Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अन्तराष्ट्रियस्तरमा काभ्रेलाई परिचित गराउने कार्यमा प्रयत्नरत छौं,सन्दर्भ- काभ्रे सेवा समाजको सातौं वर्षगाँठ

प्रभातफेरी अनलाइन ४१५२ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख १०, मंगलबार (६ साल अघि)
अन्तराष्ट्रियस्तरमा काभ्रेलाई परिचित गराउने कार्यमा प्रयत्नरत छौं,सन्दर्भ- काभ्रे सेवा समाजको सातौं वर्षगाँठ

–केशव थापा

‘काभ्रेको लागि केही गरौं !’ भन्ने पवित्र भावना बोकी काभ्रेपलाञ्चोक जिल्लामा मूल घर भएका वा काभ्रे जिल्लामा बसाइ सरी स्थायीरुपले बसोबास गरी नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेका कार्यालय वा अन्य संघ÷संस्थानमा सेवारत वहालवाला वा अवकाश प्राप्त कर्मचारीहरु र उद्योगपति, बुद्धिजिवी एवम् आ–आफ्नो क्षेत्रमा विशिष्ठता हासिल गरी मुलुकभर छरिएर रहेका आम काभे्रलीहरुको साझा संस्थाको रुपमा मिति २०६९ चैत्र २६ गते काभ्रे सेवा समाज, काभ्रेको स्थापना गरिएको थियो । मिति २०७५÷१२÷२६ का दिन यस समाजले कार्य समितिका पदाधिकारी तथा आजीवन सदस्यहरुको उपस्थितिमा समाज स्थापनाको सातौं वर्षगाँठ उल्लासका साथ मनाएको छ ।

कछुवा गतिमा नै भए पनि यो समाज उल्लिखित लक्ष्य र उद्देश्य प्राप्तिको मात्रामा शनैशनैः अगाडि बढीरहेको छ । गैरराजनैतिक, गैरनाफामूलक सेवादायी यस संस्थाको कसैसँग इष्र्या र प्रतिष्पर्धा नभएकोले पनि यसको गति धीमा भएको अनुमान गर्न सकिन्छ । प्रारम्भदेखि नै यसले आजीवन सदस्यता वापतको रकमबाट प्राप्त व्याज तथा सुभेच्छुक काभ्रेलीहरुबाट सौजन्यस्वरुप प्राप्त सहयोगबाट आफ्ना कामकारवाहीलाई हालसम्म सुचारु राखेको छ । नाजायज शर्तसहितका विदेशी दानदातव्य तथा देश र जनताको हित नगर्ने आर्थिक वा अन्य भौतिक सहयोग यसका लागि सदा अस्वीकार्य र बर्जित छन् ।

यस संस्थाको एकमात्र सपना सुशिक्षित, आधुनिक, समृद्ध र विकसित काभ्रे एवं काभ्रेली हो । करीब दुइसय आजीवन सदस्यहरु रहेको यस समाजमा काभ्रेका सबै वर्ग, समुदायका व्यक्तिहरुको संलग्नता रहेको छ । आर्थिक, पदीय हैसियत काभ्रे सेवा समाज प्रवेशको आधार हैन । प्रवेशको एकमात्र आधार काभ्रेको माटोप्रतिको माया हो । काभ्रेलाई माया गर्ने, काभ्रेको समृद्धिको लागि कर्म गर्ने, सुखी र सम्पन्न काभ्रलीको चाहना राख्ने, काभ्रेमाथि अन्याय हुँदा सो विरुद्ध आवाज उठाउने, आफ्नो बुद्धि,बर्कत र समय धेरथोर रुपमा काभ्रेको लागि समर्पित गर्छु भन्ने व्यक्ति सहजै यस समाजको सदस्य बन्न सक्छ ।

आर्थिक हैसियतको तगारोले काभ्रे सेवा समाज प्रवेशलाई किञ्चित पनि रोक्न सक्दैन । जतिसुकै प्रतिभाशाली, क्षमतावान तथा आदर्श र पवित्र विचार भएको व्यक्ति भए पनि उसका निश्चित सीमा र वाध्यता हुने भएकोले एक्लै दीर्घकालसम्म समाजोपयोगी कार्य गर्न संभव हुँदैन । व्यक्तिको एकल प्रयासमाथि लामो समयसम्म अरु व्यक्ति तथा समुदायले साथ नदिने तथ्य पनि स्पष्ट नै छ । निश्चित लक्ष्य र उदेश्यसहित कुनै संस्था गठन गरी निश्चित मूल्यमान्यता र प्रणालीभित्र रही व्यक्तिले समूहसँग र समूहले व्यक्तिसँग मिलेर काम गर्दा सिनर्जी असर उत्पन्न भई कामको क्षेत्र विस्तृत भए पनि यसले परिमाणमा पनि अधिक र गुणस्तरमा पनि उच्चकोटीको नतिजा दिन सक्छ । यसै तथ्यलाई अनुभूत गरी काभ्रेको अगाध माया गर्ने काभ्रेली छोराछोरीलाई संगठित गरी आफू जन्मेको माटोको पक्षमा केही गर्न अभिप्रेरित गर्ने अभिप्रायले नै यस समाजको स्थापना गरिएको हो ।

सहज जीवनयापनको उपाय खोज्ने सिलसिलामा संयोगवश काभ्रेबाहिर पर्न वाध्य भएका काभ्रेलीहरुलाई भावानात्मक एवं भौतिकरुपले काभ्रे उन्मुख तुल्याउने साझा चौतारी हो भन्न सकिन्छ काभ्रे सेवा समाजलाई । यस समाज कीमार्थ काभ्रेको विकासको प्रमुख अभियन्ता होइन । राजनीतिक दल तथा तिनीहरुको भगिनी वा भातृ संस्थाहरुको प्रतिष्पर्धी तथा वैकल्पिक शक्ति त झन हुँदै होइन । हो त केवल हररोज काभ्रेको समृद्धिको कामना गर्ने, काभ्रेको लागि केही गर्ने वा काभ्रेको नाम उँचो पार्ने प्रतिभाहरुलाई आदर र सम्मान गर्ने तथा काभ्रेको संभावनाहरु पहिल्याई काभ्रेको समृद्धिको पक्षमा सहजकर्ताको निर्वाह गर्ने आम काभ्रेलीहरुको भावनापुञ्ज । दलका सदस्यता धारण गरेका वा राजनीतिक दलको विभिन्न पदमा रहेर पनि दलीय रङ्ग र विवाद हुन सक्ने विषय वा स्वार्थलाई बैठककक्ष बाहिर नै छाडेर आउन सक्ने व्यक्तिलाई पनि यस समाज सहर्ष स्वीकार गर्न तयार छ ।

निष्ठा र मूल्यमान्यतामा आधारित र जनताप्रति उत्तरदायी सदाचारी शासन व्यवस्था सबै नीतिको माउ नीति हो भन्ने बुझेको यस समाज काभ्रेली छोराछोरी ऊनीहरु सम्बद्ध राजनीतिक दलको केन्द्रीय नेतृत्वमा पुग्दा केन्द्रीय तहमा काभ्रेको पक्षमा आवाज मुखरित हुने हर्षले त्यस्ता व्यक्तिलाई बधाई दिने पहिलो संस्था काभ्रे सेवा समाज बन्न चाहन्छ । काभ्रेका ते¥हवटै स्थानीय तहका प्रबुद्ध व्यक्तिहरुको सहकार्यको साझा चौतारी यस समाजले जिज्ञासु व्यक्तिहरुको सहभागिता र सक्रियतामा काभ्रेको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, शैक्षिक, व्यावसायिक, औद्योगिक, प्राकृतिक, मानवीय लगायतको विविध आयामका विशेषता र संभावनाको अधिकाधिक प्रचारप्रसार गरी राष्ट्रिय÷अन्तराष्ट्रियस्तरमा काभ्रेलाई परिचित गराउने कार्यमा धेरथोर प्रयत्न गरिरहेको छ । अध्ययन वा रोजगारीको लागि समुद्रपार रहेका काभ्रेलीहरुले पनि यस कार्यमा उल्लेख्य योगदान गरिरहेका छन् ।यति हुँदाहुँदै पनि काठमाण्डौं उपत्यका पछिको धार्मिक, सांस्कृतिक शहर भएको काभ्रेका सम्पदाहरुका तस्बीरहरु पर्यटन बोर्ड भृकुटीमण्डपमा नहुनु र यसका लागि जिल्लाका संबन्धिन निकायहरुबाट पनि पहल नहुनु चाहि बुझी नसक्नुको विषय भएको छ ।

उर्पयुक्त तथ्य र सीमालाई ख्याल गर्दै यस समाजले काभ्रेली गुञ्जन, काभ्रेली विशेषतायुक्त भित्तेपात्रो, शिक्षा, व्यवसाय र पेशाका क्षेत्रमा उल्लेख्य योगदान गरी काभ्रेको गरिमा बढाउने काभ्रेली गौरव र धरोहरहरुको नियमितरुपले सम्मान र अभिनन्दन गर्दै आइरहेको छ । विगत, वर्तमानको विरासत बनेको यस शुभकार्यलाई समाजले आगतमा निरन्तरता प्रदान गर्नेछ । समाज स्थापनाको उद्घोषण नै नेपाली भाषा साहित्यका उज्वल नक्षत्र काभ्रेका सपूत श्रीकृष्णप्रसाद पराजुलीको अभिनन्दबाट गरेको यस समाजले स्थापनाको सातौं वर्षसम्म आइपुग्दा राष्ट्रकवि श्रीमाधवप्रसाद घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, समाजसेवी श्री वाशुदेवशरण कोइराला, नेपालका शैक्षिक शिरोमणि डा.सुरेशराज शर्मा, वरिष्ठ साहित्यकार श्री मोहन दुवाल तथा निजामती लगायत अन्य सेवाका अधिकृत विशिष्ट तथा प्रथम श्रेणीका काभ्रेली कर्मचारीहरुलाई अभिनन्दन, सम्मान गरी गर्नेलाई पुज्ने असल परम्पराको शुरुवात गरेको छ ।

यस्ता कार्यक्रममार्फत काभ्रेलीहरुका अतिरिक्त देश र जनताको सेवामा समर्पित सबैप्रति काभ्रेलीहरु कृतज्ञ भएको सन्देश प्रवाह गर्न खोजिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको नेपालको संविधान घोषणा हुनासाथ काभ्रे प्रदेश नं.३ को राजधानीको लागि सबै हिसाबले उपयुक्त हो भनी सबैको ध्यानाकर्षण गराउने काममा यस समाजले अग्रणी भूमिका निर्वाह गरेको थियो । काभ्रेमा कृषि क्याम्पसको आवश्यकताप्रति यस समाज अति नै सजग रहेको छ । काभ्र्रेलाई शैक्षिक केन्द्रको रुपमा विकास गरी राष्ट्रिय अन्तराष्ट्रिय आवश्यकतालाई संबोधन गर्ने सक्ने मानवीयपुँजी निर्माणको प्रशिद्ध धाम बनाउन सके हुन्थ्यो भन्ने यस समाजको अपेक्षा रहेको छ । छोटा कथासंग्रहका आदिपुरुष कथाकार गुरुप्रसाद मैनालीको शालिक शीघ्रातिशीघ्र स्थापना गर्ने कार्यमा पनि यस समाजको ध्यानाकर्षण भएको छ । काभ्रेली गुञ्जनको आगामी छैठौं अङ्कलाई स्थानीयतह विशेषांक बनाउने गरी कार्यारम्भ गरिएको छ । भूकम्प प्रभावित काभ्रलीहरुको घाउमा धेरथोर मल्हमपट्टी गर्न पनि यो समाज पछाडि परेको थिएन । यी सबै काभ्रको लागि अर्पण गरिएका कार्य हुन ।

स्थापनाकालमा जुन जोश र जाँगरका साथ यस समाजजस्ता गैरराजनीतिक, गैरनाफामूलक र सेवादायी संस्थाहरु स्थापना भएका हुन्छन्, समयक्रममा स्रोतसाधनको अभाव, आर्थिक हिनामिना र अपारदर्शिता, पदाधिकारीको बढ्दो निष्क्रियता र उदासिनता, अस्वभाविक प्रकृतिको महत्वकाँक्षा, अन्तर्विरोध र अन्तर्घात, दलीय भागबन्डा लाउने क्षुद्रप्रवृत्ति, पदानुसारको जिम्मेवारी वहन नगर्ने गैरजिम्मेवार आदत, समयमै द्वन्द व्यवस्थापन तथा समझदारी निर्माणको क्षेत्रमा सार्थक पहल नगर्ने आलस्यपना आदिआदिका कारणले संस्थाहरु स्थापनाको पाँचसात वर्षमा असामयिक अवसानको संघारमा पुग्ने सम्भावना प्रवल रहन्छ ।

काभ्रेलीहरुको समाजप्रतिको दिनानुदिन बढ्दो आकर्षण, सबै तह र तप्काका काभ्रेलीहरुको अवर्णनीय सहयोग र साथको कारणले गर्दा काभ्रे सेवा समाजलाई हालसम्म सुकेनासको व्यथाले गाँज्न पाएको छैन । अझ यसका कामकार्वाहीलाई तत्कालै काभ्रेली जनसाधरणका बीच सम्प्रेषण गरी उत्प्रेरित गर्ने मिडियाका मित्रहरुको सहयोगले प्राण सञ्जिवनी थपेको छ । काभ्रे सेवा समाज सदा ऋणी रहनेछ, विशेष गरेर काभ्रेली मिडियाकर्मी मित्रहरुप्रति । यो कसैको नभएर आम काभ्रेलीहरुको साझा संस्था भएकोले सबैको साथ र सहयोगले भावीयात्रा अझ सहज, सुगम र उपलब्धीमूलक हुने विश्वासका साथ समस्त काभ्रेलीहरुको उत्तरोत्तर प्रगति र आत्मिक एवं भौतिक सुख शान्तिको कामनासहित समाज स्थापनाको सातौवर्ष र नववर्ष २०७६ को उपलक्ष्यमा मंगलमय शुभकामना अर्पण गर्दछु ।

(पनौती–८ मल्पीबासी श्री थापा अरुणिमा कलेज कुमारीगाल एवं ग्रिनविच कलेज पेप्सीकोलाका अर्थशास्त्रका अध्यापक साथै काभ्रे सेवा समाजका वर्तमान अध्यक्ष हुन ।)

  • अन्तराष्ट्रियस्तरमा काभ्रेलाई परिचित गराउने कार्यमा प्रयत्नरत छौं
  • सन्दर्भ- काभ्रे सेवा समाजको सातौं वर्षगाँठ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

    प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

  • Post Thumbnail

    धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0