Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“ठेकेदार र नगरपालिकाको चेपुवामा व्यवसायी”, अधिकारका कुरा गरे घोक्रेठ्याक लगाइन्छ–व्यवसायी

प्रभातफेरी अनलाइन ५४१७ पटक पढिएको प्रकाशित मिति: २०७६ अषाढ १८, बुधबार (६ साल अघि)
“ठेकेदार र नगरपालिकाको चेपुवामा व्यवसायी”, अधिकारका कुरा गरे घोक्रेठ्याक लगाइन्छ–व्यवसायी

बनेपा-काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानिय निकायहरु मध्येको महत्वपूर्ण र व्यापारिक केन्द्रको रुपमा वाहा वाहा पाएको बनेपा नगरपालिका अहिले आलोचनाको भकारी भएको छ । जताततै आलाचनै आलोचनाको घेरावन्दीमा रहेको स्थानियहरुको गुनासो छ । छन् सञ्चार तथा सुचना प्रविधि मन्त्रीले एक सार्वजनीक कार्यक्रममा बनेपा नगरपालिका सुस्ताएकोमा चिन्ता जाहेर गरेपछि बनेपा नगरको क्रियाकलापको बारेमा सबै सरोकारवाला झस्किएका छन् ।

यता व्यवसायिकतालाई व्यवस्थित बनाउने नाममा व्यवसायिक भवनहरु व्यक्तिको पोल्टामा सुम्पने काम भएपछि वषौं देखिको आप्mनो रोजिरोटीको आधार गुमेको व्यापारीहरुको गुनासो छ । अहिले ठेकेदारको मनलाग्दी चलेको छ । जतिपनि अशुलेका छन् । भाडा तिरेबापत पाउनु पर्ने कुनै पनि सुविधाका बारेमा बोल्यो कि त पोल्यो । ठूला कुरा गर्छस्, घोक्रेठ्याक लाइदिउँला नि भनि हाल्छन् । कुनै मापदण्ड छैन भाडा निर्धारणको । जतिपनि असुल उपर गरेका छन् । नगरपालिका यस सवालमा निरिह बनिरहेको छ । हाम्रो गुनासा सुनाउने र सम्बोधन हुने निकाय हामीले पाएनौं । शौचायको दुर्गन्धले बसपार्क प्रवेश गर्न सक्ने अवस्था छैन । अझ महिला शौचालयमा त प्रवेश गर्न मुस्किल मात्र होइन चुकुल समेत छैन ढोकामा । बसपार्कमा बस प्रवेशमा रोक लगाएको छ । त्यसमा पनि पैसा कै चलखेल भएको कारण बस व्यवसायीहरुले बसपार्कमा बस लान चाहेका छैनन् ।

ठेकेदारहरुले महिनावारी भाडा ५ सय गुना बढाएका छन् भने व्यापार भने शुन्यता तिर धकेलिनुले के देखाउछ भने हाम्रा बालबच्चा मर्ने दिन आए भन्छन् व्यवसायीहरु । उहाँहरुको एउटै गुनासो छ, समाचार आओस नाम नआओस् । किन ? भनि सोध्दा हामीलाई ठेकेदार र नगरपालिकाका गलत क्रियाकलापका बारेमा बोल्ने छुट छैन । बोल्यो कि त मुन्द्रे चुल्ठेको धम्की आइ हाल्छ । लागत भन्दा २ सय गुना बढी असुलेका छन् । यो ज्यादतिका बारेमा सुनिदिने कोही छैन । धन्य छ, कस्तो नेतृत्व चुनेछौं । सुनेका छौं, चुल्ठेमुन्द्रेले जे गरेनी हुन्छ रे, उनीहरुलाई कुनै कानुन लाग्दैन रे । मापदण्ड मिची भवनहरु पनि बनेका छन् रे । प्राविधिकलाई किनेका पनि छन् र । नगर प्रमुख निन्द्रा मै दस्तखत गरिदिन्छन् रे । अन्याय प¥यो भनेर अख्तियारमा उजुरी परेपछि अख्तियारले कार्वाहिका लागि पठाएको पत्र नगरको मिलेमतोमा दम्पच पारेर राखिएको छ रे । सार्वजनिक सरकारी सम्पत्तिलाई मिचेर घर बन्छन् । पेटि बन्छन् । कोही बोल्ने हिम्मत राख्दैनन् । तै चुप मै चुप । निराजुको राज्य भएको छ बनेपा नगरपालिका । बलियाले जे गरेपनि हुन्छ । निर्धा निमुखाले नीतिसंगत, नियमसंगत काम गर्दा पनि न्याय पाउँदैन । एक इन्च भएपनि सार्वजनिक सम्पत्ति नहडपिकन चित्तै बुभ्mदैन बनेपालीको भन्दा फरक पर्दैन भन्छन् लामो समयदेखि व्यवसाय गर्दै आएका सिजन गौतम (छदम नाम) । नगरभित्र नगरको नीति लागु हुन्न । एक दिन ठूलै दुर्घटना हुन्छ । त्यतिबेला बल्ल होस खुल्छ । समयले नेटो काटिसकेको हुन्छ । अनि पछुताउनुको विकल्प मात्र बाँकी रहन्छ बनेपालीसँग ।

व्यापारीहरुको गुनासो छ पैसा लिएपछि सुविधा पनि दिनु प¥यो नि । होइन भने सम्झौता अनुसारको काम हुन्न भने हाम्रो धरौटी फिर्ता दिनुहोस् हामी जान्छौं । व्यापार हुँदैन, किन बस्ने ? एक एक लाख धरौटी लिएको छ । अनि अग्रिम मासिक भुक्तानि पनि दिनु पर्ने तर सामान्य नागरिकले उपयोग गर्न अधिकारबाट बञ्चित हुनु पर्ने कस्तो विडम्बना ? असुरक्षा त्यतिकै छ । तीन महिनाको बिचमा ५ पटक सम्म पसलहरु चोरी भएका छन् । त्यो सुरक्षाको दायित्व कसको ? रकम असुले पछि सुरक्षा दिनु पर्छ कि पर्दैन ? कतै मिलेमतो त छैन ? आशंकाको घेरा भित्र रुमलिनुको बिकल्प छैन भन्छन् व्यवसायीहरु । यो सबै नगरपालिकाका दलालीहरुको खेल हुनु पर्छ । यदि होइन भने किन व्यक्तिलाई जिम्मा लगाईयो व्यवसायिक भवनहरु ? भाडा उठेकै थियो । समय सापेक्षित रुपमा भाडा बढाउदा कसैलाई पनि आपत्ति हुने थिएन । हामी व्यवसायीहरुले सामुहिक रुपमा त्यो प्रतिवद्धता नगरपालिका समक्ष राखेका पनि हौ. । त्यसैलेपनि यसको जवाफ अब आउने निर्वाचनमा दिन पछि नपर्ने व्यवसायीहरुको कटिबद्धता छ । व्यापारीहरु भन्छन्– हिजोको गल्ति अब दोहोरिन्न । यस्ता निकम्मा नेतृत्व आवश्यकता छैन । याद रहोस्, झिजाले मुँढो डढाउँछ । ख्याल राख्नुहोस्, विभिन्न विचारले भरिएका हामी व्यापारी कति त ने.क.पा.कै कार्यकर्ता पनि हौं । यहि ज्यादती रहेमा चोटिलो परिणाम दिन पछि पर्दैनौं भन्छन् बसपार्क भित्रका व्यवसायीहरु ।

यस्तै बस्ती विकासको चरम उत्सर्गमा पुगेको छ बनेपा नगर तर न ढल निकास छ, न पानीको उचित व्यवस्थापन छ, न फोहोरमैलाको निकास व्यवस्थित छ, धन्य छ नगर नेतृत्व प्रति भन्दछन् स्थानिय । नगरवासीहरुको एउटै स्वर छ यो नेतृत्वबाट अपेक्षा राख्नु व्यर्थ हो भन्दै रोष व्यक्त गर्न पछि पर्दैनन् स्थानियहरु । यो अस्तव्यस्तका बारेमा नगरसँग सम्पर्क राख्न खोज्दा सम्पर्क मै आउन चाहाँदैनन् आइ हालेपनि खुल्न चाहाँदैनन् । खुलिहालेपनि जिम्मेवारीबाट पन्सिनु बाहेक अर्काे निकास दिन सक्दैनन् बनेपा नगर नेतृत्व ।

  • “ठेकेदार र नगरपालिकाको चेपुवामा व्यवसायी”
  • अधिकारका कुरा गरे घोक्रेठ्याक लगाइन्छ–व्यवसायी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0