Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृषिमा आधुनिकताको विकल्प छैन–प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन ५८०२ पटक पढिएको प्रकाशित मिति: २०७६ अषाढ १८, बुधबार (६ साल अघि)
कृषिमा आधुनिकताको विकल्प छैन–प्रमुख न्यौपाने

पनौती-दिनका मध्यान्त हुदैछ । मलिन मुस्कान सहित पूर्व क्षितिज अगाडि बढ्दै छ । गोलीको रप्mतारमा आएका पाहुनहरुको स्वागतका लागि किसानहरु आतुर देखिन्छन् । वडा नं. ५ का वडाध्यक्ष श्रीधर पाध्याय कुँइकेलको प्रतिक्षाको घडी रोकिन्छ जम्मा भएका किसानहरुमा रोपाइप्रतिको लाली उत्कर्षमा पुग्छ । व्यग्रताको उत्सुकता एकाएक परिणतमा लर्किन्छ । सबै सहभागीहरुको आकर्षणका केन्द्र विन्दु नगरपिता नगरप्रमुख भिम न्यौपानेको आगमन हुन्छ । १६औं राष्ट्रिय धान दिवसलाई सार्थक तुल्याउन कोदाली समातेर बाउसे गर्न के तम्सेका हुन्छन् । उपप्रमुख गिता बञ्जारा पनि के कम, जम्मा भएका अन्य रोपारलाई लिएर खेतको गह्रामा पुग्नु भयो ।

हिन्दु संस्कार अनुसार परम्परालाई साक्षी राख्दै पुजाआजा गरी कोदाली नचाउदै नगरप्रमुख भिम न्यौपाने बाउसे गर्न लाग्दै गर्दा किसानहरु नाच्दै असारे हिलामै लठारिँदै तयार पारेको भूमिमा रोपारहरु छुपुमाछुपु धानको बिऊ लिएर रोप्दै थिए । उता बाजागाजाका साथ मनोरञ्जनका साथ शुरु भएको रोपाइमा पशुचिकित्सक मणी सापकोटा कुम मर्काउदै कोदाली र माइक्रोफोन संगै बाउसे गर्न पुग्छन् । कृषि शाखा प्रमुख ऋतिक्षा पौडेल पनि के कम ? पुरै समय धान रोपेरै प्रस्तुत हुने जमर्काे सहित असारे हिलोमा लुट्पुटिदै धान रोप्न पुग्नु भयो ।

यीनै संयोजनका बीच मनाइएको १६ औं राष्ट्रिय धान दिवसका बारेमा प्रतिक्रिया दिदै नगरप्रमुख भिम न्यौपाने—पनौती नगरपालिका कृषिको लागि उर्वर भूमि भएकोले परम्परावादी तरिकाबाट हुँदै आएको कृषि प्रणालीमा आमूल परिवर्तन ल्याउन आवश्यक छ । किसानहरुलाई आप्mनो उत्पादन प्रति मनोबल बढाउन आवश्यक छ । आत्मनिर्भर बनाउन आवश्यक छ, त्यसका लागि आधुनिकता दिनुको विकल्प छैन । यसका लागि नगरपालिका कटिवद्ध छ भन्नु हुँदै प्रमुख न्यौपानेको थप कथन थियो–पनौती नगरको जुन नारा छ, त्यसलाई सार्थक तुल्याउन सम्पूर्ण नगरवासीको पनि कर्तव्य हुन्छ । अब उत्पादनयुक्त भूमिको संरक्षण गर्न आवश्यक छ । त्यसका लागि नगरपालिका सम्पूर्ण शक्ति परिचालन गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता वडा नं. ५ का वडाध्यक्ष श्रीधर पाध्याय कुइकेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य कृषि अधिकृत ऋतिक्षा पौडेलले गर्नु भएको थियो । कार्यक्रमका सञ्चालन पशु चिकित्सक मणी प्रसाद सापकोटाले गर्नु भएको थियो । कार्यक्रममा रोपार र बाउसेहरुले आप्mनो परम्परा र मौलिकतालाई उच्च सम्मानका साथ असारे भाकाहरुले सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा उप—प्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाई, बरिष्ट प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी र विभागी प्रमुखहरु, वडा अध्यक्षहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा मनोरञ्जनात्मक रुपमा सबै रोपार बाउसेहरुलाई आकर्षक रुपमा मन्त्रमुग्ध बनाउन कृषि प्राविधिक सम्झना लिम्खाले महत्पूर्ण भूमिका खेल्नु भएको थियो । उहाँ सबैको आकर्षणको केन्द्र विन्दु बन्नु भएको थियो । यसरी पनौती नगरपालिका कृषि तथा पशु शाखाले पहिलो पटक नमूनायोग्य रोपाइ गरेर १६ औं राष्ट्रिय धान दिवस सम्पन्न गरेको छ ।

  • कृषिमा आधुनिकताको विकल्प छैन–प्रमुख न्यौपाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0