Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मञ्जरी मुक्तकसङ्ग्रह लोकार्पण,अक्षरमार्गका सहयोगी दानविर राजेशलाई सम्मान

प्रभातफेरी अनलाइन ८४६१ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २०, बुधबार (६ साल अघि)
मञ्जरी मुक्तकसङ्ग्रह लोकार्पण,अक्षरमार्गका सहयोगी दानविर राजेशलाई सम्मान

पनौती-डा.गोपाल पौड्याल “मण्डने” द्वारा रचित मञ्जरी मुक्तकसङ्ग्रह एक कार्यक्रमको आयोजना गरी पनौती स्थित ज्ञान विकास सामुदायिक पुस्तकालयको हलमा लोकार्पण भएको छ ।

नेपाली भाषा र साहित्यको श्रीबृद्धि तथा नयाँ प्रतिभाहरुलाई हौसला दिने साथै समाजमा सकारात्मक चेतना प्रवाह गर्न सक्ने स्रष्टाहरुको जन्म हुनु पर्छ भन्ने सोचका साथ अगाडी बढेको पनौती अक्षरमार्गको आयोजनामा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको हो । साहित्यलाई विकसित गर्न योगदान पु¥याउनु हुने वरिष्ठ साहित्यकारहरुलाई सम्मान साथै उहाँहरुको सिर्जनालाई प्रकाशन गर्दै आएको अक्षरमार्गले डा. पौडेलको मुक्तकसङ्ग्रहलाई प्रकाशन गरेको थियो ।

लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं चलचित्र निर्माता यादव खरेलले काभे्रको पनौतीमा रहेको अक्षरमार्गले काभे्रलाई मात्र नभई सिंगो नेपाललाईनै अन्तराष्ट्रिय स्तर सम्म परिचित गराउने कार्य गरेको बताउनु भयो । उहाँले थप्नु भयो कुनैपनि मानिसमा भएको चेतनाको क्यामारा कस्तो हुन्छ, उसले उस्तै कार्य गर्ने वताउंदै अक्षरमार्गमा समावेस भएकाहरुको चेतनाको क्यामारा दुरदृष्टि साथै मुलुकलाई सकारात्मक मार्गमा अघि बढाउन सहयोग पुग्ने खालको रहेको बताउनु भयो । मञ्जरी मुक्तकसङ्ग्रका लेखक स्रष्टा देश विदेशको बिभिन्न अध्ययन साथै सुख—दुःखका भोगाई “वाउन्न ठक्कर, त्रीपन्न घुष्सा” को भोगाई भोगीसकेकाले त्यस्ता सर्वज्ञानी (सवैतिरको ज्ञान हासील गरीसकेका) व्यक्तिले लेखेको मुक्तक गुणस्तरीय हुने बताउनु भयो ।

कार्यक्रममा वरिष्ट मुक्तककार ज्ञानु वाकरले मुक्तककारहरु सिकर्मी र डकर्मी जस्ता भएका छन्, वास्तबीक रुपमा राम्रोसंग अगाडी बढ्नेहो भने मुक्तक लेखनको नीति नियममा बाँधिन जरुरी रहेको बताउनु भयो । बिगतको तुलनामा गजल र मुक्तकको विकास राम्रोसंग भएको बताउंदै मुक्तकको थप विकास र सुरक्षीतको साथै स्थायित्व आवश्यक रहेको बताउनु भयो ।

त्यसैगरी वरिष्ठ साहित्यकार वियोगी बुडाथोकीले अक्षरमार्ग नेपालमा मात्र नभई विदेशमा समेत चर्चामा आउने गरेको बताउनु भयो । विगतमा छोटो कबिताको रुपमा रहेको मुक्तक हाल आएर नीयम संगत ढंगबाट लेखिने कार्यको वकास भएको साथै आगामि दिनहरुमा अझ थप राम्रो हुने तरखरमा रहेको बताउनु भयो ।
मञ्जरी लेखक डा. गोपाल पौडेलले आफुले १३ बर्षको उमेरबाट मुक्तक खेख्न सुरु गरेको बताउनु भयो । आफुले एस.एल.सि दिएपछि रिजल्ट नहुनजेलको फुर्सदको समयमा पहिलो मुक्तक सार्वजनिक गरेको बताउनु भयो । उहाँले थप्नुभयो साहित्यको लोकप्रिय बिधा मुक्तक हो, मानिसको मनमा आनन्दको सञ्चार गर्ने मात्र नभई सकारात्मक सन्देस प्रवाह गर्न समेत साथ र सहयोग गर्ने भएकोले आफु आकर्षीत भएको बताउनुभयो ।

कार्यक्रममा दानबिर राजेश कुमार श्रेष्ठले २५ बर्ष अगाडीको पनौतीको सान (पहिचान) पछिल्लो समयमा आएर खस्कंदै जाँदा विगतको पनौतीको पहिचानलाई यथावत राख्न साहित्यकारहरुले अग्रसरता देखाएकोमा आफु खुसि भएको बताउनुभयो । साहित्यकारहरुले राजनीतिलाई पर राख्दै समाज र मुलुकको हितको लागि अगाडी बढेकोले आफु पनि सो कार्यप्रति आकर्षीत भएको बताउनु भयो । पनौतीको गुमेको पहिचानलाई फर्काउन साहित्यिक क्षेत्रमा लागेकाहरुले प्रयास गरेकोले आफुले केही सहयोग गरेको र आगामी दिनहरुमा पनि निरन्तर रुपमा सहयोग गर्ने बताउनु भयो ।

लोकार्पण कार्यक्रमका सभाध्यक्ष सुर्यप्रसाद लाकोजुले पनौती अक्षरमार्गले समाजको हितको लागि साथै साहित्यीक क्षेत्रमा लाग्नेहरुको सम्मान गर्ने कार्यमा निरन्तरता दिएको बताउनु भयो । स्थानिय साथै साहित्यलाई मायाँ गर्नेहरुको सहयोग र साथको कारण अक्षरमार्गले पाइला अगाडी बढाउन सफल रहेको बताउनु भयो । अक्षरमार्गको हरेक पुस्तकमा मञ्जु स्याउलाको भुमिका अत्यन्त सकारात्मक भएको बताउदै उहाँको कलाको कारण धेरै सहयोग मिलेको बताउनु भयो ।

गिता दाहालबाट संञ्चालित उक्त कार्यक्रममा सुभद्रा दाहालले स्वागत मन्तवय व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा पुस्तकको टिप्पणि मुक्तककार रमेस पौडेलले गर्नु भएको थियो । पुस्तक लोकार्पणको अवसरमा अक्षरमार्ग कोषमा नगद १ लाख सहयोग गर्नु हुने राजेश कुमार श्रेष्ठ र अक्षरमार्ग प्रकाशन कोषमा १५ हजार सहयोग गर्नुहुने डा.गोपाल पौडेललाई सम्मान गरीएको थियो ।

  • अक्षरमार्गका सहयोगी दानविर राजेशलाई सम्मान
  • मञ्जरी मुक्तकसङ्ग्रह लोकार्पण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0