संस्थाका उपाध्यक्ष केशव प्रसाद काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्र संचालन संस्थाका सचिव सरोज न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका अशल वचतकर्ता २ अशल ऋणी २, र ७० बर्ष पुगेका जेष्ट सदस्य ११ जना साथै एस.इइ परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने ८ जनालाई सममान गरेको थियो ।

बन्द सत्रबाट निर्विवादित ढंगबाट माधवप्रसाद नेपालको अध्यक्षतामा नयाँ कार्यसतिको चयन भएको छ । जसको उपाध्यक्ष केशव प्रसाद काफ्ले, सचिव सरोज न्यौपाने, कोषाध्यक्ष बिमला शर्मा अधिकारी रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा रामप्रसाद अधिकारी, तोयानाथ सापकोटा, सुनिता नेपाल, सुरेन्द्र कुमार थापा, बिष्णुप्रसाद गौतम, सूर्यमाया दनुवार र संगिता भुर्तेल रहनु भएको छ । त्यसैगरी रमेश प्रसाद सापकोटा संयोजकत्वमा रहेको लेखा तथा सुपरीवेक्षण समितिको सदस्यहरुमा बिष्णुहरी पौडेर र सिता कोईराला रहनु भएको छ ।

  • तीन खम्बे अर्थनीति मध्य सहकारीको ठुलो महत्व छ - लम्साल
  • प्रगतिशीलको नेतृत्वमा माधव नेपाल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0