Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“संयुक्त पदस्थापन कार्यक्रम” नगरले चार सय वटा पाडीहरु वितरण गर्ने-प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन ६७२० पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र १०, मंगलबार (६ साल अघि)
“संयुक्त पदस्थापन कार्यक्रम” नगरले चार सय वटा पाडीहरु वितरण गर्ने-प्रमुख न्यौपाने

प्रल्हाद शर्मा हुमागाईं

पनौती-गत मंगलबार पनौतीमा भएको लायन्स क्लबहरुको संयुक्त पदस्थापना समारोहलाई सम्बोधन गर्ने क्रममा पनौती नगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि भिम न्यौपानेले उपत्यकावासीको लागि आवश्यक पर्ने दुधको ८० प्रतिशत आपूर्ति पनौती क्षेत्रले व्यहोरेको तथ्य सार्वजनिक गर्दै किसानका लागि यो आर्थिक वर्ष ४ सय पाडी वितरण गर्ने बताउनुभएको छ ।

लायन्स र रोटरी जस्ता मानविय संस्थाहरुसँग नगरपालिका एकाकार भएर जाने स्मरण गराउँदै गफ होइन, काम गरौं, विगतका दिनमा के भए त्यता नजाऔं । अब सबैको दायित्व नगरको सम्वृद्धि हो त्यतातर्फ लागौं । आज रोजगारका नाउँमा हजारौं युवा विदेशमा छन्, अब रोजगार स्वदेशमै हुन्छ भन्ने अनुभुति गराउनु छ । त्यसका लागि सामूहिक खेती आकर्षक गन्तव्य हुन्छ । त्यसका लागि सहकारी मार्फत् नगर आफ्नो दायित्व पूरा गर्न तयार रहेको प्रमुख न्यौपानेको धारणा थियो । गत वर्ष नगरले लिएको भैंसी सुत्केरी भत्ताले किसान आकर्षित भएको स्मरण गराउनुहुँदै यो वर्ष लगनशील किसानका लागि उन्नत जातका पाडी वितरण गर्ने लक्ष्य लिएको समेत प्रमुख न्यौपानेले सम्बोधनका क्रममा बताउनुभयो ।

सम्बोधनकै क्रममा चर्चामा रहेको काभ्रे उपत्यका खानेपानी आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भइसकेकोले त्यसका लागि आवश्यक पर्ने दक्ष जनशक्ति लायन्स क्लबले उत्पादन गर्ने उद्घोष गरेकोमा डिष्ट्रिक गभर्नर लायन इन्दु लम्सालको टिमलाई धन्यवाद व्यक्त गर्दै उक्त प्राविधिक तालिमका लागि प्रत्येक वडाबाट १० जनाका दरले बेरोजगार युवा युवतीको छनौट गरी डिष्ट्रिक गर्भनर मार्फत् सम्बन्धित निकायमा बुझाउने जानकारी दिँदै प्रमुख न्यौपानेले लायन्स लिडरहरुले प्रस्तुत गरेका वार्षिक योजनाहरु समय सापेक्षित रहेकोले नगरपालिका एकाकार भएर जानसक्ने समेत प्रमुख न्यौपानेको कथन थियो । निर्धारित समयभन्दा १ डेढ घण्टा ढिला दिप प्रज्वलित गरेर शुभारम्भ भएको उक्त समारोहमा डिष्ट्रिक गर्भनर लायन इन्दु लम्साल, लायन बालकृष्ण बुर्लाकोटी, लायन भोला थापा, सुदर्शन सुवेदी लगायतले लायन्स क्लबले समाजमा पारेको प्रभाव र प्रभावकारिताका बारेमा चर्चा गरेका थिए ।

पनौती लायन्स क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेको आयोजनामा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बि १ क्षेत्रभित्र रहेको लायन्स क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रे, लायन्स क्लब अफ काभ्रे धुलिखेल, लायन्स क्लब अझ काठमाडौं टेम्पल चण्डेश्वरी, लायन्स क्लब अफ इन्द्रेश्वर, लायन्स क्लब अफ काठमाडौं माँ चण्डेश्वरीको संयुक्त पदस्थापना कार्य सम्पन्न भएको छ । जोन चियरपर्सन भोला थापको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पनौती नगरपालिका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न क्लबहरुले गरेको प्रगति विवरणहरु प्रस्तुत गरेको कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार, लगायतले लायन्स क्लबका बारेमा चर्चा गरेका थिए ।

  • “संयुक्त पदस्थापन कार्यक्रम” नगरले चार सय वटा पाडीहरु वितरण गर्ने-प्रमुख न्यौपाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0