Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनताले कस्को विश्वास गर्ने,प्राविधिक पिच्छे नै फरक फरक प्रतिवेदन

प्रभातफेरी अनलाइन ५०९१ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन २१, मंगलबार (७ साल अघि)
जनताले कस्को विश्वास गर्ने,प्राविधिक पिच्छे नै फरक फरक प्रतिवेदन

नाला-अव जनताले कसको विश्वास गर्ने ? पछिल्लो समय कर्मचारी तन्त्रमा देखिएको विसंगती विकृतीको फाईदा लिदै भूमाफियाले कर्मचारीतन्त्रलाई आलोचानको सिकार बनाएका छन् । जुन चङ्गुलमा फसेर विशेष गरी रेखाङ्कन क्षेत्रमा सुद्धता दिन पर्ने हा,े त्यो हुन सकिरहेको छैन ।

त्यसैको चरम सिकार भएका छन् सोझा सिधा आम नागरिक जसको पछिल्लो प्रमाण रुपमा साविक टुकुचा नाला गाविस वडा नं.– ८ मा रहेको कि.न.हरु ३२८, ३२९, ३२६, मध्येको कि.नं. ३ सय २६ को जग्गाको अवशेष नै छैन । पुखौंदेखि पितृकार्यको रुपमा काजक्रिया गर्ने थलोको रुपमा रहेको सो भूभागको अहिले अस्तित्व नै छैन । उक्त भूमि अहिले कागज मै मात्र सिमित रहेको प्रमाणले देखाउँछ । स्थानियले आप्mनो पुर्वजको १३ आंै दिनसम्म काजक्रिया गर्ने थलो आज कसैको नम्बरी जग्गा बनेको देख्दा चिन्तित भएका छन् । त्यस्ता किसिमका गलत क्रियाकलापका विरुद्ध आवाज उठाउँदा आवाजहरु बन्द गर्ने काम भए भन्दै गुनासो पोख्छन् । स्थानिय पीडितहरुका अनुसार आपूmहरुलाई न्यायलयबाट खटिएको अमिनी जीवन कार्कीले अन्यायमा पार्ने काम भएको उनीहरुको आरोप छ ।

बनेपा न.पा. वडा नं. २, डुँडामुखमा रहेको साबिक टुकुचा नाला गा.वि.स. वडा नं. ८ कि.नं. ३ सय २६ को पाँच रोपनी ९ आना जग्गा त्यस क्षेत्रमा बसोबास गर्ने समुदायको काज क्रिया गर्ने थलोको रुपमा परिचित हुँदै आएको थियो । सोही अनुरुप त्यसलाई व्यवस्थित बनाउन नगरपालिकाबाट बजेट समेत बिनियोजन भई रेखाङ्कन लगायत भौतिक संरचना निर्माणको अवस्थामा पुगिसकेको छ । यसै बीच कृष्णराज गिरीले आपूmमाथि अन्याय भयो भनी न्यायलयमा जाहेरी दियो । जसको कारण निर्माणाधिन अवस्थामा रहेको भौतिक संरचना अन्यौलमा मात्र परेको छैन उक्त बस्ति नै पूरै धरासाही हुने अवस्थामा पुगेको पीडितहरुको भनाई रहेको छ ।

आपूmमाथि अन्याय भयो भनी रिट हाल्ने कृष्णराज गिरीले उक्त भूभाग हस्तक्षेप गरी कब्जा गरेको नापी कार्यालय काभ्रे र बनेपा न.पा. बाट खटी गएका प्राविधिक (अमिनी)हरुको स्थलगत रेखाङ्कन प्रतिवेदन सम्बन्धित निकायमा बुझाएकोले पुष्टि गर्दछ । तर सोही भूभागका बारेमा जिल्ला अदालतबाट खटी आएका प्राविधिक अमिन जीवन कार्कीको प्रतिवेदनले पूर्व प्राविधिकहरुको प्रतिवेदन मिथ्या साबित गरिदिएको छ । जसको कारण यतिबेला डँुडामुखबासी सुकुम्बासी हुनु पर्ने अवस्थामा पुगेका छन् । यो सबैको पछाडि अर्थको ठूलो चलखेल भएको प्रतिवादीहरुको आरोप छ । स्मरण योग्य कुरा के छ भने अब जनताले कसको विश्वास गर्ने ? यहाँ कसको जग्गा कहाँ के गरियोसँग सम्बन्ध रहेन मात्रै प्राविधिकहरुका आचरणसँग प्रश्न चिन्ह उठेको छ । यहाँको जग्गा किचलो मात्र होइन, त्यसभित्र जोडिएका पात्रहरुको क्षमताका बारेमा प्रश्न चिन्ह उठेको छ । सर्वेक्षक विजय कुमार मानान्धर, विपिन दुलालका आधिकारीक प्रमाण पत्रहरुका बारेमा प्रश्न चिन्ह उठ्नु पर्छ की ? जीवन कार्की ? अहिले सबैको चासोको विषय भएको छ ।

प्रतिवादीहरुको विश्वास छ, न्यायलयले जीवन कार्की जस्ता भ्रष्ट आचरण भएका व्यक्तिहरुलाई उन्मुक्ति दिने छैन । न्यायलयलाई विवादमा तान्ने घृणित खेल जीवन कार्कीबाट भएको छ । प्रतिवादीहरुको भनाइमा सरकारी रेखाङ्कन कर्तालाई असफल र क्षमता बिहीन छन् है भन्ने संकेत कार्कीले दिएका छन् । तसर्थ पनि न्यायलयले त्यसतर्पm आप्mनो ध्यान केन्द्रित गर्छ भन्नेमा आशावादी रहेको बताउँछन् ।
यता प्रतिवादीहरुको आरोपित वादी कृष्णराज गिरीसँग मोबाइल सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उहाँका छोरा प्रल्हाद गिरीसँग सो सम्बन्धि जानकारी माग्दा जतिपनि आरोपहरु छन् । ती सबै तथ्य विहिन छन् । हामी हाम्रो कि.नंं ३ सय २८ र ३ सय २९ भित्रको क्षेत्रफल भन्दा बाहिर गएका छैनौं । हामीलाई हाम्रो तिरो तिरान भित्रको जग्गा भए पुग्छ । प्रतिवादीहरुले आरोप लगाए अनुसार हामीले कुनै सार्वजनिक भूभाग मिचेका छैनौं र कुनै प्राविधिकलाई बसमा पार्ने काम गरेका छैनौं । हामी माथि अन्याय भएकै कारण न्यायलयमा धाएका हौं । कुनै किसिमको बेइमानी गरेका छैनौं भन्छन् गिरी । त्यस्तै रेखाङ्कनमा संलग्न प्राविधिक विपिन दुलाल भन्छन्–१÷२ इन्च तलमाथि हुन सक्छ तर जीवनजीको प्रतिवेदनमा आए जस्तो हुन सक्दैन । अनि रेखाङ्कन हुँदा स्थानियहरु वडा प्रतिनिधी लगायत सबैको रोहवरमा अझ हामीलाई शुद्ध उपस्थिति गराएको भए अहिले यो विवादको स्थिति आउने थिएन ।

यथार्थ त्यही थाहा हुन्थ्यो । तर अहिले एकतर्फी रुपमा प्रतिवेदन आएको भन्ने सुनेको छु । त्यसका बारेमा सरोकारवाला नै जानकार होलान् भन्ने तर्क दिनुहुन्छ दुलाल । उहाँको थप कथन छ एउटा प्राविधिकले गरेको काम अर्काे प्रविधिकले गर्दा हुबहु नै हुन्छ भन्ने छैन । तर संरचना नै धरासाही हुने गरी भने पक्कै हुँदैन । सुने अनुसार उहाँको प्रतिवेदन अनुसार बस्ती नै सुकुम्बासी बन्दै छ भन्ने सुनेको छु । यदि यस्तो हो भने पीडितहरुले असहमती जाहेर गर्न सक्छन् । त्यसका बारेमा सरोकारवाला निकायले पुनः विचार गर्न वाध्य हुनेछ । अर्का रेखाङ्कन कर्ता जो अदालतबाट खटी आएका जीवन कार्की भन्छन्–आप्mनो प्रतिवेदन यथार्थ भएको यसमा कुनै कमीकमजोरी नभएको र जतिपनि आरोपहरु लागेका छन् ति सबै मिथ्या हुन् । म आप्mनो प्रतिवेदनमाथि ढुक्क छु । चित्त नबुझे पुन रेखाङ्कन गर्न सकिन्छ । अनावश्यक बखेडा झिक्नु आवश्यक छैन । कसैको चरित्र हत्या गर्ने काम नगर्दा राम्रो हुन्छ । म अन्य मित्रहरुको प्रतिवेदनसँग सरोकार राख्न पनि चाहादिन । किनकी म आपैm आप्mनै प्रतिवेदनमा विश्वास राख्छु । त्यस्तै प्रतिवादी एवं भौतिक भूर्वाधार निर्माण समितिका अध्यक्ष निल बहादुर गौतम भन्नुहुन्छ–पूर्खौं देखिको काजक्रिया स्थल जुन सार्वजनिक भूमी भनेर चिनिएको छ त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हो । हामीले सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न खोजेका हौं । कुनै व्यक्ति माथि पूर्वाग्रही किसिमबाट प्रस्तुत भएका छैनौं । वादीले भने जस्तो कुनै किसिमको ज्यादती गरेका छैनौं । हामीले जिम्मेवार निकायबाट खटिइ आएका प्राविधिकले लगाई दिएको चिनो अनुसार काम गरेका थियौं । बरु उहाँहरुको कारण आज सिंगो बस्ती जोखिममा पर्न गएको छ । जसको जिम्मेवारी वादी कृष्णजीले लिनु पर्छ भन्नु हुन्छ गौतम ।

समग्र रुपमा जुन जग्गा किचलो सम्बन्धि मुद्घा न्यायलयमा पुगेको छ त्यसले एउटा रुप धारणा गर्छ नै त्यसलाई स्वीकार्नुको विकल्प छैन भन्छन् पिडितहरु । जसले सार्वजनिक सम्पत्ति माथि नराम्रो दृष्टि लगाएका छन् त्यसका विरुद्घ सरोकारवाला निकायले निष्पक्ष छानविन गरोस् भन्ने आफ्नो चाहना भएको पिडितहरु बताउछन् ।

  • जनताले कस्को विश्वास गर्ने
  • प्राविधिक पिच्छे नै फरक फरक प्रतिवेदन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0