logo
२०८३ श्रावण १, शुक्रबार |
📰
🔍

युवा संगठनको जिम्मेवारी सापकोटालाई

प्रभातफेरी अनलाइन५०४३ पटक पढिएको प्रकाशित मिति: ७ साल अघि (७ साल अघि)
युवा संगठनको जिम्मेवारी सापकोटालाई

बनेपा-तात्कालिन नेकपा माओवादी पार्टीको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइ.सि.एल) का केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटा (दिपसिखा) ले नेपाल कम्युनिष्ट पार्टी नीकट युवा संगठनको केन्द्रिय संयोजकको जिम्मेवारी पाउनु भएको छ ।

केन्द्रिय जिम्मेवारी सम्हालेको खुसियालीमा योङ्ग कम्युनिष्ट लिग नेपाल काभे्रले एक कार्यक्रमको आयोजना गरी सोमबार सम्मान गरेको छ । जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठको नेतृत्वमा काठमाडौ पुगेको टोलीले सम्मान गर्दै सफल कार्यकालको लागि शुभकामना दिएको थियो । पार्टीका नेताहरुका साथमा गएको टोलीले बधाई दिदै अब देशको जिम्मेवारी युवाहरुले लिनुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा वाइ.सि.एल काभ्रेको सम्मान ग्रहन गर्दै नेपाल कम्युनिष्ट पार्टी युवा संगठनका केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटाले देशको विकास र समृद्धिको लागि युवाहरुको ठुलो भुमिका रहेकोले सोही ढंगबाट युवाहरु अगाडी बढ्ने बताउनु भयो । मुलुकको हितको लागि गुटगत रनाजनीतिको अन्त्य गर्दै निष्ठाको राजनीतिक सचेतनाको आवश्यक रहेको बताउनु भयो ।