बनेपा-काभे्रको प्रमुख व्यापारीक केन्द्र बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका यु.के.जी. तहमा अध्ययनरत ५७ जना विद्यार्थीहरु लाई एक कार्यक्रमको आयोजना गरी पञ्चकन्या बैन्क्वेट बनेपामा दिक्षित गरेको छ ।
कार्यक्रममा शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक प्रिन्सिपल, अभिभावक, शिक्षक÷शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक श्री प्रताप वैद्यले स्वागत मन्तव्य राख्ने क्रममा निर्देशक वैद्यले भन्नुभयो, प्रतिष्ठानले बालमैत्रि वतावरणमा बाल मनोपरार्मशदाताहरु सहितको उपस्थितीमा शिक्षण सिकाई क्रियाकलाप गर्दे शैक्षिक सत्र २०७६ मा पनि विद्यार्थीहरुको शिक्षाका साथ साथै नेतृत्व विकासका लागि पढाई संग सम्बन्धीत विभिन्न किसिमको थप कार्यक्रमहरुको आयोजना गर्ने प्रतिवद्धता गर्नु भयो । ‘शिक्षा’ मानव जीवनको अपरिहार्यता र जीबनशैली सँग सम्बन्धित रहेकोले समयको माग अनुरुप शिक्षाको संरचना परिवर्तन गर्दै नैतिक, व्यावहारीक शिक्षाका लागी ज्ञानकुञ्ज सदैब लागी रहने बताउनु भयो ।
प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक र बालमैत्री ढंगले अभिभावकहरुका बिच लोकप्रिय रहेको विद्यालय आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गर्नु भयो । साथै उहाँले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उत्तरोत्तर प्रगति र उज्जवल भविष्यको कामना समेत गर्नुभएको थियो ।
कार्यक्रममा किन्डरगार्टेन तहमा अध्ययनरत विद्यार्थीभाई बहिनीहरुले दर्जनौ भन्दा बढि बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा दिक्षित भएका विद्यार्थीहरुका अभिभावकहरुले यस्ता प्रकारका समारोहले नानी÷बाबुहरुमा शिक्षण सिकाईमा रुची बढ्नुका साथै व्यक्तित्व बिकासमा समेत वृद्धि भई भविष्यमा असल नागरीक बन्नेमा खुसी व्यक्त गर्दै आगामि दिनहरुमा समेत यस्तै विविध शैक्षिक कृयाक्रलाप सञ्चालन गर्नमा जोड दिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |