Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अनुमतिको अभावमा काभे्रमा कक्षा ११ र १२ बन्द हुंदै, सहज ढंगबाट गुणस्तरयि शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित

प्रभातफेरी अनलाइन ३७५८ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३, मंगलबार (६ साल अघि)
अनुमतिको अभावमा काभे्रमा कक्षा ११ र १२ बन्द हुंदै, सहज ढंगबाट गुणस्तरयि शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित

बनेपा-काभे्र जिल्लाकै सवैभन्दा पुरानो क्याम्पसको रुपमा रहेका काभ्रे बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यापनको चक्र पुरा गर्न सफल भई QAA हासिल गर्ने तयारीमा पुगेको छ ।

जिल्लाका बिभिन्न स्थानबाट बिद्यार्थिहरु अध्ययनको लागि आउने उक्त क्याम्पसमा अव कक्षा ११ र १२ सञ्चालन नहुने शंकेत देखा परेको छ । जसको कारण विद्यार्थिहरुले थोरै लगानि गरी गुणस्तरीय शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित हुने संम्भावना प्रवल रहेको छ ।
क्याम्पसले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी क्याम्पसले कक्षा ११ र १२ बन्द गर्नुपर्ने बाध्यताको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख केजि वैदारले बनेपा नगरपालिकाले सिफारिस नदिदा उक्त कक्षाहरु बन्द गर्नुपर्ने अवस्था आएको बताउनु भयो । क्याम्पसले जारी गरेको विज्ञप्तिमा उललेख गरेको छ , नेपाल सरकारको नीति तथा निर्देशन अनुसार प्राबिधिक शिक्षा तर्फको कक्षा ९ र १० सञ्चालन गरी नेपाल सरकारको शिक्षाको नयाँ नीति अनुसार अगाडी बढ्ने उद्देश्यले अनुमतिको लागि २०७५ माघ महिनामा बनेपा नगरपालिका निवेदन दिएकोमा हाल सम्म पनि अनुमति नदिएकोले कक्षा ११ र १२ बन्द गर्नुपर्ने भएको उल्लेख छ ।

मुलुकभरमा झण्डै दुई दर्जन क्याम्पसले मात्र हासिल गर्न सफल भएको QAA काभे्रमा काभे्र क्याम्पसले मात्रै हासिल गर्ने तयारीमा रहेको छ । हाल सम्म काभे्रमा अन्य कुनै क्यापसले QAA हासिल गर्न सकेको छैन । राष्ट्रिय स्तरको मान्यता पाउन सफल काभे्र क्याम्पसले समय सापेक्षित विद्यार्थिहरुको चाहना अनुसार नयाँ कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको छ । जसमा बि.बि.ए, बि.एच.एम, बि.एस.सि, सि.एस.आइ.टि (बिइ) समेतको कक्षा संञ्चालन गर्ने तयारी गरेको छ । तर उक्त कक्षहरु संञ्चालन गर्न हाल क्याम्पस रहेको स्थानमा जग्गा नपुग्ने भएकोले जग्गा व्यवस्थापन गर्ने जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख केजि वैदारले नयाँ ढंगको कक्षहरु संञ्चालन गर्न कम्तिमा ४० रोपनि जग्गा आवश्यक हुने भएकोले सो जग्गा जुन स्थानमा मिल्छ सोही स्थानमा गएर कक्षा संञ्चालन गर्ने तयारी भएको जानकारी गराउनु भयो । क्याम्पसले ल्याएको नयाँ ढंगको कक्षा बनेपा नगरपालिका, धुलिखेल नगपालिका र पनौति नगरपालिका मध्य कुनै एक स्थानमा संञ्चालन गर्ने तैयारी गरेको बताउनु भयो । उहाँले थप्नुभयो काभे्र क्याम्पसको नाउमा रहेको १८ रोपनि १० आना जग्गा मध्य बनेपा नगरपालिकाले हस्तक्षप गर्दा हाल हाल ८ रोपनि मात्र रहेकोले थप कक्षाहरु संञ्चालनको लागि अन्यत्र जानुपर्ने अवस्था आएको बताउनु भयो ।

बैदरका अनुसार विश्वविद्यालय अनुदान आयोगको ८ वटा मापदण्ड पूरा गरेको छ । जसमा नीति तथा कार्यविधिहरु, पाठ्यक्रम, शिक्षण सिकाई तथा मुल्यांकन पद्धति, अनुसन्धान, परामर्श तथा विस्तार सेवा, पूर्वाधार तथा सिकाई श्रोतहरु, विद्यार्थी सहयोग तथा परापर्श सेवा, सूचना प्रणाली र सार्वजनिक सूचना सम्प्रेशनहरुमा उल्लेखिनीय सुधारहरु जस्ता मापदण्ड पूरा गरेको छ । क्याम्पसले यो मापदण्ड पूरा गरेपछि BBA, BHM, BSC (CSIT), BE लगायतका कार्यक्रमहरु सञ्चालन गर्न सक्ने आधारहरु निर्माण भएको छ ।

नगरले अनुमति नदिदा कक्षा ११ र १२ संञ्चालन नहुने बिषयमा बनेपा नगरपालिकाका शिक्षाशाखा प्रमुख श्यामसिं धामीसंग सम्पर्क गर्दा क्याम्पसले सम्बन्धित वडाको सिफारिस लगाएतको आवस्यक कागज नपुगेको कारण अनुमति दिन नसकेको बताउनु भयो । शिक्षा शाखाको भनाईको बिषयमा क्याम्पस प्रमुख बैदारसंग बुझ्दा वडा कार्यालयमा सिफारिस मागेको वडाले आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भन्दै वडाध्यक्षले नगरपालिकालाई चिठी काट्दा समेत नगरले कुनै प्रतिउत्तर नदिएको बताउनु भयो ।

  • अनुमतिको अभावमा काभे्रमा कक्षा ११ र १२ बन्द हुंदै
  • सहज ढंगबाट गुणस्तरयि शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0