Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रेडियो सन्देशको बार्षिक उत्सवमा पत्रकारहरु सम्मानित हुने

प्रभातफेरी अनलाइन ५७१६ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ९, सोमबार (६ साल अघि)
रेडियो सन्देशको बार्षिक उत्सवमा पत्रकारहरु सम्मानित हुने

आर.एल.श्रेष्ठ

हेटौंडा-सामुदायिक सञ्चार समुहद्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्जले आफ्नो बार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ ।

रेडियोका अध्यक्ष सुनिल खड्काले आज पत्रकार सम्मेलन मार्फत बार्षिक उत्सवको अवसरमा गरिने कार्यक्रमहरु सार्वजानिक गर्नुभएको छ । सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज २०७५ साल असोज १४ गतेबाट बिधिवत रुपमा १०६ दशमलव ९ मेगाहर्ज प्रशारणमा आएको हो ।

रेडियोले आफ्नो बार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय फुटसल मिडिया कप, जिल्लाका राजनैंतिक दल र पत्रकार बिच मैंत्रिपुर्ण फुटसल प्रतियोगिता, सामुदायिक बिद्यालयको रुपान्तरणको लागि बृहत शैंक्षिक अन्तक्र्रिया, निःशुल्क स्वास्थ्य शिविर र स्थानीय तहमा सूचनाको हक कार्यान्वयन बिषयक ३ नम्बर प्रदेश स्तरीय अन्तक्र्रिया कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
असोज १४ गते हुने मुख्य कार्यक्रमका दिन रेडियोका अध्यक्ष खड्काले आफ्नो स्वर्गिय पिताको नाममा स्थापना गरेको “रामचन्द्र खड्का स्मृति सिर्जनशिल पत्रकारिता पुरस्कार–२०७६ बाट १ जना सञ्चारकर्मीलाई पुरस्कृत गरिने भएको छ भने बर्ष व्यक्ति सम्मान २०७६ बाट ४ जना सामाजिक व्यक्तित्वलाई सामुदायिक सम्मान प्रदान गरिने अध्यक्ष खड्काले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध कार्यक्रम सहितको साँस्कृतिक साँझ पनि आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

बार्षिक उत्सवको अवसरमा मकवानपुर जिल्लामा रहेका सञ्चारगृह बिच फुटसल मिडिया कप हुने भएको छ । असोजको ९ र १० गते हुने फुटसलमा मकवानपुर जिल्लाका सञ्चारगृहहरुले सहभागी जनाउनेछन् । फुटसलका बिजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । फुटसलको उद्घाटनमा जिल्लाका राजनैंतिक दल र पत्रकार बिच मैंत्रीपूर्ण खेल हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । अध्यक्ष खड्का प्रकाशक रहेको निकास साप्ताहिकको आयोजनामा बिगत १२ बर्षदेखी जिल्लाका राजनैंतिक दल र पत्रकारबिच मैत्रिपूर्ण फुटबल खेल आयोजना हुँदैं आएको थियो ।

यस्तैं बार्षिक उत्सव कैं अवसरमा शिक्षासंग सम्बन्धित सरोकारवालाहरु बिच बृहत अन्तक्रिया पनि हुने भएको छ । सामुदायिक बिद्यालयको रुपान्तरण लागी शैंक्षिक अन्तक्रिया गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । बार्षिक उत्सवकैं अवसरमा हरेक बर्ष गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर पनि हुने भएको छ । आँखा शिविर, दन्त शिविर र सम्पुर्ण सेवासहितको स्वास्थ्य शिविर गर्न लागिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

सुचना व्यवस्थापन गर्न नसक्दा स्थानिय सरकार र सञ्चारकर्मी बिचको सम्बन्धमा समस्या आएकाले स्थानीय तहमा सूचनाको हक कार्यान्वयन बिषयक ३ नम्बर प्रदेश स्तरीय अन्तक्र्रिया कार्यक्रम पनि आयोजना हुने भएको छ । अन्तक्र्रिया कार्यक्रममा ३ नम्बर प्रदेश अन्र्तगतका १३ जिल्लाका सञ्चारकर्मी सहभागि हुनेछन् । कार्यक्रममा मकवानपुर जिल्लाका सबैं स्थानीय तहका जनप्रतिनिधी र स्थनिय सरकारको सहभागिता रहने बताईएको छ ।

  • रेडियो सन्देशको बार्षिक उत्सवमा पत्रकारहरु सम्मानित हुने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0