Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कर—करले होईन रहरले तिरौं

प्रभातफेरी अनलाइन ६३९१ पटक पढिएको प्रकाशित मिति: २०७५ मंसिर १२, बुधबार (७ साल अघि)
कर—करले होईन रहरले तिरौं

धुलिखेल-सातांै राष्ट्रिय कर दिवश २०७५ को अन्तिम दिन शनिबार धुलिखेलमा आयोजित करदाता शिक्षा र अन्तरक्रिया कार्यक्रममा सहभागिहरुको अभिव्यक्त भावना हो “कर—करले होईन रहरले तिरौं” करको बारेमा पुर्ण ज्ञान नभएकै कारण कर तिर्नु बोझ महसुस गरीरहेको अवस्थामा आन्तरिक राजश्व कार्यालय धुलिखेलले अनुकरणिय कार्यको शुभारम्भ गरेको कार्यक्रमका सहभागिहरुको तर्क थियो ।

कार्यक्रममा आयोजित करदाता शिक्षाको बारेमा प्रकाश पार्दै आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत डम्वर प्रसाद पराजुलीले भन्नुभयो —व्यवसायीहरुले करको अर्थ नबुझेकै कारण अहिले करको बारेमा टिकाटिप्पणी आएको स्विकार गर्दै अवका दिनमा त्यस्ता खालको समस्या नआउने बताउनु भयो । आन्तरिक राजश्व कार्यालयले उपत्यका पुर्वका ४ जिल्लामा सेवा पु¥याउने दायित्व लिएको खुलासा गर्दै । प्रत्तेक नागरीक करको दायरामा आउन आवश्यक छ , यदि समृद्ध मुलुक देख्न चाहनु हुन्छ भने करलाई बोझ होइन दायित्व सम्झन समेत अधिकृत पराजुलीले अनुरोध गर्नु भयो ।

कार्यक्रममा अर्का वक्ता धुलिखेल उद्योग वाणिज्य संघ धुलिखेल काभे्रपलाञ्चोकका अध्यक्ष मन्जुकुमार श्रेष्ठले हामी व्यवसायीहरुले जुन किसिम कर सम्बन्धि धारणा बनाएका छौं, त्यसबाट माथि उठ्न आवश्यक छ । अस्पस्टतालाई चिर्न आजको कार्यक्रमको आयोजना गरिएको बारे प्रष्ट्याउंदै प्रत्तेक नागरिकले करका बारेमा ज्ञान लिन आवश्यक छ । जवसम्म हामीले कर तिर्नु नैतिक दायित्व हो भन्ने भावना बिकास गर्न सक्दैनौ तव सम्म कर करनै हुन्छ । त्यसैले आजको करदाता शिक्षाले त्यो भ्रम चिर्ने विश्वास रहेको धारणा राख्नु भएको थियो ।

कर सम्बन्धि बृत्तचित्र प्रस्तुत गर्दै कर अधिकृत रामकुमार श्रेष्ठ —बजार अनुगमनमा जाँदा प्यान र भ्याट एकै ठाउंमा राखेर विलको प्रयोग गरेको भेटियो । यो राजश्व संम्बन्धि कानुनमा जघन्न्य अपराधको रुपमा लिईन्छ । करदाताहरुले करका बारेमा राम्रो ज्ञान लिन आवश्यक छ । जवसम्म करदाता सक्षम हुन्नन्, तवसम्म करका बारेमा सकारात्मक सोचको विकास हुन्न । हामीले के बुझ्न आवश्यक छ भने, व्यवसाय गरेर खर्च कटाएर बचेको रकमबाट मात्र कर तिर्ने हो । यो बारेमा हामी व्यवसायिहरुले चासो नराख्दा अहिले विकराल समस्याको रुप लिएको छ । व्यवसाय गर्दा ध्यानदिनु पर्ने कुराहरुका बारे यदि जानकारी लिन चाहनु हुन्छ भने आन्तरिक राजश्व कार्यालयको सेवा घर दैलोमा पु¥याउन तयार भएको समेत अधिकृत श्रेष्ठले कार्यक्रममा जानकारी दिनु भयो ।

उहांको थप कथन थियो करलाई कमजोर नसम्झनुस यसले मृत्यु परान्त पनि छोड्दैन । याद गर्नुहोस कम्पनी दर्ता व्यवसाय होईन दर्ता प्रमाण पत्रमा उल्लेखित भएका हरफहरु अध्ययन गर्न समेत अधिकृत श्रेष्ठले आग्रह गर्नु भयो । सम्बोधनकै क्रममा अधिकृत श्रेष्ठले स्वास्थ्य र शिक्षा कर मुक्त क्षेत्र हुन् । हालको कानुनले स्वास्थ्य र शिक्षा क्षेत्रसंग आवद्ध संघसंस्थालदाई कर मुक्त गरेको छ । मुलुकले झण्डै ४ अर्व भन्दा बढि राजस्व गुमाएर प्रत्तेक नागरिकको नैसर्गिक अधिकारको रुपमा स्वस्थ्य र शिक्षालाई स्थापित गरेको छ । तसर्थ प्रत्तेक नागरिकले करका बारेमा चासो दिन आवस्यक छ । समृद्ध मुलुक बनेको देख्न चाहनु हुन्छ भने करलाई सकारात्मक रुपमा लिन आवस्यक भएको वताउनु भयो । उक्त कार्यक्रमको अध्यक्षता धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रममा धुलिखेल नगरका व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । समन्वयकारी भूमिकामा रहेको धुलिखेल उद्योग वाणिज्य संघले नागरीकको क्षेत्रमा आफ्नो उपस्थितिलाई बाक्लै रुपमा पेस गरेको उद्योग वाणिज्य संघका सदस्य जोत्सना सैजुले बताउनु भएको थियो ।

  • कर—करले होईन रहरले तिरौं
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0