प्रल्हाद शर्मा हुमागाई
पनौती-गत शुक्रबार पनौती प्रहरी चौकीको आयोजनामा समुदाय प्रहरी साझेदारी सम्बन्धी नागरिक सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै उप—प्रमुख गिता बञ्जाराले भन्नुभयो “प्रहरीका रचनात्मक कार्यले समाज परिवर्तन हुन प्रेरित गर्छ”।
कार्यक्रमका प्रमुख अतिथि उप—प्रमुख बञ्जाराले नागरिकको सुरक्षा दिने दायित्व प्रहरीको भएको खुलासा गर्नु भएको छ । समाजमा घट्ने अप्रिय घटनाको जिम्मेवार् प्रहरी हुनु पर्ने परम्परावादी संस्कारबाट अब माथि उठ्न आवश्यक रहेको बताउनु भयो । समाजको प्रहरी बर्दीधारी सुरक्षा हो भने नागरिक विना बर्दीका सुरक्षा दस्ता हुन् । तब मात्र नगरले शान्ति सुरक्षाको अनुभूति गर्न सक्छ । समाजका हरेक क्रियाकलापमा प्रहरीको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहन्छ । त्यस भित्रका सकारात्मक वा नकारात्मक क्रियाकलापलाई प्रहरीले कसरी समायोजन गर्छ ? त्यो नागरिकको औंल्याउने दायित्व हो ।
त्यसैले बर्दीधारी प्रहरीले प्रत्येक पाइला चाल्दा सावधानीपूर्वक चाल्न आवश्यक छ । यथार्थ मै भन्नु पर्दा पदीय हिसाबमा होस् या अन्य गतिविधिमा प्रहरी सार्वजनिक सम्पत्ती हो । यसो भनी रहँदा उसको निजी जीवन हुँदैन भन्न सकिएला तर संरचना नै त्यस्तो छ खाँदा खाँदैको खाना छोडेर कर्म क्षेत्रमा खटिनु पर्छ । त्यसले पनि यि कुराहरुलाई पुष्टि गर्छ । त्यसैले प्रहरीले कुनै पनि प्रतिक्रिया जनाउँदा सचेत ढंगबाट प्रस्तुत हुनु पर्छ । उसका गतिविधिले सामाजिक सद्भाव नखल्बलियोस् । यो गम्भिर विषयमा प्रहरी चनाखो रहनु पर्छ भन्नु हुँदै प्रमुख अथिति बञ्जारा थप्नुहुन्छ–प्रहरीका रचनात्मक कामले समाज परिवर्तन हुन्छ । उदाहरणको लागि गाँजा फँडानीलाई लिऔं ।
हिजोसम्म गाँजाको घना जंगल नै देखिने बस्तीहरु अहिले बेमौसमी तरकारीको उत्पादनमा उक्त क्षेत्र अब्बल बन्न पुगेको छ । अबका दिनमा पनि ति क्रियाकलापले निरन्तरता पाउने अपेक्षा पनौती नगरपालिकाले राखेको छ । बाटो विराएकाहरुलाई सहि मार्ग निर्देशन दिएर सुधारोन्मुख मार्ग प्रतत्त गर्नु सामान्य कुरा होइन । जहाँसम्म सि.सि.टि.भि.को सवाल उठेको छ । नागरिहरुको हितका लागि नगरपालिका कुनै पनि मूल्यमा ति सामानहरु मर्मत गरेर हुन्छ या नयाँ खरिद गरेरै भएपनि नगरवासीको पिडामा मलमपट्टी लगाउने दायित्व नगरको भएकोले सि.सि.टि.भि.को सुरक्षा गर्ने दायित्व नागरिक र प्रहरीको भएको बताउनु भयो । त्यसको व्यवस्थापन गर्ने दायित्व नगर लगायत सबै नागरिकको हो । तसर्थ यो सभामा नगरसँग जोडिएर आएका प्रत्येक समस्याहरुलाई समाधान गर्न नगर कति कटिबद्ध रहेको प्रमुख अतिथि बञ्जाराको धारणा थियो ।
उक्त कार्यक्रममा उठेका जिज्ञासाहरु मेटाउँदै इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख (प्र.नि) इन्स्पेक्टर निरञ्जन भट्टराई–प्रहरी चौकी पनौतीको दरबन्दीका बारेमा प्रस्ट्याउदै अहिले जुन नेतृत्व छ यसको संरचना त्यही भएको पुष्टी गर्नु भयो । जहाँसम्म प्रहरी जनशक्तिको कुरा छ यो यहाँको मात्र समस्या नभएर मुलुकभरी कै समस्या रहेकोले राज्य सञ्चालकहरुले यस बारेमा गहन अध्ययन पश्चात् निर्णयमा पुग्ने छन् । यस बारेमा यो भन्दा बढी भन्न सक्ने अवस्था रहन्न । जति जनशक्ति छ ती बाटै सन्तोषजनक परिणाम निकाल्ने जमर्काे गर्ने छौं । पनौती क्षेत्रमा पछिल्लो समय शान्ति सुरक्षाका सवालमा सकारात्मक परिणाम देखिएको छ । त्यो अत्यन्तै चर्चा गर्न लायक छ । त्यसलाई नागरिकको तर्पmबाट पुगेको सहयोगका लागि पनौतीवासीप्रति धन्यवाद ज्ञापन गर्दछु भन्नु हुँदै इन्स्पेक्टर भट्टराई थप्नहुन्छ–प्रहरीको पहिलो कर्तव्य समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्नु हो । त्यसका लागि नेपाल प्रहरी कुनै पनि मूल्य चुकाउन पछि पर्दैन । यी विषयमा सम्झौता पनि हुँदैन । यसका पछिल्ला गतिविधिले पनि यी कुराहरुलाई प्रष्ट्याएको छ । प्रहरी बदीधारी सुरक्षाकर्मी हो भने नागरिक विन बर्दीको प्रहरी हुन् भन्ने अनुभूति दिलाउनु प¥यो । यदि त्यो किसिमको वातावरण सृजना गर्न सकियो भने पक्कै पनि सर्वसाधारण नागरिकले निर्धक्कसँग जीवन यापन गर्न सक्ने छन् । हामी सबैको ध्यायन त्यतातिर केन्द्रित गर्न आवश्यक छ भन्नु भयो ।
कार्यक्रममा शिक्षा विद् डा. अम्बुभवानी कार्कीले समग्र शैक्षिक संस्थाहरुको बारेमा चर्चा गर्दै अहिले विद्यार्थीहरुमा नैतिकता हराएको छ । दूव्र्यसनका सिकार बनेका छन् । लागु औषध र दूव्र्यसनीको अम्बली भएका छन् । यस किसिमको परिवेशमा प्रहरीको दायित्व अझ बढी खड्किएको छ । त्यसैले प्रहरीले अभिभावकत्व जिम्मेवारी बहन गर्नु पर्ने अवस्था आएको छ । त्यसैले नगरभित्र रहेका सुराक्षकर्मीहरुले प्रत्येक विद्यालय र कलेजहरुमा निगरानी बढाउनु आवश्यक छ । यो परिस्थिातिमा प्रहरीले आÇनो दायित्वलाई गम्भिर रुपमा लिनेछ भन्ने अपेक्षा रहेको बताउनु भयो ।
त्यसैगरी राजनीतिकर्मी वेदप्रसाद बञ्जाराको तर्क थियो–जतिपनि सवालहरु उठेका छन् यो सभामा यी अत्यन्तै महत्वपूर्ण छन् । जसले सिंगोबस्तीको भावनाको प्रतिनिधित्व गरेको छ । त्यसैले नयाँ नेतृत्वले ती सवालहरुलाई गम्भिर रुपमा लिनेछ भन्ने अपेक्षा राखेको छु । यी विषयहरुलाई राजनीतिक कोणबाट सम्बोधन गर्ने सवालमा नेकपा पछि नहट्ने उद्घोष समेत नेता बञ्जाराले गर्नु भयो ।
अर्का राजनीतिकर्मी नेपाली काँग्रेसका प्रतिनिधि अञ्जुरञ्जित के.सी.ले अहिले नगरका युवाहरु दूव्र्यसनतर्पm लालायित भएको पाएको छु । त्यस तर्पm सुरक्षाकर्मीको ध्यान केन्द्रीत होस् भन्न चाहान्छु । आज जतिपनि सवालहरु उठेका छन् । तिनीहरुलाई हलुका रुपमा नलिन चुनौति दिँदै अफिस समय अवधिभर ट्रिप्परको व्यवस्थापन गर्नका लागि नगरपालिका र सुरक्षा निकायको ध्यान आकर्षण गराउनु भएको थियो । रञ्जितको थप कथन थियो–ट्रिप्परहरुको ज्यादतीका कारण विद्यालयका नानीहरुको विद्यालय समयमा विद्यालय पुग्न बाधा सिर्जना भइरहेकोले त्यस तर्पm गम्भिर हुन सरोकारवाला निकायलाई अनुरोध गर्नु भएको थियो ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा लिखित तथा मौखिक रुपमा आÇना धारणा तथा सुझावहरु राख्नेमा राजेश कुमार कार्की, हरि प्रसाद तिमल्सिना, उर्मिला श्रेष्ठ, उत्तम श्रेष्ठ, राजेन्द्र महाजु, नारायण सापकोटा, शोभा कार्की, भगवान बस्नेत, द्धारिका बञ्जारा लगायतका व्यक्तिहरुले प्रहरीको क्रियाकलाप र नगरको शान्ति सुरक्षाका बारेमा ध्यानाकर्षण गराएका थिए । कार्यक्रमका सभापतित्व पनौती उद्योग वाणिज्यसंघका अध्यक्ष भोला थापाले गर्नु भएको थियो ।
कार्यक्रमको संयोजन प्रहरी चौकी पनौतीका प्रमुख हरिसरण बस्नेतले गर्नु भएको थियो । संयोजनका बारेमा प्रतिक्रिया दिँदै बस्नेतको तर्क थियो । सुरक्षाको क्षेत्रमा लामो समयको अनुभव भएको र सो अनुभवलाई पनौतीको सुरक्षाको लागि अपयोग गर्ने अवसर मिलेको अभिव्यक्ति दिँदै विगतमा भन्दा अझ चर्चा गर्न लायक पनौतीको शान्ति सुरक्षा, अमन चयन कायम गर्नेछु । नगरको शान्ति सुरक्षाको बारेमा कहीँ कतैबाट आंैला उठाउने अवस्था सिर्जना हुन दिने छैन । आज जतिपनि सवाल उठेका छन् ति सबै सवालहरु प्रहरीको दायित्व भित्र पर्छन् नागरिकका गुनासा सम्बोधन हुनेछन् । समस्याका बारेमा विशेष गरी इन्द्रेश्वर मन्दिर परिसरको कुरो छ । यहाँ मन्दिरै मन्दिरको सहर त्यसैले सबै मठमन्दिर देवालयहरुको सुरक्षा गर्नु प्रहरीको दायित्व भित्र पर्छ र त्यो पुरा हुनेछ भन्नु भयो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |