Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्याबसन काभ्रेको सक्रियता

प्रभातफेरी अनलाइन ७८०५ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन २१, मंगलबार (७ साल अघि)
प्याबसन काभ्रेको सक्रियता

बनेपा-केहि वर्षदेखि नाम मात्रको संस्थाको रुपमा सिमित हुन पुगेको प्याब्सन काभे्रेले आफूलाई चलाएमान बनाउन खोजेको आभास मिलेको छ । प्याब्सन काभ्रेले जुझारु अभिभावक प्राप्त गरेको सरोकारवालाहरुको ठम्याई छ ।

सोही अभिव्यक्तिलाई पुष्टि हुने क्रियाकलाप हुदै गरेको सम्बन्धित पक्षको दावी छ । नेपाली उक्ति “हुने बिरुवाको चिल्लो पात” भने जस्तै प्याब्सन काभ्रेका अध्यक्ष पूर्ण कुमार श्रेष्ठ गुणस्तरीय शिक्षाका लागि खेल्नुपर्ने भुमिकाका बारेमा व्यबहारिक ज्ञानको बिजारोपन गर्न पछि नपर्ने बताउनुहुन्छ । जसको सुरुवात आसन्न एस.ई.ई. को पूर्व सन्ध्यामा एस.ई.ई. को पूर्व तयारीका बारेमा जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रमलाई प्राथामिकता दिएको छ । प्रशिक्षण तथा सामाजिक समन्वय विभागको विशेष पहलमा कार्यक्रम अघि लगिएको विभाग प्रमुख महेन्द्र थिङको तर्क छ ।

प्याब्सन काभ्रेको सक्रियतामा स्थनिय प्याब्सनको समन्वयमा बनेपा, पनौती र पाँचखाल क्षेत्रका करिब १५ सय को हाराहारीमा विद्यार्थीले आफ्नो सहभागिता जनाएको प्याब्सन काभ्रेले जनाएको छ । प्याब्सन काभ्रेका अध्यक्ष पूर्ण कुमार श्रेष्ठका अनुसार विद्यार्थीहरुलाई बाहिरी वातावरण संग सहकार्य गर्न र व्यवाहारिक ज्ञानको आवश्यकता अनुभुति गर्न यस्ता किसिमका क्रियाकलापहरु कोषे ढुङ्गा सावित हुने बताउनु हुदै किताबी ज्ञान भन्दा बढी यस्ता किसिमका क्रियाकालाप आवश्यक पर्ने बताउनुहुन्छ । तसर्थ पनि प्याब्सन काभ्रेले हिजोको रटान निति भन्दा माथि उठ्न आवश्यक छ ।

आफूलाई समय अनुकुल चलाउन पनि आवश्यक छ । अन्यथा सामुदायिक विद्यालय र संस्थागत विद्यालका बिचमा कुनै भिन्नता नहुने संभावना बढेर गएको छ । त्यसकारण पनि संस्थागत शैक्षिक संस्थाहरुमा सुसुप्त अवस्थामा रहेको अन्तरनिहित क्रियाकलापलाई बाहिर ल्याउनु मात्रै यो कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । हिजोको अवस्थामा सुसुप्त अवस्थामा थियो भन्न खोजेको हो । तर हामीले नै बाहिर ल्याएका थिएनौ । अब त्यो अवस्था रहेन प्रविधिले मानिसलाई साँघुरो बनाइदिएको छ । त्यसैले केहि गर्न खोजेका हौँ । यो क्षेत्रका लागि सुखद् पक्ष हो भन्नुहुन्छ अध्यक्ष श्रेष्ठ । त्यस्तै संस्थागत विद्यालयको उत्पादनलाई अझै व्यवाहारिकमुखी बनाउने दायित्व प्याब्सनको रहेको धारणा राख्नुहुन्छ प्याब्सन काभ्रेका सचिव सुरेन्द्र श्रेष्ठ ।

उक्त अभिमुखी कार्यक्रममा सम्बन्धित क्षेत्रका विद्यालयका प्रिन्सिपल र विज्ञान विषय शिक्षकहरुको पनि सहभागिता रहेको थियो । यस किसिमको सक्रियता पश्चात एस.ई.ई. को परिणाममा अझ सुधार आउने विश्वास प्याब्सन काभ्रेको रहेको जानकारी समेत गराइएको थियो ।

  • प्याबसन काभ्रेको सक्रियता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0