Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बृहत खानेपानीको लागि सहकारीहरुको लगानी

प्रभातफेरी अनलाइन ५६५५ पटक पढिएको प्रकाशित मिति: २०७६ अषाढ ४, बुधबार (६ साल अघि)
बृहत खानेपानीको लागि सहकारीहरुको लगानी

आई.आर.के मैनाली

पाँचखाल-पाँचखालमा पिउने पानीको समस्यालाई दिर्घकालिन ढंगबाट समाधान गर्ने उद्देश्यले २ अर्व २१ करोडको लागतमा सुरुहुन लागेको बृहत खानेपानी योजनाको लागि उपभोक्ताहरुको तर्फबाट ५ प्रतिशतले हुनआउने ११ करोड ५ लाख रकम उपभोक्ताले जम्मा गर्नु पर्ने भएको छ ।

प्रति उपभोक्ता १८ हजारको दरले रकम जम्मा गर्ने कार्य भइ रहेको छ । आर्थिक अवस्था कमजोर भएका सदस्यहरुलाई मध्यनजर राख्दै सहकारीहरुले सरल र सहज ढंगबाट ऋण लगानि गर्ने कार्य भएको छ । २०५१ सालमा काभे्रको साविक टौखाल गा.वि.स वडा नं १ र २ का ४१ जना युवाहरुको सहभागितामा बिधिवत ढंगबाट संञ्चालनमा आएको सामुदायिक सहकारीले पाँचखालको बृहत खानेपानिको लागि साथ दिने उद्देश्यले अभियान सञ्चाललन गरी सहुलियतमा ऋण लगानि गरेको छ ।

पाँचखाल नगरपालिकाको अनुरोध र सुनकोशि पाँचखाल बृहत खानेपानी उपभोक्ता समितिको सुझावको आधारमा सामुदायिक सहकारीले अभियान चलाई टोलटोलमा पुगी बृहत खानेपानीका उपभोक्ताहरुलाइ ९.५ प्रतिशतमा ऋण लगानी गरेको छ । संस्थाबाट प्राप्त गर्ने सम्पुर्ण सेवा समेतको लागि सदस्यता प्रदान गर्न २ हजार ३ सय ११ रुपैया लाग्नेमा खानेपानीका उपभोक्ताहरुको हितको लागि मध्य नजर राख्दै रु ५ सयमा सदस्यता प्रदान गरेको छ ।

सामुदायिक सहकारीले आर्थिक अवस्था कमजोर भई बृहत खानेपानीको उपभोक्ताको तर्फबाट जम्मा गर्नुपर्ने रकम १८ हजार जम्मा गर्न नसक्ने जतिसुकै उपभोक्ता भएपनि लगानि गर्न तयार रहेको संस्थाका व्यवसाय विकास अधिकृत जिवन सत्यालले बताउनु भयो । उहाँले थप्नुभयो संस्थाको २५ औं बर्षको अवसरमा रजतमहोत्सव बर्ष मनाउंदै २०७५ माघ महिनाबाट पाँचखालमा शाखा संञ्चालनमा ल्याएका हौं । हामी पाँचखालमा आउनुको मुख्य कारण पाँचखालका स्थानियहरुसंग सहकार्य गर्ने हो, सोही सहकार्य गर्ने क्रममा बृहत खानेपानी आयोजना सफल गराउनु हाम्रो पनि दायितव भएकोले अभियान चलाएका हौं, शुत्रबारबाट चलाएको अभियानमा ४ सय ३० जना सहभागि भईसकेको छ ।

त्यसैगरी आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाले पाँचखालको पहिचान साथै भविश्य बोकेको बृहत खानेपानी योजना सफल गर्ने कार्यको लागि संस्थाले ८ प्रतिशतमा खानेपानीको उपभोक्ताहरुलाई लगानी गरेको संस्थाका प्रबन्धक ठाकुरनाथ अधिकारीले बताउनु भयो । प्रबन्धक अधिकारीका अनुसार खानेपानी उपभोक्ताहरुलाई लगानी गर्ने १८ हजारको लागि शेवा शुल्क लगायत अन्य कुनैपनि शुल्क नलिईकन सहजढंगबाट सरलमा लगानी गर्ने बताउनु भयो । उहाँले थप्नुभयो हाम्रो प्रमुख उद्देश्यभ भनेको आर्थिक कारोवार मात्रै हैन आर्थिक कारोबारका साथमा सामाजिक कार्य पनी हो , हाम्रा शेयर सदस्यहरुको समस्याको रुपमा रहेको खानेपानी योजना सफल पार्नु हाम्रो पनि दायित्व भएकोले योजना सफल बनाउन जति पनि लगानी गर्न तयार रहेका छौं ।

बृहत खानेपानी उपभोक्ता समितिले गरेको पहिलो सर्वेको आधारमा ५ हजार ९ सय उपभोक्ता रहेकोले प्रति उपभोक्ता १८ हजारको दरले जम्मा गर्नुपर्ने भएको छ । तात्कालिन रुपमा ईनार वा वोरिङ्गको पानीको स्रोतलाई पुर्णता मान्दै दिर्घकालिन रुपको बृहत खानेपानी योजनाको उपभोक्ताको रुपमा सहभागि हुन नचाहनेलाई पछि समावेश हुन ठुलो लगानी गर्नु पर्ने देखिन्छ । नेपाल सरकार खानेपानी विभागको सहलगानि तथा एसियाली विकास वैंकको ऋण लगानिमा दैशै भरमा १९ वटा योजना रहेको छ । १९ योजना मध्य जुन उपभोक्ता समितिले पहिला रकम जम्मा गर्छ सोही योजना पहिला सुरुहु्ने जानकारी प्राप्त भएको छ ।

उपभोक्ता समिति साथै पाँचखालका जनप्रतीनिधिहरुको ठुलो प्रयासमा संञ्चालन हुन लागेको वृहत खानेपानी योजना असफल भएमा केही बर्ष पछि पाँचखालका जनताहरु काकाकुलको अवस्थामा पुग्नु पर्ने सुनिष्चित रहेको छ । स्थानियमुलहरु सुकेर विकल्पको रुपमा इनारको माध्यमबाट पानीको व्यवस्था गर्दै आएको अवस्थामा केही बर्ष अगाडीबाट सो स्रोत समेत भरपर्दो नहुंदा पुन विकल्पको खोजिको क्रममा डिप वोरिङ्गको माध्यम अपनाएपनि सो समेत भरपर्दो अवस्थामा नरहेकोले दिर्घकालीन रुपमा खानेपानीको व्यवस्था हुन नसके पाँचखालमा पानीको लागि ठुलो समस्या आउने दिन नजिकदो छ ।

सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले पाँचखालको प्रमुख समस्याको रुपमा रहेको खानेपानी जुन सुकै हालतमा समाधान गर्नेको लागि जुटेको बताउनु भयो । अध्यक्ष लामिछानेले थप्नुभयो “योजना फेल हुनु भनेको सिंगो पाँचखाल खानेपानीको लागी पछि पर्नु मात्रै नभएर पाँचखालको इतिहासनै कमजोर हुनु हो” । योजनालाई फेल हुन नदिनको लागि घरदैलो अभियान साथै माईकिङ्ग गर्ने कार्य निरन्तर रुपमा भएको छ ।

उक्त योजना मार्फत प्रति सेकेण्ड २ सय लिटरको दरले लिफ्ट मार्फत पानी तानेर बितरण हुने भएको छ । दोलालघाट नजिक ज्यामिरेबाट लिफ्ट गरी पिउने पानी पाँचखाल आउने तयारी भएको हो । पाँचखालमा पौरानिक मुलहरु त, केही वर्ष अगाडिनै सुकिसकेको र विकल्पको रुपमा इनारको माध्यम अपनाएको सो पनि सुक्न थालेपछि बोरिङ्ग गरी पानीको व्यवस्था गरेकोमा सो स्रोत पनि भरपर्दो नभएको अवस्थनामा दिर्घकालिन ढंगको भरपर्दो पानीको योजना सफल हुंदा जवसम्म कोशि वगिरहन्छ तवसम्म पाँचखालमा पानीको समस्या रहन्न ।

  • बृहत खानेपानीको लागि सहकारीहरुको लगानी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0