Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रधानमन्त्री जी अत्तालिएको हो त ?

प्रभातफेरी अनलाइन ७२८४ पटक पढिएको प्रकाशित मिति: २०७५ मंसिर १२, बुधबार (७ साल अघि)
प्रधानमन्त्री जी अत्तालिएको हो त ?

जम्बला लामा
बौद्ध जागरण केन्द्र कोषाध्यक्ष तथा स्तुपा
फाउण्डेशन नेपाल, केन्द्रीय सदस्य

अर्थात् गतहप्तामा प्रधानमन्त्रीकै अभिव्यक्तिबाट खुल्न आएको छ की कुनै पनि मन्त्रालयका मन्त्रीहरुबाट प्रधानमन्त्रीको टेरपुच्छर मानेन यो कस्तो विडम्बनाको दुःखको कुरा हो ? प्रजातान्त्रिक लोकतन्त्रमा अर्थात् गणतन्त्रको विजोक भएको त होइन ? प्रधानमन्त्री भनेको राष्ट्रको ठूलो अभिभावक हुन् । सरसरति हेर्दा राष्ट्र, जनता र सम्पूर्ण मन्त्रालयको नै अविभावक हुन् । मन्त्री परिषद्को पनि अध्यक्षता गर्नुहुन्छ प्रधानमन्त्री जी ले । यहाँ त प्रजातन्त्र आयोग जसरी हुन्छ लुटतन्त्र गरी दुई तिहाईको बाम सरकारलाई भ्रष्टतन्त्र देखाउने खेल शुरु भएको जनसमुदायलाई महशुस भएको छ ।

किनभने जव प्रधानमन्त्रीबाट नै यो पारोले कसरी सरकार अघि बढ्न सकिन्छ भन्नुभएको छ, प्रधानमन्त्री आफैले । अनि जनतामा कसरी विश्वास देखाउने ? अर्थात् प्रधानमन्त्री केपी ओलीले सजिवहरुलाई समेत परिवर्तन देखिने गरी काम गर्नुको लागि गत बुधबार निर्देशन दिएको नागरिकले अखबारमा बढ्न पाए । तर विकट गाउँगाउँमा थाहा हुदैन की माथिको सरकार कुन रुपमा अघि बढिरहेको छ ।
हुनत प्रधानमन्त्री केपी ओलीबाट आफू प्रधानमन्त्री भएको दिनबाट नै यस्तो कडा निर्देशन दिदै आएका नै हुन् । यो कस्तो लोकतान्त्रिक गणतन्त्र हुन् कि प्रधानमन्त्री जस्तो व्यक्तिले पटक पटक निर्देशन दिनु पर्ने । जनताले बुझ्ननै सकिरहेको छैन कि यो लोकतान्त्रिक गणतन्त्र सिंह दरबार, प्रदेश शरकार र गाउँ सरकारको मात्र हो त ? अर्थात् जनतामा हिजोका दिनदेखि आजको दिनसम्म पनि जनताको लोकतान्त्रिक गणतन्त्रको महशुस नै भएको छैन । यो त मात्र दलहरुको मात्र तन्त्र हो की भन्ने जनसमुदायलाई आभाष भएको छ ।

जनताको भनाई दुई तिहाइको सरकार बनाउनुलाई जनताले मत जाहेर गरिसकेको र जनताको नयाँ सरकार स्थापित भएको अवस्थामा पनि सरकार कहाँनिर अल्मलिएको भन्ने भेउ नै पाएन जनताले । यही हो जनताको जनगुनासो बाम सरकारलाई । प्रधानमन्त्रीको नै गुनासो यस प्रकार छन् । आक्रोस पोख्दै भने एउटा टेबलबाट अर्को टेबलमा फाइल सार्न महिनौ दिन लाग्ने ? सिंह दरबारको एउटा कार्यालयबाट अर्को कार्यालयमा पत्र पुग्न महिनौ दिन लाग्ने ? यो पाराले कसरी अघि बढ्न सकिन्छ सरकार ? अर्थात् प्रधानमन्त्री भए लगतै र ९ महिना पछि त्यहि कार्यालयको हलमा गत बुधबार बजेटको चौमासिक समिक्षामा प्रधानमन्त्री ओलीको त्यो भनाईलाई दोहो¥याएको मिडियाद्वारा नागरिकलाई जानकारी गराइएको छ ।

अर्थात् ९ महिना अवधिमा भएको कार्यबाट प्रधानमन्त्री असन्तुष्ट भएको खुलासा हुन आएको छ । मन्त्री र कर्मचारीहरु माथि आक्रोस पोखे, देश विकास र जनताको काम गर्न तर पनि यतिजस्तो शब्द प्रयोग गरेर कसैले उम्कन पाउँदैन । सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस् भनि मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिएको खुलासा हुन आएको छ ।

हुनत, प्रधानमन्त्री एक्लोले त के गर्न सक्छ र यहाँ तर सिंगो सरकार र कर्मचारीहरु एक भएको खण्डमा २४ घण्टा भित्रमा परिवर्तन आउछ भन्ने जनविचार र सुझाव आएको छ । उदाहरको लागि ३२ ओटा दाँत मिल्यो भने जस्तोसुकै हड्डी पनि टोक्न सक्छ । तलपट्टी १६ दाँतले हड्डी टोक्न सक्दैन । अर्थात् सरकारलाई कर्मचारीको बल अवश्य चाहिन्छ । यदि कर्मचारीले ऋषि मनको भावना लियो भने राष्ट्रको काँचुली फर्नेछ भन्ने जनसमुदायले आशा गर्नछौं । अनि मन्त्री र कर्मचारीले प्रधानमन्त्रीको गुनासो सुन्न पर्ने छैन ।

वर्तमान दुई तिहाइ सरकारमा रहेको प्रदेश सरकारको मूख्य मन्त्रीहरुले आफूले बोलेको विषयमा विरोध गरेको विभिन्न मन्त्रीहरुलाई प्रधानमन्त्री समक्ष उजुरी गरेर प्रधानमन्त्रीको आदेश लिई प्रदेशमन्त्रीहरुलाई बरखास्त गरी आफ्नै सरकारको खुट्टा तानेको हो की भन्ने जनआँकलन पनि आएको छ । यो कहाँसम्मको सत्य हो मूख्यमन्त्रीहरु नै जानुन् ।

अर्थात् यो प्रजातन्त्र नभई दलगतको तन्त्र जस्तो पो लाग्यो जनतालाई । मतलब कुन गुटको मन्त्री प¥यो त्यसलाई वरखास्त गर्ने र आफ्नो गुटको व्यक्तिलाई मन्त्री बनाउने खेलले गर्दा नै होला कि प्रधानमन्त्रीको निर्देशक, आदेशलाई पालना नगरेको भन्ने २ करोड ८० लाख जनसमुदायलई खुलासा हुन आएको छ ।
यदि दुई तिहाइ भएको सरकारको तिब्र गतिको विकास हुनुपथ्र्यो ? खोइत विकास ? कहाँ गयो जनताको विकास यही ताल हो भने प्रतिपक्ष दलको नेता तथा वर्तमान् नेपाली काँग्रसका सभापति शेर बहादुर देउवाले भनेजस्तो कम्युनिष्ट सरकारले देशलाई डुबाउँछ र ठूला ठूला भ्रष्टाचार हुनेछ भनि उनेले पटक–पटक आक्रोस व्यक्त गरेको थियो । जस्तै हुने हो की भन्ने जनविचार सुन्नमा आएको छ ।

हालको प्रदेश सरकारको कमजोरी भनेको नै प्रदेश राजधानी तोक्न नसक्नु पनि नराम्रो पाटो आएको जनगुनासो छ । मतलब खाश गरी प्रदेशराजधानी तोक्न ढिलो गर्नुले प्रदेश सांसन र मुख्य मन्त्रालय कहाँ हो भन्नेमा अल्मलिएको भन्ने जनताको आवाज पनि आएको छ । ताकि यस्तो जनाआवाज नआउनको लागि सुविधायुक्त ठाउँको लागि तुरुन्त राजधानी बनाउन प¥यो भन्ने जनसुझाव पनि आएको छ । अर्थात् दुई तिहाइएको धब्बामा नबसी जनताको आँटमा वस्न सिक्नुप¥यो भन्ने भनाई आएको छ जनताको ।

कुनै बेला काँग्रेस पनि सरकारमा नै थियो
हुनत काँग्रेसले जस्तो अरु पार्टीले सरकार संचालन गर्न पाएको छैन । यो ध्रुवसत्य हो ।तर काँग्रेसले २०४८ को आम निर्वाचनमा एकमाना सरकार चलाएको थियो । तर तत्कालिन प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको घमण्डीको कारण मध्यअवधि चुनाव गराई काँग्रेसको एक माना सरकार ढलाएको कारण काँग्रेसजनहरुलाई संझना हुनु पर्ने हो ।

गिरिजा प्रसाद कोइराला जव जव प्रधानमन्त्री बन्छ तब तब हानि नोक्सानका नतिजा अघि अघि हुने गथ्र्यो । अर्थात् लौडा काण्ड, टनकपुर काण्ड, भृकुटी कागज उद्योग, बाँसबारी छाला जुत्ता उद्योग, विराटनगर जुट मिल, साझा यातायात, ट्रली बस र हेटौडा कपडा उद्योग यी सबै कौडीको भाउमा नीजिकरण गरी कोइरालाकरण गरेको त होइन ? गिरिजाले ।

अझ भन्नुपर्दामा विराटनगर जुटमिल त सर्लक्कै निल्यो । गिरिजा प्रसाद कोइरालाले । आफ्ने राष्ट्रमा उत्पादन हुने उद्योग जति कौडीको भाउमा निजीकरण गरी अर्बौ रुपैयाँ भ्रष्टाचार गरेको हो की होइन काँग्रेससँग यसको जवाफ छ ?
वास्तवमा मन्नुपर्दामा काग्रेस कै कारण राष्ट्रमा स्थिर सरकार बन्न नसकेको पक्कै पनि हो भन्ने जनतालाई महशुस भएको छ । बल्लबल्ल संविधार निर्माणपछि बाम सरकार फुटाएर बामनेतालाई फकाएर प्रधानमन्त्रीको पदको प्रलोभवनमा पारी केपी सरकारलाई ढलाएर ९ महिना पछि प्रधानमन्त्री बन्ने शर्त राखी देउवाले धोकेबाजको तालमा प्रधानमन्त्री हात पारेको होइन ?

काँग्रेसको ९ महिने कार्यकालमा झनै चौतर्फी तहसनहस गरेरै छाडे । आर्थात् प्रहरी संगठनको धज्जी उडाए । न्यायलयको त चकनाचुर नै गरे । एकमात्र पवित्र महिला प्रधानन्यायधिष शुसिला कार्कीमाथि महाअभियोग, सात प्रदेशको राजधानी कहाँ र कसरी पछि विवाद नआउने गरी छुट्याउन नसक्नु, प्रदेश प्रमुखहरु नियुक्ति पनि विवाद नै रह्यो ।

त्यसकारण काँग्रेसका आथिल्लो तहदेखि तल्लो तहसम्ममा सक्षम, योग्य व्यक्तिहरुलाई अगाडि बढाएर तह मिलाउन सकेको खण्डमा काँग्रेसको सफलता होला की भन्ने झिनो आशा जनताले गरेको छ । नत्र देउवाको वाहान गरी कोइराला परिवारले पनि एउटै मालामा उभिई काँग्रेस पार्टीलाई कोइराला परिवारको पेवा भन्ने बेर छैन । बेलैमा होस पु¥याउन पर्छ नेपाली काँग्रेसको नेताहरुले ।

  • प्रधानमन्त्री जी अत्तालिएको हो त ?
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

    प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

  • Post Thumbnail

    धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0