Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आइ.पि.एम तर्फ पाँचखालका कृषक आकर्षित,कृषक तरीका भन्दा दोबर आम्दानी

प्रभातफेरी अनलाइन ६०२७ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन १४, मंगलबार (७ साल अघि)
आइ.पि.एम तर्फ पाँचखालका कृषक आकर्षित,कृषक तरीका भन्दा दोबर आम्दानी

पाँचखाल-कृषि नगरको रुपमा परिचित पाँचखालका कृषकहरु आइ.पि.एम तर्फ आकर्षित हुन थालेका छन् । पाँचखालमा उत्पादन हुने तरकारीमा बिषादीको मात्रा प्रयोग नै नगरी खेती गर्नको लागि कृषकहरु आइ.पि.एम तर्फ आकर्षित भएका हुन् ।

“आइ.पि.एम प्रबिधि अपनाऔं स्वच्छ बालि उत्पादन गरौं” भन्ने मुल नाराका साथ अगनाडी बढेका कृषकहरुले सो सम्बन्धि २० हप्ते तालिम हासिल गरेका छन् । लवग्रीन नेपाल वातावरण मैत्ती एकीकृत दिगो कृषि विकास परियोजनाद्वारा आयोजित तथा प्रतिष्ठा कृषि सहकारी संस्थाकोे समन्वयमा संञ्चालित प्रतिष्ठा आइ.पि.एम कृषक पाठशालामा ३५ जना अगुवा कृषकहरु सहभागि रहेका थिए ।
१६२ बर्गमिटर (५ आना) जग्गामा कृषक तरीका र सोही बरावरको क्षेत्रफलमा आइ.पि.एम तरिकाले गरेको खेतीको प्रयोगात्मक तरीका अपनाइएको थियो ।

पाँचखालको अन्य स्थानमा जस्तैगरी पाँचखाल नपा वडा नं ३ काफ्ले डिहिमा गरीएको सो खेतीमा आइ.पि.एम तरीले गरेको ठाउमा ३ हजार ३ सय ३३ खर्च हुंदा १९ हजार २ सय ८२ आम्दानी भई कुल नाफा १५ हजार ९ सय ४४ रहेको थियो । त्यसैगरी कृषक तरीकाले खेती गर्दा ५ हजार ४ सय १० खर्च आम्दानी ११ हजार ८ सय ११ भई नाफा ६ हजार ४ सय १ भएको थियो । त्यसैगरी कृषक तरीकाले भन्दा आइ.पि.एम तरीकाले खेती गर्दा उत्पादनमा समेत कृषक तरिका भन्दा आई.पि.एम तरीकाबाट झण्डै दोबर भएको थियो ।

पाठशालाको समापनको क्रममा पाँचखाल नगरका उप—प्रमुख लक्ष्मी दनुवारले पाँचखाल पाँचखाललाई आइ.पि.एम पद्धतिबाट स्वस्थ्य बाली उत्पादनको क्षेत्र बनाउनु पर्नेमा जोड दिनु भयो । वहाँले बेहीवर्ष अघि सञ्चार माध्यमले गरिदिएको हल्ला जस्तो हाल स्थिति नरहेको र विषादीको प्रयोगको न्यूनीकरण हुदै गएको प्रस्ट पार्नु भयो । साथै कृषकहरुले तरकारीको यथोचित मुल्य नपाएको अवस्थामा अव नगरपारिकाले सहकारीहरुसंग मिलेर कृषकलाई उचित मुल्य दिलाउन सहयोग गर्ने बताउनु भयो ।

त्यसैगरी लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवालीले पाँचखालमा उत्पादन हुने तरकारीहरु आइ.पि.एम तरीकाले उत्पादन गराउने बिषयमा एकीकृत दिगो कृषि विकास परियोजना निरन्तर रुपमा लागि रहेको बताउनु भयो । उहांले थप्नुभयो ईण्डोनेसियाबाट सुरुभएको यो तरीकाले पाँचखालमा पुर्ण रुपमा खेती गराउने बिषयमा अगुवा कृषकहरुलाई तालिम दिदै आएको बताउनु भयो । कृषि समुह, सहकारीहरु, नगरपालिकासंग समन्वय गरेर कृषकहरुबिच नयां ढंगको मोडेल तयार गरेर अगाडी बढेको बताउनु भयो ।

कार्यक्रममा कार्यकारी निर्देशक ज्ञवालीले भन्नुभयो हाल सम्म पाँचखालका ६ सय कृषकहरुसंग अन्तक्र्रिया गरेर अगाडी बढेको बताउनु भयो । धेरै ठाउमा प्रयोगात्मक तरीका अपनाई सकेकोर सवै ठाउमा राम्रोसंग सफल भएको बताउनु भयो । कृषकहरुले धेरै सिकेका छन् जति सिकेको छ सबै व्यवहारमा उतार्ने हो भने पाँचखाल आ.पि.एम मय हुने बताउनु भयो ।

आइ.पि.एम कृषक पाठशालाका अध्यक्ष शिता बानियांको सभापतित्वमा सम्पन्न उक्त समापन कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ३ का वडाअध्यक्ष शुन्दर अधिकारी, प्रतिष्ठा कृषि सहकारी संस्थाका अध्यक्ष पुर्णप्रसाद दुलाल, प्रशिक्षक देविप्रसाद गौतम, आइ.पि.एममा सहभागी कृषकहरुका मध्यवाट उत्तम सापकोटा र सरस्वती अधिकारी लगायतले आ—आफ्नो धारणा व्यत्त, गर्नु भएको थियो । राधिका दुलाल द्वारा स्वागत मन्तव्य राखी सुरु भएको कार्यक्रममा विभिन्न प्रकारको मनोरञ्जनात्मक कार्यक्रम समेत रहेको थियो ।

  • आइ.पि.एम तर्फ पाँचखालका कृषक आकर्षित
  • कृषक तरीका भन्दा दोबर आम्दानी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0