Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धुलिखेल नगर हिन्दू महासंघ

प्रभातफेरी अनलाइन ७५१४ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३१, मंगलबार (६ साल अघि)
धुलिखेल नगर हिन्दू महासंघ

धुलिखेल-गत शनिबार एक समारोह बिच विश्व हिन्दू महासंघ नेपाल धुलिखेल नगर तदर्थ समिति चयन भएको छ ।विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय सचिव उद्धव नेपालको प्रमुख आतिथ्यतामा तदर्थ समिति चयन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपालले धर्मले मानवलाई अनुशासित र नैतिकवान् बनाउने धारणा राख्नुहुँदै ९६ प्रतिशत सनातन धर्मावलम्बीहरुको आस्थालाई चोट पु¥याउने काम परिवर्तनका नाममा भएकोले प्रत्येक आस्थावान् व्यक्तित्वहरुले धर्मका बारेमा सचेतना चलाउनुपर्ने अभिव्यक्ति राख्दै विश्वको उत्कृष्ट धर्म नै हिन्दू धर्म भएको विज्ञहरुले पुष्टि गरिसकेको अहिलेको अवस्थामा जुन किसिमको संकीर्णता लादिएको छ । त्यसका बारेमा प्रत्येक हिन्दू धर्मावलम्बीहरु सजग हुन आवश्यक भएको धारणा राख्नुभएको थियो ।

त्यसैगरी विश्व हिन्दू महासंघ नेपाल काभ्रेका उपाध्यक्ष रामकुमार बस्नेतको तर्क थियो– विश्वको एक मात्र पहिचान रहेको हिन्दू धर्मलाई निरपेक्षका नाउँमा ध्वस्त गराउने काम भयो । नेपाली जनताको चाहना हिन्दू धर्मलाई विसर्जन गर्नु थिएन । तर नेतत्वले छलकपट गरी हिन्दू धर्मलाई युरोपियन युनियनका इशारामा विसर्जन गर्न खोजियो । त्यो किसिमको संकीर्ण सोचका विरुद्ध ९६ प्रतिशत ॐकार ध्वनी एक मत हुन आवश्यक छ । यदि हामी सचेत नहुने हो भने हाम्रा संस्कृत संस्कारहरु अन्त हुने खुलासा गर्दै जसरी तीजलाई उत्श्रृंखलताको दोष दिएर साँघु¥याउने काम भएको छ । त्यस्तै अन्य पर्वहरु पनि विस्तारै विस्तापित गर्ने कुटिल चाल सरकारले चालिसकेको छ ।

अब माघेसंक्रान्ति, श्रावण संक्रान्ति, जनैपूर्णिमा, दशैं लगायतका पर्वहरु विस्तारै सिध्याउँदै यो मुलुकलाई इशाईकरण तर्फ धकेल्दै छ यो सरकार । यो संघिन घडीमा ॐकार ध्वनीहरु सचेत हुन आवश्यक रहेको धारणा राख्नुभयो । वहाँको थप कथन थियो– हिन्दूको पहिचान गुम्न दिनुहुन्न भन्दै हाम्रा चाडपर्वहरुलाई उत्साहपूर्वक मनाउन आग्रह समेत उपाध्यक्ष बस्नेतले गर्नुभएको थियो । वहाँले यदि हिन्दूधर्मका विरुद्ध विषवमन हुँदै जाने र सरकार धर्म निरपेक्षको बहानामा मुकदर्शक बन्ने हो भने विश्व हिन्दू महासंघ नेपाल कुनै पनि बेला ज्वालामुखी बनेर आन्दोलन गर्न पछि नपर्ने उद्घोष समेत बस्नेतले गरे ।

कार्यक्रममा विश्व हिन्दू महासंघ नेपालका सचिव प्रविन धिता, राजु सिग्देल, पुण्यवती घले लगायतका वक्ताहरुले विश्व हिन्दू महासंघ नेपाल १३ वटै स्थानीय निकायका सम्पूर्ण वडाहरुमा समिति गठन गर्ने लक्ष्य सहित अभियानका रुपमा गठन प्रक्रिया अगाडि बढेको बताउनुभएको थियो । जिल्ला अध्यक्ष हरिश्चन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाले केशव बडालको अध्यक्षतामा १५ सदस्यीय नगर तदर्थ समिति गठन गरेको छ । जसमा ३ उपाध्यक्षमा इन्दिरा पराजुली, प्रदिप प्रसाद हुमागाईं चयन हुनुभएको छ बाँकी नगर समितिको बैठकले थप्ने छ । त्यसैगरी सचिवमा यादव बडाल, कोषाध्यक्षमा साधुराम गिरी, सदस्यहरुमा निर्मला योगल, चम्पा दाहाल, रामप्रसाद श्रेष्ठ, विष्णहरि तिमल्सिना लगायतका व्यक्तित्वहरु चयन हुनुभएको छ ।

  • धुलिखेल नगर हिन्दू महासंघ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0