विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीले गरे आत्महत्या
प्रभातफेरी अनलाइन७३१४ पटक पढिएको प्रकाशित मिति: २०७६ मंसिर ४, बुधबार (५ साल अघि)
धुलिखेल/काभ्रे जिल्लाको मात्र नभई नेपालकै एउटा पहिचान बोक्न सफल काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा निराशा फैलिँदै आएका घटनाहरु प्रशस्तै छन् । लागू औषधका अम्मलीहरुको तथ्य हेर्ने हो भने डरलाग्दो देखिन्छ । त्यस्तै आत्महत्या गर्नेहरु पनि एकपछि अर्काे थपिँदै आएका छन् । यसैको पछिल्लो परिणाम गौरव पराजुलीले गरेको आत्महत्याले यो विषयमा सरोकारवाला निकायलाई घोत्लिन बाध्य पारेको छ ।
आइतबार आफु बस्ने कोठामा बिजुलिको तारमा झुण्डिएर आत्महत्या गरेका पराजुलीले आत्महत्या गर्नुको कारणसहितको नोट छोडेको बताइएको छ । काठमाडौं घर भई हाल धुुलिखेल काठमाडौं विश्वविद्यालयमा कम्प्युटर साईन्स विधामा तेस्रो वर्षमा अध्ययन गरिरहेका गौरब पराजुली ले किन आत्महत्या गरे ? मङ्सिर १ गते आईतबार साँझ ६ः३० बजे पराजुलीलाई कोठामा बिजुलीको तारमा झुण्डिएको अबस्थामा घरबेटीले देखेपछि प्रहरीलाई खबर गरी सोहि दिन पोष्टमार्टनको लागि प्रहरीमा लगिएको थियो । विश्वविद्यालयको अभिलेखमा पराजुली पढाइमा उत्कृष्ट रहेको उल्लेख छ तर उत्कृष्ट हुँदाहुँदै किन उनले आत्महत्या गरे सो बारेमा अनुसन्धान गर्नु अपरिहार्य रहेको विश्लेषकहरुको टिप्पणी छ ।