Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पलाञ्चोक भगवती मुलुककै गहना हो- खरेल,२ करोड ५२ लाखमा ७७ हजारमा पुनर निर्माण कार्य सम्पन्न

प्रभातफेरी अनलाइन ८४८६ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख २४, मंगलबार (६ साल अघि)
पलाञ्चोक भगवती मुलुककै गहना हो- खरेल,२ करोड ५२ लाखमा ७७ हजारमा पुनर निर्माण कार्य सम्पन्न

आई.आर.के.मैनाली
पाँचखाल-पाँचखाल नगको मात्र नभएर देशकै धरोहरको रुपमा रहेको ऐतिहासिक पलाञ्चोक भगवतीको मन्दिरमा एक भव्य कार्यक्रमको आयोजना गरी गजुर राख्ने कार्य सम्पन्न भएको छ ।

२०७२ सालको विनासकारी भुकम्पले क्षति पु¥याएको उक्त मंन्दिरको पुनर निर्माण कार्य सम्पन्न गरी गजुर राख्ने कार्य भएको हो । क्षति भएको उक्त मंन्दिर पुनर निर्माणको लागि पुरातत्व विभागले २ करोड ५२ लाख ७७ हजार रकम विनियोजन गरेको थियो ।

मंन्दिर पुनर निर्माको ठेक्का धर्म.एस.वि.एम सि. जेविले पाएको थियो । धर्म.एस.वि.एम सि. जेविका प्रोपाईटर शेरवहादुर तामाङका अनुसार २२ महिनामा कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि १४ महिनामा पुनर निर्माण कार्य सम्पन्न गरेको बताउनु भयो । उहाँका अनुसार मन्दिर भत्काउनको लागि लामो समयसम्म साईत कुर्नु पर्ने हुंदा पनि स्थानियहरु, जनप्रजितनिधिहरु, निर्माण समिति साथै धर्मप्रति आस्था राख्नेहरुको साथ र सहयोगका कारण पुनर निर्माण कार्यमा सहज भएको बताउनु भयो ।

पुनर निर्माण कार्य सम्पन्न पश्चात तान्त्रिक विधि अनुसार साईत जुराएर पञ्चवलि गरी मन्दिरमा गजुरको स्थापना गरेको थियो । जुन कार्यको लागि पाँचखाल नगरका प्रमुख (मेयर) महेश खरेलले कर्ताको भुमिका निर्वाह गर्नु भएको थियो । पुरानै ढंगबाट (पगौडा शैलि) मन्दिरको पुनर निर्माण साथैे मुख्यद्वार र दुइ तर्फको सतल निमार्ण गरिएको छ ।

गजुर स्थापना कार्यक्रममा पुनरनिमार्ण प्राधिकरणका सचिव अर्जुन कार्किले पुनर निर्माणको लागि राज्य जिम्मेवारी ढंगबाट अगाडी बढेको बताउनु भयो । सोही आधारमा आफुले पुरातात्वीक मठमन्दिर पुनर निर्माण योजनाका साथमा अगाडी बढेको बताउनु भयो । त्यसैगरी प्रदेश सांसद लक्ष्मण लम्सालले पलाञ्चोक भगवतीको संरक्षण गर्ने साथै विकास निर्माणको कार्यको लागि आफ्नो तर्फबाट सम्बन्धित निकायमा निरन्तर रुपमा प्रयास जारी राखेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा पाँचखाल नगरका प्रमुख महेश खरेलले पाँचखाल ऐतिहाकि एवं पुरातात्वीक महत्व बोकेको मन्दिरै मन्दिरको नगर रहेको बताउनु भयो । पाँचखाल नगर वडा नं ९ मा रहेको पलाञ्चोक भगवती, पाँचखाल ३ मा रहेको दुग्धेश्वर महांदेव र सुम्भेश्वर महांदेव, पाँचखाल २ मा रहेको धनलक्ष्मी देवी, पाँचखाल ५ मा रहेको कोट देवी र पाँचखाल ८ मा रहेको सुवर्णेश्वर महाँदेव मन्दिर पाँचखालको गहनाको रुपमा रहेको बताउनु भयो । पाँचखाल नगरको बृहत्तर विकासको साथसाथमा नगरमा रहेको ऐतिहासिक धरोहरको रुपमा रहेको मठ मन्दिरको संरक्षणको लागि नगर निरन्तर रुपमा अगाडी बढ्ने बताउनु भयो ।

पुनर निर्माण समितिका अध्यक्ष एवं मन्दिर बिकास समितिका कोषाध्यक्ष रामशरण रेग्मिले पलाञ्चोक भगवतीको हातामा रहेको दुई सतल पुनर निर्माणको क्रममा निर्माण भएपनि बाँकी दुइ तर्फको सतल, भक्तजनहरुको सवारी साधन पार्क गर्ने पार्किङ स्थलको निर्माण गरी व्यवस्थित गर्न अझै बाँकी रहेको बताउनु भयो । उहाँले थप्नुभयोे गजुरको साथमा रहेको डमरु विगत मन्दिरको निर्माणको समयमा भएको र पछिल्ला समयमा नभएको र उक्त डमरु राख्नु पर्ने स्थानियहरुको भनाई भएकोले पुरातत्व बिभागको सुझाबको आधारमा निर्माण गरेर ल्याएको बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा उपस्थित स्थानियहरुले पुरानो डमरुको खोजीको बिषयमा जोड दिएका थिए । स्थानिय रामचन्द्र श्रेष्ठले विगतमा छलफल हुंदा तान्त्रिक विधिबाट तैयार भएको पुरानो डमरु मन्दिर पुनर निर्माण कार्य सम्पन्न भएपश्चात गजुर राख्ने समयमा ल्याउने भनिएको तर नयाँ बनाएर ल्याएकोमा आपत्ति जनाउनु भएको थियो । सो डमरु २० बर्ष अगाडी मन्दिरको छाना सुधारको क्रममा हराएको बताउनु भयो । त्यसैगरी स्थानियहरुले पुनर निर्माणको क्रममा मन्दिर भत्काउंदा गजुरको साथमा रहेको नागको फणि र त्रिसुल निकालिएको तर गजुर राख्ने क्रममा उक्त सामान नभएको गुनासो गरेका थिए ।

कसरी स्थापना भयो भगवतीको मन्दिर

पलाञ्चोक भगवतीको मन्दिर साविक साठिघर भगवती गाविस हाल पाँचखाल नगरपालिका वडा नं ९ मा अवस्थित रहेको छ । अरनिको राजमार्ग लामिडाँडाबाट ९ किलोमिटर पुर्वमा रहेको मन्दिर लिच्छवीकालिन राजा मानदेवको श्रीमति विजयश्वरीले ४ सय ७६ बर्ष अगाडी निर्माण गर्न लगाएको किम्बदन्तिमा उल्लेख भएको पाईन्छ । शत्यमोहन जोसिले लेखेको कितावमा काभे्रको वुचाकोटबाट भगवतिले पाईलो टेकोको हालको भगवति मन्दिरमा, जुन नेवारी भाषामा (पलाचोक) भन्नेगरेको सोही नेवारी भाषाको पलाचोकलाईनै आधार मानेर पलाञ्चोक नाम रहेको उल्लेख गरेको छ । नेवारीमा भनिएको (पलाचोक) अर्थ पाईला टेकोको हो । पुनर निर्माणको क्रममा मन्दिरको जगमा भेटीएको ४ सय ७६ बर्ष अगाडीको पैसाले पनि सो कुरालाई पुष्टि मिलेको छ ।

विक्रम सं २०१९ मा नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नुभन्दा अगाडि हालको काभ्रे जिल्ला पूर्व १ नं. क्षेत्र अन्तर्गत तत्कालीन २८ वटा मौजाहरूको सदरमुकाम चौतारा बाट प्रशासित थियो । साविक साठीघर भगवती गाविसमा पर्ने एक डाँडो जहाँ प्रसिद्ध पलाञ्चोक भगवतीको मन्दिर छ । पूर्व १ नं. क्षेत्रका २८ मौजा मध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजा भित्र रहेका विभिन्न गाँउ क्षेत्रलाई मिसाई काभ्रेपलाञ्चोक जिल्लाको स्थापना गरिएको पाईन्छ । कम्तीमा एकदेखि बढीमा ५४ वटासम्म गाउँहरू समाविष्ट हुने त्यस्ता मौजाहरू मध्ये वर्तमान प्रशिद्ध पलाञ्चोक भगवतीबाट पलाञ्चोक र काभ्रे नित्यचण्डेश्वरीबाट काभ्रे चयन गरी यस जिल्लाको नाम काभ्रेपलाञ्चोक रहन गएको पाइन्छ ।

प्रथम प्रामाणविक राजा मानदेव र राजा अशु बर्माको सासन कालमा हालको पाँचखाल र पुरानो पलाञ्चोक उपत्यकामा भेटियका पुराना मोहर जुन मोहोर राजा मानदेव कालिन नेपाल कै प्रथम मोहरमा दर्जा छ । राजा मानदेवले निर्माण गरेको ऐतिहासिक पलाञ्चचोक भगवतिको मन्दिर जाने बाटो श्रिराम पाटि हुदै जान्छ, अनौकोट, कोसिदेखा ,खरेलथोक, देवभुमि जहा देवताहरुको आस्रय स्थल र भमरकोट हालको पाँचखालप्रसिद स्थलको रुपमा प्रसिद्ध रहेको छ ।

पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती तीन दिदी–बहिनीहरूमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठूली दिदी हुन् भन्ने किंवदन्ती छ । वि.सं. २०३२ मा तत्कालीन सरकारले पलाञ्चोक भगवती मन्दिरको जीर्णोद्धार गरेका थिए । यस मन्दिरको केही पर काली र गणेशका मन्दिरहरू पनि रहेका छन् । यो मन्दिर यस स्थानमा कसरी स्थापना भयो भन्ने रोचक किंवदन्ती समेत पाइन्छ । काठमाडौं उपत्यकाको जनमानसमा प्रचलित किंवदन्ती अनुसार, पलान्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनी हुन् । यी तीनै मूर्ति एउटै मूर्तिकारले निर्माण गरेको पनि उल्लेख पाइन्छ ।

  • २ करोड ५२ लाखमा ७७ हजारमा पुनर निर्माण कार्य सम्पन्न
  • पलाञ्चोक भगवती मुलुककै गहना हो- खरेल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0