logo
२०८३ श्रावण ८, शुक्रबार |
📰
🔍

साताको अन्तिम कारोबारमा नेप्से ७.९० अंकले उकालो

प्रभातफेरी अनलाइन२७ पटक पढिएको | २०८३ श्रावण ८, शुक्रबार
साताको अन्तिम कारोबारमा नेप्से ७.९० अंकले उकालो

काठमाडौं, साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ।

शुक्रबार ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस दिन एक करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर ७० हजार १५८ पटक किनबेच भएको नेप्सेले जनाएको छ।

कारोबारमा १५२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ। एभरेस्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त, सगरमाथा जलविद्युत्, खानीखोला हाइड्रो र झापा इनर्जी उच्च नाफा कमाउने कम्पनीमा परेका छन्।

समूहगत रूपमा फाइनान्स, जलविद्युत्, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, म्युचुअल फन्ड, अदर र ट्रेडिङ समूहका सूचक घटेका छन् भने बाँकी सबै समूहका सूचकमा वृद्धि भएको छ।