प्रभातफेरी अनलाइन६९३९ पटक पढिएको प्रकाशित मिति: २०७६ मंसिर १७, मंगलबार (५ साल अघि)
सुशील राज गिरी पाँचखाल/पाँचखाल नगरपालिका वडा नं ५ खावामा पाँचखालकै पहिलो सामुदायिक होमस्टे सुरु भई प्रदेश सभा सांसद लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा होम स्टेको उद्वघाटन भएको थियो ।
होमस्टकोे सुरुवातसँगै यसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सेवा सुविधा उपलब्ध गराउने र सरकारको २०२० पर्यटन वर्ष मा थप सहयो गर्ने सांसद लम्सालले आशा ब्यक्त गर्नुभएको छ ।
होमस्टेले पाँचखाल लाई प्राकृतिक तथा सांस्कृतिक धनी र अर्गानिक उत्पदान चिनारी गराउनु का साथै , प्रदूषणमुक्त र रमणनीय स्थल देस को राजधानी काठमाडौं बाट नजीक भएकाले स्वेदशी तथा विदेशी,धार्मिक तथा सबै खाले पर्यटकलाई आकर्षण गराउन पाँचखाल ले सक्ने विश्वास राख्दै होमस्टेले स्थानीय उत्पदानमा जोड दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अथिती पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखाल लाई पर्यटनहव बनाउन स्थानीय सरकार, प्रदेस सरकार र केन्द्र सरकार पर्यटन प्रर्बद्धन लागिरहेको बेला पाँचखालमा नै सामुदायिक होमस्टे सुरु हुनु र यस्तो कार्यक्रम हरुलाई आफु ले सहयोग गर्न पाउनु भनेको स्थानीय सरकार सफल हुदै गएको बताउनु भयो ।
प्रमुख खरेलले आफ्नु कार्यकाल मा धेरै भन्दा धेरै रोजगारी सृजना गर्ने लक्ष्य रहेकोमा स्थानीय उत्पादन र साना उघोग सुरु र बृद्वी हुनु ले स्थानीय सरकार सफल भईरहेको बताउनुभयो । होम स्टेले सम्रग पाँचखालको पर्यटनको विकासमा टेवा पुर्याउने बताउँदै सामुदायिक होमस्टेको विकासमा आफू र स्थानीय सरकार सधैँ सहयोग गर्न तयार रहेको प्रमुख खरेलले बताउँनुभयो । पाँचखाल प्राकृतिक तथा सांस्कृतिमा धनी ,पलाञ्चोक मन्दिर भमरकोट भ्यु टावर, अनेकोट भ्यु टावर कोट देवि मन्दिर, सुनकोसी ,सुख्खा बन्दरगाहा,साहसि खेल जिप लाईन लगाएत अर्गानिक उत्पदान र कृषि उत्पादन का विभिन्न कुराले पर्टकलाई चिनारी गराउनु का साथै , प्रदूषणमुक्त र रमणनीय स्थल देस को राजधानी काठमाडौं बाट नजीक र धुलिखेल ,नगरकोट जस्तो स्थान मा हाईकिङ जान मिल्ने भएकाले पाँचखाल बैकल्पिक र अब को आकर्षण को केन्द्र हुने भएकाले स्वेदशी तथा विदेशी, धार्मिक तथा सबै खाले पर्यटकलाई आकर्षण गराउन पाँचखाल तयार रहेको बताउनुभयो ।
कार्यक्रम मा पाँचखाल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, सामुदायिक होमस्टे प्रदेश नं ३ का अध्यक्ष बिनोद हुमागाई, सेफ एशोसिएसनका महासचिव मोहन गजुरेल स्थानीय समाजसेवी तेजप्रसाद तिमल्सिना लगाएत ले सुभकामना मन्तब्य राख्नु भएको थियो भने स्वागत मन्तब्य सुर्यमान रन्जित ले र कार्यक्रम संचालन अमर कृष्ण चन्द ले गर्नु भएको थियोे । कार्यक्रम को सभापति होम स्टेका अध्यक्ष शर्मिला रंजितकारले होमस्टेको भर्खरै सुरु भएको छ त्यसैले सबैको साथ र सहयोगबाट मात्र होम स्टेको विकास हुने छ ।’ हामी आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई स्वागत गर्न तयार छौ र स्थानीय सरकार प्रदेस सरकार र केन्द्र सरकार साथै सन्चारकर्मी र मिडिया को सहयोग को अपेक्षा रहेको उहाँले बताउँभयो । उहाँका अनुसार यस होमस्टेले पर्यटनको विकास र प्रर्बद्धनमा विशेष जोड दिनेर सरकार को पर्यटन वर्ष २०२० लाई ठुलो सहयोग र्पुयाउने छ ।