Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उपभोक्ता समितिले प्रशंसा योग्य काम गरेका छन् – बञ्जारा, खड्याङ्ग खुडुङ्ग उकालो सलल, नेतृत्वमा ईश्वर

प्रभातफेरी अनलाइन ५९९० पटक पढिएको प्रकाशित मिति: २०७५ मंसिर ५, बुधबार (७ साल अघि)
उपभोक्ता समितिले प्रशंसा योग्य काम गरेका छन् – बञ्जारा, खड्याङ्ग खुडुङ्ग उकालो सलल, नेतृत्वमा ईश्वर

पनौती-पनौती नगरपालिकाका उप—प्रमुख गिता बञ्जाराले पनौती नगरको सवालमा उपभोक्ता समितिले बिकास निर्माणको क्षेत्रमा प्रशंसा योग्य काम गरेका छन् भन्नु भएको छ । मंगलबार सम्पन्न वडाभेलालाई सम्बोधन गर्ने क्रममा उक्त भनाई राख्नु भएको हो ।

विकास निर्माणको क्षेत्रमा अरु वडामा भन्दा वडा नं ४ ले उल्लेखनिय कार्य गरेको तथ्याङ्क गत आ.व.मा पेस भएको फरफार रिपोर्टले देखाएको छ । जसको कारण गत बर्षको दाजोमा यो बर्ष करोडौंको वजेट अन्य वडाको तुलनामा ४ नं वडामा थपिएको छ । सो वडाका वडावासिले बिकास निर्माणमा देखाएको लगनसिलताको नमुना हो । जसको ज्वलन्त उदाहरण स्थानियबाट स्वत स्फुर्तरुपमा निर्माण भइरहेको अन्तराष्ट्रिय स्तरको फुटबल मैदानलाई लिन सकिन्छ । जसको कारण ४ नं वडाको गरिमा वढेको छ, उप—प्रमुख बञ्जाराको तर्क थियो ।

अहिले स्तर उन्नती हुन लागेको खड्याङ्ग खुडुङ्ग उकालोले आन्तरिक विमानस्थल आवत जावत गर्नका लागि मार्ग प्रसस्त गर्ने छ । यदि यसलाई गम्भीर रुपमा वडावासिले लिएको खण्डमा नगरपालिका नमुना सडक बनाउन तयार छ । सोहि अनुरुप विकास निर्माणको क्षेत्रमा वजेट बिनियोजन गर्ने समेत उप—प्रमुख बञ्जाराले खुलासा गर्नुभयो ।

लामो समयदेखीको यात्रामा समस्या खेप्दै आएका ठाडोवाटो नागीका उपभोक्तले अव पक्कि सडकको उपभोग गर्न पाउने भएका छन् । बर्षातको समयमा चारपाउ टेकेर ओहोरदोहोर गर्नु पर्ने समस्याबाट उन्मुक्ति मिल्ने भएको छ । ठाडो वाटो नागी मोटर बाटो निर्माण नगर स्तरिय उपभोक्ता समिति मंगलबाट गठन भएको छ ।

करिव ४० लाख रुपैयाको लागतमा निर्माण हुन लागेको खड्याङ्ग खुडुङ्ग उकालो मोटरवाटो ढलानको लागि मंगलबारको वडाभेलाले ईश्वर बञ्जाराको अध्यक्षतामा बाटो स्तर उन्नती एवं निर्माण उपभोक्ता समिति चयन गरेको छ । जसको सचिवमा सुभासराज बञ्जारा, कोषाध्यक्षमा बैजन्ती बञ्जारा, सदस्यहरुमा जयराम बञ्जारा, सुरेन्द्र तामाङ्, नानु बञ्जारा र सुदिप बञ्जारा उपभोक्ता समितिमा चयन भएका छन् भने योजना अनुगमन समितिमा सम्भुप्रसाद बञ्जाराको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ जसमा रविन्द्र वंञ्जारा, ओमनाथ वञ्जारा, गंगा कुंवर र भरत बंञ्जारा रहेका छन् ।
उक्त भेलामा वडाअध्यक्ष वुद्धसिं थापा, वडा सदस्यहरु मिनवहादुर वस्नेत, नकुल श्रेष्ठ, सविता थापा, वडा सचिव राजकुमार श्रेष्ठ, ईञ्जिनियर हरी भुजु लगाएत वडा वासिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

  • उपभोक्ता समितिले प्रशंसा योग्य काम गरेका छन् - बञ्जारा
  • खड्याङ्ग खुडुङ्ग उकालो सलल
  • नेतृत्वमा ईश्वर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0