पनौती/भूकम्पपछिको निर्माणमा विश्व बैंकले नेपाललाई उल्लेखनीय सहयोग पु¥याएको तथ्य कतैबाट लुकेको छैन । यही क्रममा विश्व बैंक दक्षिण एशिया हेर्ने उपाध्यक्ष Mr. Hartwig Schafer, Regional Vice President, South Asia Regionले विश्व बैंकको सहयोग सही रुपमा प्रयोग भएको आफूले पाएको बताएका छन् । विश्व बैंकको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पनौती आइपुगेका उपाध्यक्ष Hartwig Schaferले नेपालको पुनर्निर्माणमा विश्व बैंक सदैव सारथीको रुपमा रहने बताउनुभएको छ । नेपालको प्रमुख दाताकै रुपमा रहेको विश्व बैंकले सरकारी तथ्यांकलाई हेर्ने हो भने ऊ अग्र रुपमा स्थापित छ । सोही सिलसिलामा भूकम्पपछिको निर्माणका बारेमा स्थलगत रुपमै अनुगमन गर्ने पनौती नगरपालिका वडा नं. ४ मा रहेको बस्नेत गाउँलाई विश्व बैंकले आफ्नो छनौटको सूचीमा राखेको दक्षिण एशिया हेर्ने {] Mr. Hartwig Schafer, Regional Vice President, South Asia Regionले बताउनुभएको छ । त्यो रोजाईले पनौतीलाई मात्र नभएर काभ्रेली बासिन्दाकै लागि एउटा सकारात्मक अवसरको सम्भावना रह्यो ।
दाताका सामु भूकम्पपिडितहरुले खुलेर आफ्ना गुनासाहरु पोख्ने अवसर जुट्यो । उक्त अवसरलाई सदुपयोग गर्दै भूकम्प पिडित गणेशबहादुर बस्नेत भन्छन्– हामीले मात्र होइन, नेपालले नै नयाँ जीवन पाएको छ । आज आफ्नै घरआँगनमा दातालाई पाउँदा अत्यन्तै खुशी भएको छु । नेपालीहरुप्रतिको विश्व बैंकको आत्मीयता निरन्तर रहनेमा आफूहरु आशावादी भएको बताउनुहुँदै बाँकी पुनर्निर्माणका कामहरुका लागि पनि विश्व बैंकले न्यायोचित निर्णय लियोस् भन्न चाहन्छु भन्नभयो । त्यसैगरी भूकम्प गएको बेला ९ महिनासम्म यो बस्ती आश्रित भूमिको संरक्षण र संवद्र्धनका लागि विश्व बैंकले सहयोग पु¥याउने छ भन्ने अपेक्षा राख्दछु बस्नेतले भन्नुभयो ।
त्यसैगरी उक्त अन्तक्र्रियामा अभिभावकत्व समेत गुमाएर टुहुरो एकल महिलाको कथाव्यथा सहित आर्थिक अवस्थाले जर्जर भएको जीविकोपार्जनका बारेमा आफ्नी आमाको प्रतिनिधित्व गर्दै मनिषा बस्नेतको कथन थियो– पैसा थिएन, बुबाको उपचारले हामीलाई सडकमा पु¥याएको थियो, त्यही पेरिफेरिमा राज्यले ३ लाखको अनुदान घोषणा ग¥यो, घर बनाउन सुरु गरियो, बनाउँदै जाँदा ३०/३२ लाख खर्च भयो । सबै ऋणमा छ, जति भएको भूमिमा घर बन्यो त्यो भन्दा अरु स्रोत छैन । त्यसैले जीविकोपार्जनका लागि आयस्रोतको पक्षमा पनि विश्व बैंकले विचार पु¥याउने अपेक्षा आफ्नो रहेको बताउँदै मनिषा थप्नुहुन्छ, हाम्रो यो बस्तीलाई दाताहरुले सम्झिएकोमा आभार व्यक्त गर्दछु । साथै मनिषाको थप कथन थियो– विश्व बैंकले आफ्नो बस्तीलाई अनुसन्धानका लागि रोजेकोमा गाउँवासीको तर्फबाट आभार व्यक्त गर्दै “१८ देखि २४ प्रतिशतसम्म ब्याज लिने गरेको तर्फ इन्कित” नेपालमा वित्तीय कारोबार गर्ने बैंक तथा सहकारीहरुले भूकम्पपिडितहरुको च¥याएको घाउमा मलमपट्टि लगाउनुको सट्टा नुनचुक लगाएको खुलासा समेत गर्नुभयो ।
उक्त अन्तक्र्रियामा आफ्ना समस्याहरु राख्दै भूकम्पपिडितद्वय दुर्गा बस्नेत र कान्छी बस्नेतको समस्या उस्तै उस्तै सुनाउँदै नगरपालिकाद्वारा जारी मापदण्डको कारण आफूहरुले घर बनाउन नसकेको हुँदा भूमिको समस्या एकातिर छँदैछ अर्काेतर्फ आर्थिक अवस्था पनि कमजोर भएकोले अझै पनि छाप्राकै बास भएको दुखेसो राख्दै बिहान, बेलुका गुजारा टार्नु कि घडेरी किन्नु कि घर बनाउनु ! हाम्रा लागि त यी सपना भएका छन् भन्नुभयो ।
अर्का सामाजिक अभियान्ता एवं कानून व्यवसायी हरिशरण बस्नेत विश्व बैंकले यो बस्ती रोज्नु नै पनौतीवासीको अहोभाग्य हो । जसरी उपाध्यक्षज्यूले अन्तक्र्रियापछि प्रत्येक पिडितहरुका समस्या घरघर पुगेर लिनुभयो, सुन्नुभयो त्यसले पनि विश्व बैंक नेपालको विकासप्रति कति गम्भीर छ भन्ने कुरा प्रष्ट्याउँछ भन्नुहुँदै सम्पूर्ण विश्व बैंकका प्रतिनिधि मण्डलप्रति आभार व्यक्त गर्दछु भन्नुभयो ।
पनौती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बुद्धसिं थापा– सर्वप्रथम त विश्व बैंकको प्रतिनिधि मण्डललाई स्वागत गर्ने अवसर मिलाइदिएकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणप्रति आभार व्यक्त गर्दै २०७२ को विनाशकारी भूकम्पले थला पारेको नेपालीहरुको मनमा उर्जा थप्ने काम विश्व बैंकले गरेको छ भन्ने पुष्टि उहाँहरुको आजको उपस्थितिले दर्शाएको छ । जसको ज्वलन्त प्रमाण अन्तक्र्रिया पश्चात प्रत्येक बाटोमा हिँड्ने बटुवादेखि घरघरमा पसेर पिडितहरुका गुनासा सुन्ने र दुःख हेर्ने काम गर्नुभयो त्यसले नेपालप्रति विश्व बैंक कति संवेदनशील छ भनिराख्नु पर्दैन भन्नुहुँदै वडाअध्यक्ष थापाको थप कथन थियो, हामी जनप्रतिनिधिले जनमतको कदर गर्दै विदेशी सहयोगी दाताहरुको मन जित्नसक्नु नै महान् हो । उहाँहरुले दिएको सहयोगको सही सदुपयोग गर्न सक्नु नै महानता हो । आज तपाईं (सञ्चारकर्मी) लाई साक्षी राखेर भन्न तयार छु मेरो वडामा कुनै पनि भूकम्पपिडित जनताले निर्माणको सवालमा समस्या झेल्नुपर्ने छैन, यो मेरो वचनबद्धता भयो । हामी जनप्रतिनिधिको क्षेत्राधिकारभित्र रहेका कुनै पनि कामलाई तत्काल निकाश दिन तयार छौं भन्नुभयो ।
आफ्नो भ्रमण त्यतिकै भएको होइन, तपाईंहरु (नेपाली भूकम्पपिडित) को पिडा, कथाव्यथा बुझ्न भएको प्रष्ट पार्दै Mr. Hartwig Schafer, Regional Vice President, South Asia Region ले नेपाली जनताले जुनसुकै पिडालाई पनि सहज रुपमा ग्रहण गर्ने सामथ्र्यता राख्छन् भन्ने सन्देश भूकम्पपछिको पुननिर्माणमा नेपाली जनताले लगाएको लगनशीलताले पुष्टि गर्दछ भन्नुहुँदै आफूहरु तपाईंहरुबाट खुशी भएको अभिव्यक्त गर्दै जुन अपनत्व दिनुभयो, त्यसका लागि यो निरिक्षण टोली तपाईंहरुप्रति आभारसहित धन्यवाद व्यक्त गर्दछ भन्नुहुँदै Hartwig Schafer को थप कथन थियो– विश्व बैंकको लगानी नेपालमा सही ढंगबाट सदुपयोग भएको आफूले पाएको धारणा राख्नुभएको थियो । विश्व बैंकको इच्छा भनेकै सरकारसँग सहकार्य गरेर ग्रामीण बस्तीका जनताहरुको जीवनस्तर उकास्नु हो । त्यसमा विश्व बैंक सफल भएको आजको अन्तक्र्रियामा सहभागी तपाईंहरुको अभिव्यक्तिले पुष्टि गरेको छ । स्थलगत अध्ययनले पनि प्रकोपमा नेपाली जनताले देखाएको ऐक्यबद्धता, साहस र धैर्यताको मुक्तकण्ठले सम्मान व्यक्त गर्न मन लाग्छ, आजको सफलताको राज यही नै हो भन्नुभयो । आवास बनाउन नसकेका र बनाएकाहरुको गुनासोतर्फ इन्कित गर्दैHartwig Schafer को थप कथन थियो– भूकम्पपिडितहरुको गुनासा वडा, नगर, प्राधिकरण हुँदै विश्व बैंकसम्म आउनुप¥यो, तबमात्र समस्या समाधान सहज ढंगबाट हुनसक्छ । त्यसैले गुनासा कहाँ राख्दा सुनुवाई हुन्छ त्यसतर्फ चनाखो भएर मात्रै राखेमा उपयुक्त हुनेछन् । जति गुनासाहरु आज आए ती सबै क्रमिक रुपमा सम्बोधन हुनेमा भूकम्पपिडितहरुलाई आश्वस्त उपाध्यक्ष Hartwig Schafer ले पार्नुभयो ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले निरिक्षणका लागि पनौती रोज्नुको कारण प्रष्ट्याउँदै गाउँ, शहर, विश्व सम्पदा, धार्मिकस्थल सबैलाई सहजै आँकलन गर्न सकिने सम्भावनाको खोजीमा थियौं । त्यो पनौतीमा पाइने भएकै कारणले गर्दा आज यहाँ आइपुग्यौं र खुलस्त रुपले भावनाहरु साटासाट गर्ने अवसर पनि मिल्यो ज्ञवालीको तर्क थियो ।
अन्तक्र्रियामा आएका गुनासाहरु सम्बोधन हुने विश्वास दिलाउँदै ज्ञवाली थप्नुहुन्छ– छिट्टै ३ लाखको सुलभ ऋणको व्यवस्था हुनेछ । त्यसका अलावा सरकारको तर्फबाट ५ प्रतिशतसम्म ब्याज व्यहोर्ने गरी सहुलियत ऋणको व्यवस्था गरेर भएपनि आवास निर्माण सम्पन्न गर्ने अभियानमा सरकार भएको ज्ञवालीको तर्क थियो । पिडितको गुनासा प्राधिकरणसम्म नपुगेकै कारण अन्यौलतामा रुमलिन पुगेको खुलासा गर्दै अब त्यस किसिमको ढिलासुस्ती नहुने प्रमुख ज्ञवालीको धारणा थियो ।
उक्त अन्तक्र्रिया कार्यक्रममा अतिथिहरुको स्वागत गर्दै पनौती नगरपालिकाका उपप्रमुख एवं कार्यबाहक प्रमुख गीता बञ्जाराले भूकम्पपछिको पनौती नगरको चित्रण गर्दै नगरवासीले नक्सा पास लगायतका क्षेत्रमा झेलेका समस्याहरु विश्व बैंकका प्रतिनिधि मण्डल समक्ष राख्नुभएको थियो । पनौती नगरपालिकामा विशेष गरी वडा नं. ७ मा पुननिर्माणको सवालमा जटिल समस्याहरु रहेको र विपन्न, एकल महिला, वृद्धवृद्धा र गुठी जग्गा एवं विश्व सम्पदामा सूचीकृत भएका भूमिहरुको कारण पुनर्निर्माणमा समस्या निम्तिएको बताउनुभएको थियो । यदि ती सवालमा प्राधिकरणले चासो राखेर सरलीकरण गर्ने हो भने पुनर्निर्माणले तीव्रता लिने उपप्रमुख बञ्जाराको धारणा थियो । त्यसैले पनि सामरिक महत्व राख्ने स्थानका लागि प्राधिकरणबाट गम्भीर चासो सहित वैकल्पिक व्यवस्था हुनेमा आफूहरु आशावादी रहेको कार्यबाहक प्रमुखको आग्रह थियो ।
कार्यक्रममा सहभागीहरुलाई ब्राह्मणद्वारा मन्त्रोच्चारण सहित स्वागत गरिएको थियो । उक्त स्वागत कार्यक्रममा कार्यबाहक प्रमुख गीता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं, पनौती उद्योग वाणिज्य संघ अध्यक्ष भोला थापा, पनौती नगर विकास समितिका पूर्व अध्यक्ष रामकुमार बस्नेत, जिल्लास्थित पुनर्निर्माण प्राधिकरणसँग सरोकार राख्नुहुने सम्पूर्ण पदाधिकारीहरु लगायत जनप्रतिनिधिहरुले अतिथिहरुलाई स्वागत र सम्मान गरेका थिए भने अन्तक्र्रिया पश्चात अन्तक्र्रिया स्थलदेखि बालोद्वार माध्यमिक विद्यालयको प्रांगणसम्मको एक किलोमिटरको दुरीमा बाटोमा भेटिएका भूकम्पपिडित र उनीहरुले निर्माण गरेका आवासहरुका बारेमा चMr. Hartwig Schafer, Regional Vice President, South Asia Region को टोलीले घरघरै पसेर गुनासा र समस्या लिएका थिए ।
तत्पश्चात् विश्व बैंककै सहयोगमा निर्माण भएको बालोद्वार माध्यमिक विद्यालय भवनको निरिक्षण गर्नुको साथै बालबालिकाहरुले आयोजना गरेको शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रममा Mr. Hartwig Schafer, Regional Vice President, South Asia Region को टोली सरिक भएको थियो । उक्त स्वागत कार्यक्रममा बालबालिकाहरुलाई विश्व बैंकका प्रतिनिधिहरुले खेलकुद सामग्री वितरण गरेका थिए । Mr. Hartwig Schaferले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेको स्मरण गराउनुभएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख ज्ञवालीले विश्व बैंकले जिम्मा लिएका सार्वजनिक भवनहरु अत्यन्तै द्रुत गतिमा निर्माण सम्पन्न भएको चर्चा गर्नुभएको थियो ।सोही अवसरमा विश्व बैंकको प्रतिनिधि मण्डलले पुनर्निर्माणसँग सरोकार राख्ने सरोकारवाला निकायसँग पुनर्निर्माण र सडक सुरक्षाका बारेमा छलफल गरेको प्रतिनिधि मण्डलमा सहभागी अधिकृत सुलोचना नेपालीले बनाउनुभएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |