Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कर्मकाण्डीमै सिमित भवन डिभिजन कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आलोचना नै आलोचनाको भण्डार, भारत आफू पनि बनाउँदै अरुलाई बनाउन नदिने निच स्वार्थमा

प्रभातफेरी अनलाइन ४९६७ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र २५, बुधबार (६ साल अघि)
कर्मकाण्डीमै सिमित भवन डिभिजन कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आलोचना नै आलोचनाको भण्डार, भारत आफू पनि बनाउँदै अरुलाई बनाउन नदिने निच स्वार्थमा

प्रल्हाद शर्मा हुमागाई
धुलिखेल-ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको वार्षिक कार्ययोजना अन्तर्गत पुनर्निर्माण सम्बन्धी नीति, प्रगति र चुनौती सम्बन्धीका सवालमा सरोकारवाला, सरकारी निकाय, जनप्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजीवि, कानून व्यवसायी, उद्योगी, नागरिक समाजका प्रतिनिधि लगायको उपस्थितिमा पुनर्निर्माणका सवालमा विविध छलफल गराएको छ ।

उक्त छलफलमा सहभागिता जनाउँदै संघीय सांसद एवं पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय इकाई अध्यक्ष गंगा बहादुर दोङ (बमध्वज) नीति र ऐन व्यवहारिकमा फरक पाटा हुन्, कति कुरा पिडितले चाहे जस्तो हुन सक्दैन । जसलाई नीतिले बाँधेको हुन्छ । यो अवस्थामा समन्वयकारी भूमिका खेल्न सकिएला तर पूर्ण रुपमा परिवर्तन गर्न सकिँदैन । कुनै न कुनै रुपमा समस्या छ तर समग्रमा समस्या मुक्त छ काभ्रे जिल्ला भन्नुहुँदै भारतिय दुतावासले निर्माणको जिम्मा लिएका संरचना निर्माण नभएको सत्य हो । भारतले आफ्नो स्वार्थ पूरा गर्न हाम्रा बालबालिकाको भविष्य माथि खेलवाड गरेको यथार्थ कतै लुकेको छैन । यो जटिल समस्याको रुपमा छ, यसको समाधानका लागि प्रधानमन्त्री स्वयं चिन्तित हुनुभएको र समाधानका लागि प्रक्रिया अगाडि बढेको प्रष्ट पार्दै पुनर्निर्माणमा प्राविधिकहरुको पूर्ण सहयोग नभएकोमा टिप्पणी समेत सांसद दोङले राख्नुभयो ।

उक्त छलफलमा पुरातत्व विभागका प्रमुख मोहन सिं लामा, इ. महालक्ष्मी जोशी, गा.पा. अध्यक्ष चौरीदेउराली दिनानाथ गौतम, शिक्षा समन्वय इकाई काभ्रे प्रमुख द्वारिका पोखरेल, पुनर्निर्माण प्राधिकरणका प्रमुख सागर आचार्य, जि.स.स.काभ्रे उपप्रमुख मञ्जु गौतम, महेन्द्र मा.वि.का रामकृष्ण ढकाल, मण्डनदेउपुर १० नं. का वडाध्यक्ष विष्णुमणि नेपाल, वडा नं. ६, डिल्लीप्रसाद आचार्य, बनेपा न.पा. २ का वडा अध्यक्ष हरिशरण घिमिरे, वडा नं. ९ का शेरबहादुर सुवाल, वडा नं. १ का पिताम्बर दुलाल, धुनपा १२ का वडा अध्यक्ष हर्कबहादुर तामाङ, मण्डनदेउपुरका शारीरिक रुपमा अशक्तका प्रतिनिधि पम्फा पुर्काेटी, ओखलढुंगाका भोलामान विक, धुलिखेलका अभयश्वर कार्की, बनेपाका सुरेन्द्र श्रेष्ठ लगायत झण्डै डेढ दर्जन सहभागीहरुले पुनर्निर्माण प्राधिकरणका बारेमा चर्चा गर्दै ढिलासुस्ती हुनुमा बाधक प्राविधिक पहिलो, राजनीति प्रतिशोध दोस्रो र भवन डिभिजन कार्यालयको कर्मकाण्डी संस्कार नै रहेको सहभागीहरुको टिप्पणी थियो ।

कार्यक्रममा विभिन्न विभागीय प्रतिनिधिहरुले वृत्तचित्र प्रस्तुत गर्नुभएको थियो । उक्त वृत्तचित्रमाथि टिप्पणी गर्दै कार्यक्षेत्रमा भएको यथार्थ र वृत्तचित्रमा प्रस्तुत गरिएका क्रियाकलापहरुमा ठूलो अन्तर रहेकोमा सहभागीहरुले आपत्ति जनाउँदै हचुवाभरमा प्रतिवेदन पेश नगर्न सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।

निर्धारित समयभन्दा सवा घण्टा ढिला शुरु भएको उक्त कार्यक्रममा ढिला आएर आफ्नो भनाई हतारमा राख्दै निस्किएका थिए भवन डिभिजन कार्यालय प्रमुख इ. महालक्ष्मी जोशीको टिमप्रति सहभागीहरुले टिप्पणी गरेका थिए । जसले सरोकारवाला निकायको निर्देशनका बारेमा सम्बन्धन नै राखेनन् भनिरहँदा वहाँहरुको व्यवहारले पनि ती कुराहरुलाई पुष्टि गरेको सहभागीहरुको तर्क थियो ।

शुरुको खचाखच सभाकक्ष कार्यक्रमको अन्तमा औंलामा गन्न सकिने अवस्थामा पुगेकोले पनि जिम्मेवार पक्षको दायित्वका बारेमा प्रश्न उठेको थियो । कार्यक्रममा उठेका गम्भीर सवालहरुलाई कार्यक्रमका अध्यक्षता गरिरहनुभएका ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले समग्र रुपमा जिज्ञासा मेटाउनु भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला अधिकृत गंगा लामाले गर्नुभएको थियो । यसैबिच सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन गरिएको छ । यो पनि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको वार्षिक कार्ययोजनाभित्रको एउटा पाटो भएको ट्रान्सपरेन्सीले जनाएको छ ।

  • कर्मकाण्डीमै सिमित भवन डिभिजन कार्यालय
  • भारत आफू पनि बनाउँदै अरुलाई बनाउन नदिने निच स्वार्थमा
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आलोचना नै आलोचनाको भण्डार
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0