Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नगरका कर्मचारीलाई पाँचहजार तलब

प्रभातफेरी अनलाइन ५०६४ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र १०, मंगलबार (६ साल अघि)
नगरका कर्मचारीलाई पाँचहजार तलब

पाँचखाल-सरकारले न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैंया तोकेपनि मासिक ५ हजारमा काम गर्न बिवस छन् नगरका कर्मचारी । प्राईभेट फर्म, व्यक्तिगत व्यवसाय संञ्चालन गर्नेहरुले समेत सरकारी नीति अनुसार कार्य गरी रहेको अवस्थामा नगरको कर्मचारीकै श्रम शोषण भईरहेको छ ।

पाँचखाल नगरपालिका वडा नं ६ को कार्यालयमा कार्यालय सहयोगिको रुपमा २०७५ साल श्रावन १ गते नियुक्ति भएकी सोभा के.सीले मासिक रुपमा ५ हजार तलव बुझ्दै आएकी छन् । आफ्नो नगरमा रहेको व्यक्तिगत तथा साझेदारी व्यवसाय संञ्चालन गर्नेहरुले श्रमिकले पाउनु पर्ने न्यूनतम पारीश्रमिक पाए नपाएको अनुगमन गरी श्रम शोषण हुन नदिनु पर्ने निकाय आफैले श्रम शोषण गर्दा समेत सम्बन्धित निकाय मौन रहेको छ ।

स्नातक सम्म अध्ययन गरेकी के.सीले बेरोजगारीको कारण वडा कार्यालयमा कार्यालय सहयोगिको रुपमा काम गर्न बिवस भएकी हुन् । विहान ९ बजे कार्यालयमा पुगेर सरसफाई सहितको सवै व्यवस्थापन गरेपछि कार्यालयमा आउने सेवाग्राहीको काम चार किल्ला प्रमाणित, घरवाटोको सिफारीस, दर्ता चलानि, सिफारीस लेख्ने लगायतको कार्यालयबाट सेवाग्राहिलाई दिनुपर्ने सवै काममा निपुन छिन् ।

कर्मचारीलाई पारिश्रमिक कम दिएको बिषयमा वडाका वडाअध्यक्ष रामशरण दुलालसंग सम्पर्क गर्दा स्थानिय निर्वाचन हुनु भन्दा अगाडी वडा कार्यालयको कार्यालय सहयोगिलाई मासिक ३ हजार लिदएर कार्य गराएको बताउनु भयो । पहिलाको कार्यालय सहयोगिले काम छाडेपछि २०७५ साउन १ गते नियुक्ति गरेको सोभाले कार्यालय सहयोगिको काम साथै सेवाग्राहीको कुनैपनि काम गर्न सघाउने भएकोले मासिक ५ हजारमा काम गराएको बताउनु भयो । उहाँले थप्नुभयो नगरमा रहेका अन्य कर्मचारीले श्रमिकले पाउनु पर्ने न्यूनतम पारीश्रमिक भन्दा वढीनै तलब बुझेको अवस्थामा मेरो वडामा रहेको कार्यालय सहयोगीलाई भने मासिक ५ हजार मात्रै भएकोले पटक पटक नगरपालिकामा कुरा उठाउंदा समेत सुनुवाई हुन नसकेको बताउनु भयो ।

त्यस्तै नगरमा रहेको धेरै जसो आधारभुत विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्नेहरुको समेत श्रम शोषण भएको धेरै उदाहरणहरु रहेका छन् । उदाहरण स्वरुप पाँचखाल वडा नं ६ मा संञ्चालन भएको झिंगना देवि आधारभुत विद्यालयमा कार्यालय सहयोगीको रुपमा ६ बर्ष देखि काम गर्दै आएकी मालति दनुवारले बार्षिक ५२ हजारमा काम गर्न बिवस छिन् । १२ कक्षा उतिर्ण गरेकि दनुवारले कार्यालय सहयोगीको साथै आवश्यक हुंदा विद्यार्थिहरुलाई पढाउने समेत काम गर्छीन ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सवै श्रमिकको न्यूनतम मासिक १३ हजार ४ सय ५० पाउने गरी श्रमिकहरुको तलब वैंक खातामा जम्मागर्नुपर्ने निर्देशन दिएको छ । श्रम ऐन २०७४ र श्रम नियमावलि २०७५ ले तोकेअनुसारको न्यूनतम पारिश्रमिक साथै अन्य वित्तिय सेवा उपलब्ध नगराउने जोकोहिलाई कारवाही गरीने उल्लेख गरेको छ ।

  • नगरका कर्मचारीलाई पाँचहजार तलब
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0