logo
२०८३ श्रावण १०, आईतबार |
📰
🔍

समुदायमा इन्द्रेश्वर लायन्स

प्रभातफेरी अनलाइन६९३२ पटक पढिएको | २०७६ भाद्र ३, मंगलबार
समुदायमा इन्द्रेश्वर लायन्स

पनौती-समुदायमा समर्पित नाम लायन्स जसले समाजका प्रत्येक क्रियाकलापमा आफूलाई सहभागी बनाएको छ ।
सोही बमोजिम आफ्ना वार्षिक कार्यक्रम समयानुकुल समाजप्रति समर्पित गर्ने क्रममा मंगलबार प्रहरी चौकी पनौती, संघीय प्रहरी इकाई गुल्म बागमती र लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरको संयुक्त प्रयासमा पुण्यमाता नदी किनारमा मौलाउँदै गएको गाँजा फँडानी र गत वर्ष वृक्षारोपण गरिएका विरुवाहरुको गोडमेल गरिएको छ ।

उक्त कार्यक्रममा संघीय प्रहरी इकाई गुल्म बागमतीका गुल्मपति राजेशकुमार कार्की, प्रहरी चौकी पनौतीका प्रमुख शिव कार्की र लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरका अध्यक्ष रामकुमार बस्नेत र जोन चियर पर्सन भोला थापाको नेतृत्वमा उपस्थित जनहरुबाट उक्त अभियानलाई सम्पन्न गरेका थिए ।

कार्यक्रमको समायोजन लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरले पुण्यमाता करिडोर र आसपासको क्षेत्रमा सञ्चालन गरेको थियो । उक्त अभियानलाई स्थानीयहरुको बाक्लो सहयोग रहेको उपस्थितिले पुष्टि गरेको थियो । सडक किनारमा बढिरहेको अतिक्रमित सडकलाई व्यवस्थित गर्न सहयोग पुगेको स्थानीयहरुको भनाई थियो । यस किसिमको सामाजिक कार्यमा लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरले आफूलाई समाहित गरेकोमा स्थानीय प्रेम कुँवर संस्थाप्रति आभार व्यक्त गर्दै अन्य संघसंस्थाहरुले पनि यस किसिमका कार्यहरु गरे सानासाना कामहरुमा राज्यको मुख ताक्ने संस्कारको अन्त हुने विश्वास व्यक्त गरेका थिए ।