Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सार्वजनिक शिक्षाको सवलिकरण आजको आवश्यकता – मन्त्री दुलाल

प्रभातफेरी अनलाइन ९१९३ पटक पढिएको प्रकाशित मिति: २०७६ आश्विन ७, मंगलबार (६ साल अघि)
सार्वजनिक शिक्षाको सवलिकरण आजको आवश्यकता – मन्त्री दुलाल

प्रल्हाद शर्मा हुमागाई
बनेपा-बनेपा नगरमा अवस्थित हिमालय माध्यमिक विद्यालयको ५८ औं स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले सार्वजनिक शिक्षाको सवलिकरण आजको आवश्यकता भएको बताउनुभएको छ ।

आइतबार बनेपामा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री दुलालको कथन थियो– शिक्षाको गुणस्तर मापन विधि गलत भएको टिप्पणी गर्नुभएको छ । एसइईमा आएको परिणामलाई गुणस्तरीयतामा दाँज्नु अव्यवहारिक भएको धारणा राख्नुहुँदै यस किसिमका संस्कारहरुको अन्त गर्नुपर्ने बताउनुभएको छ । हिजोको जुन नीति थियो, त्यसलाई समयानूकुल परिवर्तन गरी जानुपर्नेमा जोड दिँदै एसइईपछिका विद्यार्थीहरुको जीवनस्तर कस्तो छ त्यसको मूल्यांकन गएर मात्र गुणस्तरीयता पुष्टि गर्नुपर्ने धारणा राख्नुहुँदै एसइईलाई प्रमुख मापनको सिलिङमा राख्न नहुने तर्क थियो ।

मुलुकलाई दोषारोपण गरेर विस्तापित हुनसक्ने जनशक्ति आवश्यक छैन । जन्मभूमिप्रति कर्तव्यनिष्ठा शैक्षिक जनशक्ति उत्पादन हुनुप¥यो, त्यो जनशक्तिले मात्र यो मुलुकको सम्वृद्धिका लागि केही गर्न सक्छ । त्यसैले देश निर्माण गर्नसक्ने जनशक्ति आवश्यक छ । प्रतिस्पर्धी सवालमा शैक्षिक जनशक्ति उत्पादन गर्न सामुदायिक विद्यालयहरु सक्षम छन् तर केही विद्यालय प्रशासक र राजनीतिक खिचातानीका कारण सामुदायिक विद्यालयहरु पछि परेका हुन् । यो मुलुकको आवश्यकता सामुदायिक विद्यालयले नधानेका होइनन्, गरेका छन् तर केही गरौं भन्ने भावना बोकेका प्रशासक विद्यालयहरुले मात्र यो अभियानलाई सार्थक तुल्याएका हुन् । मुलुकका लागि योगदान दिएका हुन् ।

भौतिक संरचना भएर मात्र पुग्दैन, त्यस विद्यालयको नेतृत्व पनि सक्षम र समय सापेक्ष ढंगबाट सामाजिक भावना बुझेर निर्देशन दिनसक्ने क्षमताको हुनुपर्छ । तब मात्र मुलुकले अपेक्षा गरेको मुलुकप्रति समर्पित जनशक्ति उत्पादन हुनसक्छ । हाम्रा सामु दिन प्रतिदिन सामुदायिक विद्यालयप्रति हेर्ने दृष्टिकोण जनताको नजरबाट खस्किएको छ । त्यसलाई परिवर्तन गराउन आवश्यक छ । त्यो दायित्व सक्षम र सबल नेतृत्वले मात्र गर्न सक्छ । त्यसैले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी, गुणस्तर र नैतिकवान् बनाउनका लागि विद्यालयका प्रशासक र विद्यालय व्यवस्थापन समिति चलायमान हुन आवश्यक छ । तब मात्र सामुदायिक विद्यालयहरु अगाडि बढ्न सक्छन् ।

जबसम्म प्राध्यापक, शिक्षकहरु, कर्मचारी र व्यवस्थापन समिति मेहेनती हुन्न यी सुविधा सम्पन्न भवनहरु भोलि गएर खण्डहरुमा परिणत हुन्छन् । त्यसैले राजनीतिक अविष्ट पूरा गर्नका लागि मात्र नेतृत्व लिनु भएन । केही गर्छु, केही गर्नुपर्छ भित्री भावनासहित नेतृत्व लिनुप¥यो । मुलुकको ८० प्रतिशत शैक्षिक हिस्सा सामुदायिक विद्यालयमा छ । त्यसैले सामुदायिक विद्यालयको शुद्धिकरण गर्ने जिम्मेवारी आजैबाट नेतृत्वले शुरु गर्नु आवश्यक छ । हाम्रा भनाई र गराइहरुलाई एकरुपता दिउँ ।

यसर्थ, हिमालय माविलाई प्रतिस्पर्धी बनाउन नसक्ने हो भने ५८औं जन्मोत्सवको सभ्य र भव्यताको कुनै तुक् नरहने स्मरण गराउँदै मन्त्री दुलाल थप्नुहुन्छ, जसरी भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न गर्दै हुनुहुन्छ, त्यसैगरी अभिभावक, विद्यार्थीहरुको विश्वास जित्दै जानुस् र भविष्यको शिक्षाको आकर्षक केन्द्रको रुपमा यो विद्यालयलाई स्थापित गर्दै जानुस् । जसले समग्र समाजको विश्वास जित्छ, उही अगाडि पुग्छ ।

सरकार अहिले देखिएको बेथितिलाई व्यवस्थित ढंगबाट आमूल परिवर्तन गराउने ध्येयका साथ दीर्घकालिन योजनासहित काम गरिरहेको छ । राज्यको जुन समृद्ध मुलुक बनाउने लक्ष्य छ, त्यसको नै पहिलो आधार शिक्षा हो । त्यसैले पनि सरकार शिक्षाप्रति चिन्तित छ । सरकार शिक्षालाई वैज्ञानिक, प्राविधिक, जीवनोपयोगी, व्यवसायिक, सीपमूलक भएको देख्न चाहन्छ । राष्ट्र, राष्ट्रियताप्रति समर्पित जनशक्ति कटिबद्ध रहेको अपेक्षा गर्दछ । शैक्षिक प्रमाणपत्र बोकेर गल्लीगल्ली चहार्ने जनशक्ति अब नेपाललाई चाहिन्न ।

अध्ययनबाट बाहिरिँदा आफैंमा अपार सम्भावना बोक्नसक्ने जनशक्ति आजको आवश्यकता हो । त्यसका लागि राज्य जुनसुकै मूल्य चुकाउन पनि तयार छ । यसप्रति सम्भावना पनि जोडिएको छ । मात्रै विद्यालयप्रति सरोकार राख्ने व्यक्तिहरुमा चाहना हुनुप¥यो, यहाँ विदेशीको नक्कल गरेर स्वदेशमा सक्षम जनशक्ति उत्पादन हुन सक्दैन । यो मुलुकको माटो सुहाउँदो जनशक्ति आवश्यकता छ । थोरै मात्र हामीमा मानविय धर्म छ भने के चीनले नेपाल हेरेर चीनको विकास गरेका हुन् ? के अमेरिकाले नेपाल हेरेर उसको देशको विकास गरेको हो ? होइन, उनीहरुले आफ्नै मुलुकलाई हेरेर विकास गरेका हुन् ।

तसर्थ, नेपालले पनि सोही ढंगबाट मुलुकप्रति समर्पित हुने कर्मठ युवाहरुको चाहनालाई हेरेर विकास गर्नुपर्छ, त्यही अनुसार जानुपर्छ । आफैंभित्र भएका सम्भावनाहरुलाई चिन्न सक्नुपर्छ । समयको आवश्यकतानुसार राज्यले भौतिक पूर्वाधार र आधुनिक प्रविधियुक्त शिक्षा बनाउनुपर्छ भन्नुहुँदै मन्त्री दुलालको जिकिर थियो, राजनीतिक प्रतिबद्धता अनुसार शिक्षालाई अगाडि बढाउने प्रण राज्यको भएको बताउनुभएको छ ।

उक्त कार्यक्रममा प्रदेश नं. ३ का सांसद बसुन्धरा हुमागाईं, बनेपा नगरपालिकाका लक्ष्मी नरसिं बादे श्रेष्ठ, डिएलपिआइयुका प्रमुख, प्रदेश नं. ३ का शिक्षक अगुवा नारायण तिमल्सिना, वडा अध्यक्ष बलराम अधिकारी, शिक्षक साधुराम दाहाल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बालकृष्ण दाहाल, प्रधानाध्यापक ध्रुवप्रसाद भट्टराई, सहायक प्रधानाध्यापक केशव खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्प कोइराला लगायतले विद्यालयको शैक्षिक अवस्थाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरुद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका थिए । रोटरी क्लब धुलिखेल, पनौती, काभ्रे बनेपाको संयुक्त प्रयासमा विद्यालय भवनहरुको रंगरोगन, शौचालय निर्माण, कम्प्युटर ल्याब, फर्निचर र भविष्यमा विज्ञान प्रयोगशालाको प्रयोग समेत व्यवस्था गर्ने रोटरीयन अशोक श्रेष्ठले बताउनुभएको थियो ।

  • सार्वजनिक शिक्षाको सवलिकरण आजको आवश्यकता - मन्त्री दुलाल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0